Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

आठौं ब्रिक्स सम्मेलन अक्टोबर १५ र १६ मा, अध्यक्षता भारतले गर्ने

[caption id=\"attachment_96560\" align=\"aligncenter\" width=\"838\"]\"ब्रिक्समा ब्रिक्समा सम्मिलीत प्रमुख पाँच राष्टहरूः फार्इल तस्वीर[/caption] बेइजिङ्ग, २७ असोज । यस वर्ष आठौं शिखर सम्मेलन १५ देखि १६ अक्टोबरः जम्मा दुई दिनसम्म आयोजना हुँदैछ र यस पटकको सम्मेलन भारतले आतिथ्य गर्दैछ । भारतले ब्रिक्स राष्ट्रको फेब्रुअरीदेखि डिसेम्बर २०१६ सम्मको अध्यक्षता ग्रहण गरिरहेको छ । यस पटकको शिखर सम्मेलनमा आयोजकराष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरुको विकास र उन्नतिको लागि सम्मेलनमा विविध छलफल हुने बताएको छ । ब्राजिल बि, रुस आर, भारत आई, चीन सि र दक्षिण अफ्रिका एस यी पाँच राष्ट्रहरु मिलेर अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी सहयोगमा अभिवृद्धि गर्ने उद्देश्य राखी सन् २००९ मा “ब्रिक्स राष्ट्र” को स्थापना भई शिखर सम्मेलनमा सबै ब्रिक्स सदस्यराष्ट्र प्रमुख वा सरकारप्रमुखहरुले भाग लिने सहमति भएको थियो । वर्तमान ब्रिक्स सदस्य राष्ट्रप्रमुखहरु ब्राजिलका राष्ट्रपति माइकल टेमर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सि जिन पिङग, र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा यस आठौं शिखर सम्मेलनमा मूल सहभागी हुनुहुनेछ । आठौं सम्मेलन भारतले आयोजना गर्ने र सम्मेलनस्थल चाहिं गोवा हुने भनी सन् २०१५ को जुलाईमा सम्पन्न ब्रिक्स राष्ट्रप्रमुखहरुको शिखर सम्मेलनले निश्चित गरेको थियो । ब्रिक्स सदस्यराष्ट्रहरुले राष्ट्रिय बिकासका बिभिन्न गतिबिधिहरुः चलचित्र, खाद्य तथा कृषि, वन तथा वातावरण, शिक्षा तथा संस्कृति, वाणिज्य तथा ब्यापार जस्ता क्षेत्रहरुमा बिगत सात वर्षदेखि आपसी सद्भावनाका हात अघि बढाएका छन् । यस पटकको शिखर सम्मेलनमा आयोजकराष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरु मध्ये नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल, बङ्गलादेशकी राष्ट्रपति शेख हसिना, भुटानका नरेश छिरिङग तोब्गे, म्यानमारकी राष्ट्रपति आङग सान सुकी, श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेना र थाईल्याण्डका प्रधानमन्त्री प्रायुथ चान ओचालार्इ पनि सम्मेलनमा भागलिन आग्रह गरेको छ । त्यसैगरी गैह«बिम्स्टेकका अन्य मित्रराष्ट्रहरू, अफगानिस्तानका राष्ट्रपति असरफ घानी र मादिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनलाई पनि सम्मेलनमा निमन्त्रणा गरेको र ति सबै राष्टबाट सम्मेलनमा भाग लिन आउने ब्रिक्सले जनाउँदै आएको छ । यस शिखर सम्मेलनमा दोश्रो सत्र पनि आयोजना हुने र दोश्रो सत्रमा भने ब्रिक्स र बिम्स्टेक दुबै सदस्यराष्ट्रबीच क्षेत्रिय सहयोगमा सहजिकरण होस् भन्ने उद्देश्य राखी संयुक्त शिखर सम्मेलन पनि सञ्चालन गरिने जनाइएको छ ।  

सम्मेलनमा भागलिन चिनियाँ राष्ट्रपति भारत प्रस्थान

\"brics-leaders-meet-on_verm\"\"image-24-750\" भारतको गोवामा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहान चीनबाट प्रस्थान गरेका छन । शिखर सम्मेलन शुरु हुनुपूर्व उनले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण पनि गर्ने बताइएको छ । शिखर सम्मेलन स्थलतर्फ जाने बाटोमा पर्ने चीनका मित्र राष्ट्रहरू कम्बोडियाका नरेश नरोडम सिंहामोनि र बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले चिनियाँ राष्ट्रपतिलाई आ आफ्नो मुलुक भ्रमण गर्न औपचारिक निमन्त्रणा गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा भने उनलाइ पहिलेदेखि नै गिएको थियो । राष्ट्रपति जिन पिङ्गको भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्य तीनजना उच्चस्तरिय नेताहरु पनि संलग्न रहेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy