Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

मिस टुरिजम थापा पर्यटनमै भविष्य खोज्ने

\"miss-turism-750\" काठमाडौँ, २७ असोज । ‘मिस टुरिजम’ को उपाधि चुमेकी ओरुषा थापा पर्यटनमैै आफ्नो भविष्य खोज्ने आकाङ्क्षामा जुटेकी छिन् । व्यवस्थापन बिबिए अध्ययनरत थापाले नेपालमै पहिलोपटक गत भदौ २५ मा आयोजित प्रतियोगितामा ‘मिस टुरिजम’ को ताज पहिरिएकी थिइन् । थापाले आफ्ना २० प्रतिस्पर्धीलाई पछाडि पार्दै सो उपाधि हात पारेकी हुन् । विश्व पर्यटन बजारको आकर्षणले यी १८ वर्षे युवतीलाई पनि उत्प्रेरित गरेकाले पर्यटनले नै देशलाई समृद्धिको बाटोमा अघि बढाउने र जनताको जीवनस्तर उकास्सिने उनको विश्वास छ । काठमाडौँको रैथाने परिवारमा जन्मिएकी थापालाई देश विदेशमा अध्ययन गर्ने राम्रा अवसर नआएको हैन तर, आफ्नै देशमा केही पौरख गरौँ भन्ने अभिलाषाका साथ यिनी नेपाली पर्यटन बजारमा आफ्नो भविष्य पहिल्याउँदैछिन् । “राम्रा पढेलेखेका विद्यार्थी विदेशै जानुपर्छ भन्ने छैन, देशका लागि केही गरौँ भन्ने सोच सबैमा भए नेपालको समृद्धिका लागि धेरै कुर्नु पर्दैन, हामीजस्ता युवा–युवती देश बनाउने काममा तल्लिन हुनुपर्छ” – थापाले भनिन् । पुख्यौली पेसालाई निरन्तरता दिने सोचमा रहेकी थापाले बुबाको ट्राभल एजेन्सीको व्यवसायले आफूलाई आकर्षित गरेको र नेपालमा पर्यटनको भविष्य उज्ज्वल छ भनेर यो क्षेत्रलाई रोजेको बताइन् । पारिवारिक पेसाले गर्दा उनको घरमा धेरै पर्यटक अउँथे, सानैदेखि पर्यटक र पर्यटनबारे जानकार राख्ने थापाले पर्यटनलाई नै मुख्य पेसा बनाउने बताउँछिन् । प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त नेपालको पर्यटनमै उज्ज्वल भविष्य देख्ने यी सुन्दरीले पर्यटनको बजारीकरण र प्रवद्र्धन हुनुपर्नेमा जोड दिन्छिन । भूकम्प र नाकाबन्दीपछि केही शिथिल बनेको नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न र युवा पुस्तालाई परिचालन गर्नुपर्ने उनको धारणा छ । बाल्यकालदेखि नै स्कुलमा हुने हरेक प्रतियोगितामा उत्कृष्ट हुने गरेकी थापाले सफलतालाई चुम्दै मिस टुरिजमको ताज पनि जितिन् जुन उनको जीवनकै सबैभन्दा ठूलो खुसी थियो । उनी कलेजको पनि अब्बल छात्रा हुन् । अब खुसीसँगै उनमा केही गर्नैपर्छ भन्ने जिम्मेवारी पनि बढेको छ । पर्यटनमा कसरी अघि बढ्ने भन्ने अध्ययनमा रहेकी थापाले पर्यटनलाई कसरी प्रभावकारी प्रवद्र्धन गर्ने भन्ने योजना पनि बनाएको बताउँछिन् । पर्यटन प्रवद्र्धनका लागि अहिलेसम्म राम्रो अध्ययन अनुसन्धान नभएकै कारण बजारीकरण हुन नसकेको ठान्ने मिस टुरिजम थापाको पर्यटन उद्योगलाई विश्व बजारमा प्रवद्र्धनका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने सोच छ । पर्यटनसँगै कला क्षेत्रमा पनि उत्तिकै रुचि राख्ने थापा पर्यटनका लागि कला अपरिहार्य भएको बताउँछिन् । विभिन्न सञ्चारमाध्यममा उद्घोषणसमेत गरेकी थापाले अब म्युजिक भिडियोमा समेत लाग्ने योजना सुनाइन् । अहिले पाँचभन्दा बढी म्युजिक भिडियोका लागि माग भएको आएको सुनाउँदै थापाले चलचित्र क्षेत्रमा भने अभिनय गर्ने सोच नरहेको बताइन् । दसैैँ, तिहारलगायतका पर्वमा विदेश होइन पहिला देश घुमौँ अनिमात्र विदेश रोजौँ भन्ने आम नेपालीमा थापाको सुझाब छ । रासस (सिबी अधिकारी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: