Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

लुम्बिनीको पर्यटन भ्रमण कार्यक्रम सञ्चालन

\"lumbini-tour-package-750\" बुटवल, २४ असोज । आन्तरिक तथा बाह्य पर्यटकलाई लुम्बिनी र बुद्धसँग जोडिएका क्षेत्रको भ्रमण गराउने उद्देश्यले सिद्धार्थ यातायात व्यवसायी समिति भैरहवाले लुम्बिनी भ्रमण कार्यक्रम सञ्चालन गरेको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी र बुद्धसँग जोडिएका स्थल तथा मनकामना दर्शनको भ्रमण सञ्चालन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यातायातको समस्याका कारण लुम्बिनी र बुद्धसँग जोडिएका अन्य क्षेत्र एकैसाथ घुम्न आन्तरिक तथा बाह्य पर्यटकको समस्यालाई सहज बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको सिद्धार्थ बस समितिका अध्यक्ष सूर्यकुमार सारु मगरले जानकारी दिएका छन। बिदाको दिनलाई लक्ष्य गरी पहिलो चरणमा सञ्चालनमा आएको कार्यक्रम अन्तर्गत लुम्बिनी, तौलिहवा, कुदान, निग्लिहवा, जगदीशपुरताल, जितगढी बुटवल, अस्ट्रिच फार्म मधवलिया हुँदै बुद्धचोक भैरहवासम्म चल्नेछ । यी क्षेत्र घुमाउनका लागि ३५ सिटको डिलक्स बस सञ्चालन गरिएको छ भने प्रतिव्यक्ति पाँच सय ५० रुपैयाँ भाडा तोकिएको छ । प्रत्येक शनिबार भैरहवाको बुद्धचोकबाट बिहान ७ बजे छुट्ने गरी लुम्बिनी भ्रमण सुरु हुनेछ । करिब दुईदेखि अढाइ घन्टा लुम्बिनी दर्शनपछि यात्रुलाई खाना खुवाई बुद्ध परिपथ अन्तर्गत कपिलवस्तुको तौलिहवास्थित कुदान, राजा शुद्धोधनको दरबार अनि सङ्ग्रहालय अवलोकन गराइने छ । त्यसपछि निग्लिहवा हुँदै जगदीशपुर तालको भ्रमण गराइनेछ । करिब घन्टाभर ताल भ्रमणपछि बुटवलस्थित जितगढी किल्लामा घुमाइनेछ । अन्तमा बुटवल हुँदै अस्ट्रिच फार्मको अवलोकन गराई साँझ भैरहवा नै फर्किने तालिका छ । पहिलो चरणको सो कार्यक्रम सफल भई पर्यटकको माग बढे छिट्टै रामग्राम हुँदै एसी बस सञ्चालन गरिने र यसका लागि आवश्यक पर्ने पर्यटक पथप्रदर्शकका लागि लुम्बिनी विकास कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल भइरहेको समितिका अध्यक्ष सारुले बताएका छन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy