Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

गायक रुविन गन्धर्व सडकदेखि सिंहदरबारसम्म

०६२ का रुविन काठमाडौं, झण्डै १० बर्ष अघिको कुरा हो । हाम्रो गाँउले स्कुलको मञ्चमा एउटा झ्याउरे ठिटो उक्लियो । काँधमा सारङ्गी, शरिरमा पुरानो कमिज र पुरानो पाइन्ट । झण्डै च्यात्तिएका जुत्ता । उनलाई बाहिरबाट चिनाउँने यत्ति न हो । फक्रदैँ गरेको बैँसमा यौन र प्रेमका कुराले मख्ख हुने समयमा, त्यो ठिटो त्यही उमेरमा मञ्चबाट सत्ताको निरंकुशतन्त्रका विरुद्ध जनताका लयहरुमा आफ्ना शब्दहरु भर्दै राज्यका अगाडि विद्रोहको हुँकार गरी रहेको थियो । अन्य मानिसहरुको भन्दा फरक शैलीमा उ भन्थ्यो । भन्थ्यो मात्र होइन उ त गाउँथ्यो । तिम्रो शासन दुई दिनको भए नी हाम्रो शासन जुनी भरीलाई दाजु मार्यो भाउजु नी मार्यौ फोकटमा राजगद्दी हात पार्यो बनकै काफल बनकै चरीलाई तिम्रो शासन दुई दिनको भए नी हाम्रो शासन जुनी भरीलाई... राज्यद्धारा अधिकार बिहिन बनाईएका सिमान्त भूई मान्छे जागेको बेला, तीनै भूई मान्छे मध्येको एक झ्याउरे ठिटो थियो– रुविन गन्धर्व । त्यही झयाउरे ठिटो जसका ओठ– भोक, रोग र अधिकार विहिनताको शोकमा ओठ कलेठी परेका थिए । जसको स्वर स्वतन्त्रता लुटिएपछि मुक्तिका लागि गर्जन गर्दथ्यो र गितमा विद्रोह ओकल्थ्यो । जसले जनताको अधिकार प्राप्तिको आन्दोलनमा आफ्नो भूमिका स्पस्ट पा¥यो र आफुलाई गणतन्त्रको कित्तामा ल्याई पुर्यायो । एकातर्फ उसको सारङ्गी र अर्को तर्फ राज्यको गोलिका बीच उसले सारङ्गी अंगाल्दै राज्यको हतियारलाई चुनौति दिई रह्यो । रुविन को ०७१ साल संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको सचिवालयमा एक जना फुर्तिला युवा पटक–पटक सचिवालयकै फोनबाट घरी दाई, घरी सर भन्दै चर्को स्वरमा फोन गरी रहेका छन् । उनको ओठमा देखिने कलेठी, म कुनै पुरानो ओठको कलेठीसँग दाँज्न पुग्छु । लाग्छ यो युवालाई म चिन्दछु । तर मेरो बोल्ने हिम्मत हुदैन् । सचिवालयका अधिकांश मानिसलाई उनि ‘कमरेड’ भनेर बोलाउँछन । अनि एमालेका नेताहरुको विभिन्न कार्यक्रमकाबारे अध्यक्षको नीजि सचिवालयका कर्मचारीलाई जिज्ञासा राख्छन् । अध्यक्षको सचिवालय पुरै एमालेमय हुन्छ । म ती युवाको शरिरमा सजिएको कोटलाई नियाल्छु अनि क्रमशः सर्ट, पाइन्ट र जुत्तामा आँखा डुलाउँछु । अनि सोध्ने हिम्मत बटुल्दै भन्छु– म नरेश तपाई ? युवा, आफ्नो जोसपूर्ण शैलीमा भन्छ । ‘म जनआन्दोलनको गायक रुविन गन्धर्व ।’ म स्मृतिको पुरानो फ्ल्यासव्याकमा पुग्छु । के यो त्यही भूई मान्छे हो ? जसले हाम्रो गाँउले स्कुलको मञ्चमा उक्लिएर जनतालाई अधिकार प्रति सचेत गराएको थियो ? बागी शब्दमा स्वर मिसाएर गाउँदै जनतालाई उत्प्रेरित गर्ने रुविनले जनआन्दोलनमा खेलेको भूमिकालाई कम आँकिनु हुदैन । सडकदेखि सिंहदरबारसम्म जनआन्दोलनमा लोक गायकको भूमिका निभाएका रुविन के गर्दैछन भन्ने जिज्ञासा हुनु आम विषय हो । उनी आफुलाई दुई विशेषणले चिनाउन चाहन्छन् । पहिलो जनआन्दोलनको गायक र दोस्रो समाजसेवी । उनी भन्छन्– ‘रुविन गन्धर्व कलाकार तथा समाजसेवी दुवै श्रेणीमा पर्छ ।’ गन्धर्व र उनका साथिहरु मिलेर हालका दिनहरुमा अष्टे«लियनहरुको लगानीमा ठमेलमा खोलिएको सारङ्गी कम्युनिटी रेष्टुरेन्ट चलाउने गर्दछन् । जहाँ उनी पनि गाउने गर्दछन् । तर, उनले हालका दिनहरुमा गाउने भन्दा धेरै काम ब्रोकरको गर्ने गर्दछन् । जनआन्दोलनमा गायकको पहिचान बनाएको आधारमा उनले नेता देखि प्रशासक हुँदै पुलिस देखि ठेकेदारसम्मका काम मिलाई दिने गर्दछन् । जसबापत उनलाई केही कमिसन आउने गर्दछ । यति धेरै समाजसेवा गर्न कसरी संभव हुन गयो ? भन्ने प्रश्नमा उनि यसको श्रेय मिडियालाई दिन चाहन्छन् । उनले भने– ‘यो मानिसलाई संरक्षण गर्दै स्थापित गराउनु पर्छ भनेर मिडियाका दाईहरुले मलाई स्थान दिनु भयो । त्यसले नै मलाई जनता, कर्मचारी, सेना, पुलिससँग चिनिन सहज भयो । त्यसैले मलाई कुनै पनि मन्त्रालयका सचिव देखि प्रहरी प्रशासनसम्मले सजिलै चिन्छन् । यसको श्रेय मिडियाका दाईहरुलाई नै जान्छ ।’ उनले अहिले सिंहदरबार स्थित विभिन्न मत्रालयसम्म उपत्यका बाहिरबाट आउने मानिसहरुको पहुँच बनाई दिने, विकासको कामका लागि पहल गरी दिने र, स्थानिय कामको पहल गरेबापत कमिसन लिने गरेको उनका निकटतम सहयोगी बताउँछन् । उनले आफुलाई हरेक मन्त्रालयमा मन्त्री देखि सचिवसम्म सबैले चिन्ने हुँदा बाहिर जिल्लाबाट आएका तथा विकास निर्माणको माग गरेर काठमाडौं आउनेहरुलाई मन्त्रालयसम्म पु¥याई दिने र विकासको लहर गाँउसम्म पुर्याउन पहल गर्ने गरेको भन्दै घुमाउरो भाषामा कुरा स्विकारे । उनले भने– ‘मैले बाहिर जिल्लाबाट आउने तथा विकासको माग लिएर मन्त्रालयसम्म आउनेहरुलाई सम्बन्धित निकायसम्म पु¥याई दिने गर्दछु । मन्त्री देखि सचिवहरुलाई तपाईले जनतालाई दुःख दिन पाउनुहुन्न । तपाईहरु जनताको नोकर हो जनताको काम छिटो गरिदिनु पर्यो भनेर काम मिलाई दिने गरेको छु ।’ मलाई भेट्नु अघि उनले हनुमानढोमा थुनिएका ललितपुरका ठेकेदारहरुलाई छुटाउन पहल गर्दै गरेकाले ढिला भएको बताए । ठेकेदार को हुन् भन्नेबारेमा उनले बताउन नचाहे पनि उनले भने– ‘वहाँहरु मलाई सहयोग गरी रहने मेरा मित्रहरु हुन् । ठेक्का हाल्न जाँदा गुण्डागर्दीको अभियोगमा पक्राउ पर्नु भएको रहेछ । मैले इमान्दार मानिसहरुलाई छुटाउनु प¥यो भनेर पहल मात्र गरेको हुँ ।’ उनले कुरा गरी रहँदा बीच–बीचमा फोन उठाउने गर्दथे । एउटा फोनमा उनी अलिक सर्तक भए र कुरा सकेपछि भने– ‘हनुमानढोकाबाट पुस्कर दाई (पुस्कर कार्की)ले गर्नु भएको ।’ रुविन आफुलाई एमालेको विचारमा आस्थावान भन्न रुचाउँछन् । तर उनले आफ्नो विचार जहाँ भएपनि आफुलाई माया गर्नेहरु हरेक पार्टीमा भएको बताउँन पनि पछि पर्दैनन् । उनि अहिले एमालेको युवासंघमा आबद्ध छन् । उनले राजनीतिलाई पनि नजिक देखि निहाली रहेको भन्दै नेपाल सवै जातिको साझा फुलबारी भएको बताए । उनले फुलबारीलाई जोगाउँन सहमति गर्ने र सहमति पनि हुन नसक्ने हो भने प्रक्रियामा नै गएर संविधान जारी गर्नुपर्ने विचार राखे । त्यसबेला राजधानीको रातो घर हुँदै मेची र डडेलधुरासम्म रेटिने सारङ्गी फगत सारङ्गी थिएन । त्यो त जनताको प्रतिकात्मक विद्रोहको रेटाई थियो । सारङ्गीको प्रसंग आउना साथ उनी सम्झन्छन्– ‘०६२ सालमा बुटवलमा एमालेले गरेको आमसभामा नजान मलाई ठुलो थ्रेट थियो । बुटबलमा नै सेनाका साथिहरुले मेरो सारङ्गी भाँची दिएका थिए ।’ उनले थपे– ‘शायद त्यो समय र परिस्थिति पनि त्यस्तै थियो । उहाँहरुले आफ्नो काम गर्नुभयो मैले मेरो काम गरेँ । मलाई पुराना दिनहरुको दुःख मनाउ छैन ।’ तर आजको अवस्थामा तिनै जनताका सारङ्गी रेट्ने जन गायक गन्धर्व जनआन्दोलनको व्याजमा मन्त्रालयबाट लगिने विकासे बजेटको कमिसने कोटमा ठाँटिएका छन् । थाहा छैन उनि भोली परिआउँदा हिजोको जस्तै सारङगी बोकेर कुद्छन कि कुद्दैनन्  !  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies