Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

रोल्पामा पहिलोपटक प्रसुती शल्यक्रिया

रोल्पा, रोल्पामा पहिलोपटक प्रसुती शल्यक्रिया सञ्चालनमा आएको छ । बुधबार जिल्ला अस्पताल रेउघामा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले प्रसुती शल्यक्रिया भवनको उद्घाटन गरेका हुन् । फागनु ७ गते पहिलो प्रसुती शल्यक्रिया गरिएको रोल्पा अस्पतालमा अहिलेसम्म ४ जनाले सेवा लिइसकेका छन् । सेवा लिएका ४ जनामध्ये २ जनाले जुम्ल्याहा बच्चा जन्माएको शल्यचिकित्सक डा. प्रणय रानाले बताए । जिल्लामा पहिलोपटक शल्यक्रिया सेवामा सफलता पाएको भन्दै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले उक्त कार्यमा सहभागि स्वास्थ्यकर्मीहरुलाई बधाई दिए । साथै उनले प्रसुती शल्यक्रिया सेवा रोल्पामा नहुँदा आमा र शिशुमृत्युदर बढेको भन्दै अब त्यो समस्या केहीरुपमा भए पनि न्यूनीकरण हुने बताए । जिल्लामा यसप्रकारको सेवा नहुँदा प्रसुतीको क्रममा धेरै आमा तथा शिशुको ज्यान जाने गरेको छ । डा. प्रणय रानाको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टिमले यो सेवा प्रदान गरिरहेको छ । प्रसुती शल्यक्रिया रोल्पामा सञ्चालन हुनु आफैमा खुशीको कुरा भएपनि धेरै चुनौतीहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले बताए । उनले भने ‘यस कार्यका लागि ब्लड बैंकको अति आवश्यकता छ, अहिले नेपाली सेना, प्रहरी तथा बिरामीकै आफन्तहरुबाट रगत पूर्ती गर्ने काम भइरहेको छ ।’ प्रसुती शल्यक्रियाको लागि दक्ष जनशक्ति, औचार, उचित भवन लगायतका आधारभुत कुराहरु आफूहरु कहाँ रहेकोले यो उक्त सेवा थालिएको प्रमुख चौधरीले बताए । त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले आफ्ना सेवालाई प्रभावकारी बनाउन विभिन्न अवधारणा ल्याउने बताएको छ । जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिका तथा गाविसमा रहेका ५१ वटै स्वास्थ्य संस्थाको सबै पदपूर्तीसँग सेवामा समेत प्रभावकारिता ल्याउन गृहकार्य भइरहेको जिल्ला स्वास्थ्य प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले जानकारी दिए । स्वास्थ्यकर्मीको अभावमा हुने सबैकिसिमका समस्या अब हल हुने उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालै मात्र १ सय १२ जना स्वास्थ्यकर्मी थप गर्दै सम्पूर्ण स्वास्थ्य केन्द्रमा प्रमुख लगायत सबै रिक्त पदपुर्ती गरिएको छ । जिल्लामा ५० जना अनमी, ३१ जना स्थायी अहेब, ७ जना हेल्थ असिस्टेन्ट, अस्थायी अनमी २४ जना थप गरिएको बताइएको छ । त्यस्तै रोल्पा जिल्लालाई यही आर्थिक वर्ष २०७२ सम्म पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न गतिविधि तीब्र पारिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ‘अहिले रोल्पा जिल्लाको खोपको अवस्था ९० प्रतिशत छ यस अभियानलाई हामी सफल बनाउने तर्खरमा छौं’ प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले भने ‘यसका लागि समुदाय सचेतना पनि आवश्यक छ ।’ त्यसैगरि जिल्लामा गत सालको तुलनामा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेहरुको संख्यामा बृद्धि भएको छ । गत साल १८ सय सुत्केरीले सेवा लिएका थिए भने यस आर्थिक वर्षको चैत्रसम्म मात्रै १७ सय सुत्केरीहरु पुगीसकेको र आर्थिक वर्ष समाप्तीसम्म गत सालको तुलनामा दोब्बर हुनसक्ने प्रमुख चौधरीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE