Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

रसिया र सिरयाद्वारा विद्रोही लक्षित युद्धकविमान आक्रमण

[caption id=\"attachment_96568\" align=\"aligncenter\" width=\"833\"]\"फार्इल फार्इल तस्वीर[/caption] बेरुत, २७ असोज । सिरियाको अलेप्पो सहरमा विद्रोहीको बलियो प्रभाव रहेका जिल्लालाई लक्ष्यगरी बिहीबार सिरिया र रसियाली युद्धकविमान आक्रमण भएको छ । सिरियाको अलेप्पो सहरमा गत दुईसम्म भएको बमबारीमा परी कम्तीमा ७१ सर्वसाधारणको मृत्यु भईसकेपछि पुनःहवाई आक्रमण भएको मानव अधिकारवादी समूहले जानकारी दिएको छ । पूर्वी अलेप्पोमा सिरियाली विद्रोही समूहलाई लक्ष्यगरी बिहीबार बिहान सवेरैदेखि २० भन्दा बढी हवाई आक्रमण गरिएको बेलायतसँग आबद्ध मानव अधिकारीबवादी समूह अब्जरभेटरीले जानकारी दिएको छ । यस आक्रमणबाट तत्काल मानवीय क्षतिको एकिन सङ्ख्या भने प्राप्त नभएको अब्जरभेटरीले जानकारी दिएको छ । गत मङ्गलबार र बुधबार सरकारको नियन्त्रणमा रहेको इलाकामा विद्रोही समूहले गरेको गोली प्रहार पनि कम्तीमा आठ सर्वसाधारणको मृत्यु भएको द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । राज्यद्धारा सञ्चालित सञ्चार माध्यमका अनुसार सरकारको नियन्त्रित जिल्लामा रहेको एक विद्यालयमा बिहीबार विद्रोही गरेको रकेट प्रहारमा परी चार बालबालिकाको मृत्यु भएको छ । सरकारी सैनिकले पूरा अलेप्पो सहर नियन्त्रणमा लिनको लागि गत सेम्टेम्बर २२ देखि भीषण कारबाही सुरु गरेको छ । पूर्वी अलेप्पो सन् २०१२ बाट नै सिरियाली विद्रोही समूहले कब्जा लिएको छ । मङ्गलबार विद्रोहीको बलियो प्रभाव रहेको इलाकालाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा सात बालबालिकासहित ५६ व्यक्तिको मृत्यु भएको अब्जरभेटरीका प्रमुृख रामी अब्देल रहमान बताउनु भएको छ । त्यसैगरी बुधबार भएको हवाई आक्रमणमा १५ सर्वसाधारणको मृत्यु भएको थियो । सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । सो जनआन्दोलनपछि गएर जनयुद्धमा परिणत भयो । सो गृहयुद्ध हालसम्म पनि जारी रहेको छ र यसमा परी दुई लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँ व्यक्ति आफ्नो घरवास छोडी देशभित्र र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य छन् । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy