Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

दूध बेचेर मासिक साठी हजार आम्दानी

\"milk\"पाल्पा, २० असोज । बौघापोखरा थोकका टीकाराम रेश्मीले दूध बेचेर मासिक रु ६० हजार आम्दानी गर्दै आएका छन् । दूध उत्पादनबाटै उनको परिवारको गुजारा राम्रोसँसग चलेको छ । उनले विगत ६ वर्षदेखि व्यावसायिक रुपममा गाई पाल्न थालेका हुन । रेश्मीको फार्ममा अहिले होलस्टिन क्रस, जर्सी र ब्रनस्विस जातका गरी १२ वटा माउ गाई र सातवटा बाच्छाबाच्छी रहेका छन् । उनले दैनिक ७० लिटर दूध भन्दा बढी बिक्री गर्दै आएका छन् । करिब ११ वर्षसम्म उनले साउदी र कतारमा मजदुरी गरेका हुन । “विदेशको कमाइले खान र बस्न मात्र ठिक्क हुन्थ्यो,” उनले भने – “कमाउन सकिएन खाली हात घर फर्किनुप¥यो ।” गाउँमा अरुले गाई पालेर दूध बिक्रीबाट मनग्य आम्दानी गरेको देखेपछि उनले गाई पाल्न सुरु गरेका हुन । रेश्मीले रु १२ लाखको लगानीमा व्यवसाय सुरु गरेका हुन । जिल्ला पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत रु ५९ हजार, एउठटा चापकटर मेसिन र मोटर खरिदका लागि रु १० हजार सहयोग गरेको पशु विकास अधिकृत डा चन्द्रबहादुर राना बताउँछन् । पन्ध्र माउ गाईबाट दैनिक १५० लिटर दूध उत्पादन गरी मासिक रु एक लाख बराबर आम्दानी गर्ने उहाँको लक्ष्य छ । उत्पादित दूध सदरमुकाम तानसेनमा बिक्री गरिँदै आएको छ । गाउँमै रोजगारी हुमिन गाविसका जीतबहादुर दर्लामी रोजगारीको खोजीमा साउदी अरब पुगे । सन्तोषजनक कमाइ नभएपछि उनी घर फर्किए तर अहिले यहाँ सीप र प्रविधिको उपयोगबाट उनले मासिक रु ३० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् । दर्लामीले अहिले फर्निचर उद्योगमा काम गरिरहेका छन् । यस्तै हुमिनका सन्तबहादुर नेपालीले पनि विदेशमा भन्दा दोब्बर कमाइे गर्दै आएका छन् । रुप्से गाविसमा सञ्चालित फर्निचर उद्योगमा दर्लामी र नेपालीलगायत १० जना युवालाई काम र दाम कमाउने अवसर मिलेको छ । उनीहरुले मासिक रु १५ हजार ज्यालाबापत आम्दानी गर्छन । खाडीमुुलुक ताक्नुको सट्टा आफूसित भएको सीपको सदुपयोग गर्न सके गाउँघरमा नै आम्दानी गर्न सकिने दर्लामी बताउँछन् । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार दुई नगरपालिका, ६० गाविसका करिब २०० वटा फर्निचर उद्योगमा दुई हजारभन्दा बढी युवाले प्रत्यक्ष रुपमा रोजगारीको अवसर प्राप्त गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy