Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

को पाइलटले यसरी खसालिदिए विमान

काठमाडौं, फ्रेन्च एल्पसमा दुर्घनाग्रस्त  जर्मन विंग्सको विमानलाई सहचालकले जानाजान दुर्घटनाको मुखमा पुर्याएको सनसनीपूर्ण सूचना सार्वजनिक भएको छ । राजधानी दैनिमा खबर छ–दुर्घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुले सहचालक (कोपाइलट)ले ‘विमानमा क्षति पुर्याउन चाहेको’ खुलासा गरेका हुन् । ककपिट भ्वाइस रेकर्डरबाट हासिल गरेको सूचनालाई उद्यृत गर्दै फ्रान्सेली अनुसन्धानकर्ताहरुले सहचालकले विमानलाई आफ्नो नियन्त्रणमा लिएको र जानाजान तल खसालेको बताए । मुख्य चालक ककपिटबाट निस्किएको केही समयपछि उनलाई सहचालकले ढोका बन्द गरेर भित्र छिर्न नदिएको दाबी उनीहरुको छ । अनुसन्धानले भ्वाइस रेकर्डरमा रेकर्ड भउको अन्तिम ३० मिनेटको आवाजमाथि अनुसन्धान गरेका थिए । सुरुको २० मिनेटमा चालकहरुले सामान्य कुराकानी गरेको बताइएको छ । ‘उनीहरुले रमाइलो कुरा गरेका थिए, त्यहा कुनै असामान्य कुरा भएको थिएन’ अनुसन्धानमा  खटिएका एक अधिकारीले भने, ‘विमान पहाडमा ठोक्किनु अघिसम्म पनि सहचालक जिउँदै थिए ।’ तीव्र गतिमा उडिरहेको विमान करिब आठ मिनेट तल झर्दा बार्सिलोनाबाट ड्युसेलडर्फका लागि उडेको एयरबस ए३२ गएको मंगलबार फ्रान्सको पर्वतमा ठोक्किएको थियो । दुर्घटनामा एक सय ५० जनाले ज्यान गुमाएका थिए । जर्मनीका २८ वर्षी सहचालक एन्ड्रेस गन्टर लुबिजले क्याप्टेन ककपिटबाट बाहिर निस्किएपछि ढोका थुनेका थिए । त्यसपछि सहचालकले विमानलाई तीव्र गतिमा तल झार्न फ्लाइट मनिटरिङ सिस्टम प्रयोग गरेका थिए । त्यसपछि पाइलटले ढोका खोल्न भने पनि उनले ढोका खोलेनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: