Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कस्तो ड्रेसअपमा कस्तो गहना सुहाउँछ ?

\"indian-girl-hd-wallpapers-free-download-736x510\"काठमाडाैं, १८ असाेज । आधुनिक फेसन प्रतिको रुची धेरै मानिसमा बढेको पाइन्छ । विशेष गरि महिलाहरुका लागि बजारमा थुप्रै डिजाइनका कपडाहरु निस्किएका छन् । कपडालाई मिलाएर लगाउन सकियो भने मात्रै आकर्षक र राम्रो देखिन्छ । डेसअप अनुसारको गहना छनौट गर्न सकिएन भने त्यसले चाहेजति आकर्षण दिन सक्दैन । तसर्थ यहाँ फेसन डिजाइनर महर्जनको केही सुझावहरुलाई प्रस्तुत गरिएको छ । पाइन्ट–टिसर्ट  पाइन्ट–टिसर्ट अहिले म्याक्सिमम चलेको फेसन हो । जस्तो परिस्थितिमा पनि यो ड्रेसअप म्याच हुन थालेको पाइन्छ । अफिस , घुमघाम वा विशेष समारोह जहातहीँ डिजाइन अनुसारका पाइन्ट –टिसर्ट लगाउँछन् युवतीहरु । यस्तो ड्रेसअपमा अरूको नजरमा खासै नोटिस नहुने गहना लगाउनुपर्छ । गलामा सिक्री र कानमा सानो टप या रिङ लगाए पुग्छ । हेबी र सिम्पल ड्रेस हेबी खालको ड्रेसअप गर्नुभएको छ भने गहना सिम्पल रोज्नुहोस् । हेबी ड्रेसमा हेबी नै गहना राम्रो सुहाउँदैन । सिम्पल ड्रेसमा केही हेबी गहना म्याच हुन्छ । गहना र ड्रेसअप दुवै हेबी भए लुक्स भद्दा र नराम्रो देखिन्छ । हेबी ड्रेसअपमा कानको गहना नेकलाइनभन्दा तल आउनु राम्रो हुँदैन । नेकलाइन खाली रहने ड्रेसअप छ भने ठूलो रिङ लगाउँदा पनि क्याची देखिन्छ । साडी –ब्लाउज कस्तो कार्यक्रममा साडी लगाउने हो, सोअनुसार गहना छनोट गर्नुपर्छ । अफिसियल प्रयोजनमा साडी पहिरिनुहुन्छ भने सानो टप र सिक्री मात्रै लगाए पुग्छ । अन्य गहनामा झकिझकाउ बन्ने प्रयास नगर्दा नै हुन्छ । यसले राम्रो देखाउँदैन । विशेष समारोहमा भने साडी केही हेबी लगाएर सानो खालको नेकलेस पहिरिँदा बेस्ट देखिन्छ । हेबी नेकलेस राम्रो हुँदैन । कुर्ता–सलवार अहिले कुर्ता विभिन्न डिजाइनका छन् । धेरै ‘नेक’ डिजाइनका कुर्ता ट्रेन्डमा छन् । गहनालाई कुर्ताको नेक डिजाइनले भन्दा पनि नेक ओपन छ या छैन भन्नेले बढी प्रभाव पार्छ । नेकलाइन ओपन भएको कुर्तामा केही हेबी गहना लगाउन सकिन्छ । नेकलाइन खुला छैन भने कुर्ताको गला छोपिने गरी कहिल्यै गहना लगाउनु हुँदैन । गहनाले लुगा छोप्दा लुक्स नराम्रो देखिन्छ । ट्रान्सपरेन्सी नेकलाइन ट्रान्सपरेन्सी नेकलाइन भएको ड्रेसअप गर्नुभएको छ भने गहना केही लामो (तलसम्म झोलिएको) लगाउँदा पनि फरक पर्दैन । गलामा पारदर्शी भएको ड्रेसअपमा भित्रका गहना राम्रैसँग देखिन्छ । एक्स्ट्रा लुक्स पनि दिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: