Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

जनमत संग्रहको नतिजाले फार्क सम्झौताको भविष्य अन्यौलमा

\"farc-agriment-sign\" बोगोटा, १७ असोज । कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आर्म्ड फोर्स अफ कोलम्बिया (फार्क) सँग हालै सरकारले गरेको शान्ति सम्झौता स्वीकार्य छ वा छैन भन्ने विषयमा भएको जनमत सङग्रहको विपक्षमा वहुमत परेपछि सो सम्झौताको भविष्य अन्यौलमा परेको छ । जनमत सङ्ग्रहका लागि भएको मतदानमा ५२.२ प्रतिशत मतदाताले संझौताको विपक्षमा भोट हालेका छन् भने वाँकी ४९.८ प्रतिशतले भने यसको पक्षमै मतदान गरेको राष्ट्रिय नागरीक अभिलेख संस्थाको वेबसाइटले जनाएको छ। जनमत सङ्ग्रह शुरु हुनु भन्दा केही हप्ता पहिले देखि नै “स्वीकार्य हुन्छ” भन्ने पक्षमा कमसेकम दुई तिहाई मत पक्कै आउँछ भन्ने ब्यापक अडकलबाजी गरिएकोमा झिनो (शुन्य दसमलब चार प्रतिशत) को अन्तरले “शान्ति सम्झौता स्वीकार्य छैन” भन्ने पक्षको विजय भए पनि अर्को पक्षधरहरुलाई बेवास्ता गर्न नहुने आवाज उठिरहेको छ । जनमतसंग्रहको परिणामबारे तत्कालै प्रतिक्रिया व्यक्त गर्दै राष्ट्रपति जुआँ म्यानुएल सान्तोस र फार्क विद्रोही समूहले सम्झौता अस्वीकार गर्नु परे तापनि शान्ति प्रक्रिया खल्बलिन नदिई युद्ध विरामलाई भने कायमै राख्ने प्रतिज्ञा गरेका छन् । राष्ट्रपति सान्तोसले सम्झौताको पक्ष र विपक्षमा मतदान गर्ने दुवैको मतको बिना भेदभाव सम्मान गर्ने बताउँदै समर्थक र विरोधी दुबैथरीलाई वार्तामा आउन समेत आह्वान गरे । यता, क्युबाको राजधानी हवानाबाट एक सन्देश पठाउँदै फार्क नेता टिमोलिओन जिमेनेजले जनमत सङग्रहको आजको परिणामले कोलम्बियामा युद्ध र रक्तपात चाहनेहरु विजयी भएको प्रतिक्रिया दिएका छन् । युद्ध र रक्तपात पिपासुहरुले सर्वसाधारण कोलम्बियालीहरु आफ्नो प्रभावमा पारेको तथा परिवर्तनको पक्षधर बहूसंख्यक जनसमुदाय उपर घृणा र द्वेष प्रकट गर्न खोजेको उनको भनाइ रहेको छ । राष्ट्रपति सान्तोसको अथक प्रयासमा गतः हप्ता हस्ताक्षरित भएको उक्त सम्झौता कार्यान्वयन गर्नुअघि जनताबाट अनुमोदित हुनुपर्ने प्रावधान राखिए अनुसार जनमत सङग्रह सम्पन्न गरिएको हो । ५२ वर्षको गृहयुद्धपछि फार्क विद्रोहीहरुले हतियार बिसाउँदै राजनीतिक प्रकियामा आउन सहमति जनाएका थिए । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy