Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

क्यालिफोर्नियाका टोनी टाउटाउनी जेटमा उड्छन्, डलरमाथि सुत्छन्

[caption id=\"attachment_96795\" align=\"aligncenter\" width=\"794\"]\"फार्इल फार्इल तस्वीर[/caption] क्यालिफोर्निया, २९ असोज । संसारमा पैसा कमाउने माध्यम व्यक्तिपिच्छे फरक–फरक छ । पछिल्लो समय सामाजिक सञ्जाल पनि धनाढ्य बन्ने माध्यम बन्दैछ । अझ यसैबाट अर्बपति समेत बन्नेहरू भेटिन थालेका छन् । हुनत, अर्बपति बन्न यो मात्रै पर्याप्त होइन, अन्य व्यापार पनि आवश्यक पर्छ । तर, अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जलेसमा जन्मेका ४३ वर्षीय टोनी टाउटाउनीलाई धनाढ्य बनाउनमा सामाजिक संजालको योगदान पनि उत्तिकै छ । उनी ‘इन्स्टाग्राम’ बाटै अर्बपति बनेको संचारमाध्यमहरूले जनाएका छन् । ‘फच्र्युन’ ले उनलाई यो वर्षको ‘इन्स्टाग्राम किङ’ समेत घोषित गरिसकेको छ । ‘सेलिब्रिटीनेटवर्थस’ का अनुसार सन् २०१६ मा टोनीको कुल सम्पत्ति ७ करोड ५० लाख अमेरिकी डलर रहेको छ । नाइट क्लब, डिलरसिप, बार र रेस्टुरेन्ट लगायतका व्यापारले पनि उनलाई अर्बपति बनाउन सहयोग पुगेको उनी बताउँछन् । टोनीको एकाउन्ट अनुसार उनी एकताका कार स्टेरियोका सेल्सम्यान भएर काम गरेका थिए र राम्रो जीवन कसरी बिताउने भन्ने चाहनाले १९ वर्षमा आफ्नै व्यापार थाले । सुरुमा उनले नाइट क्लबमा लगानी गरे । त्यसको आम्दानीबाट उनले अन्य व्यापार संचालन गरे । हिजोआज उनलाई इन्स्टाग्राम एकाउन्टमा विलासिता जीवन शैलीको तस्बिरहरू पहिलो पटक सार्वजनिक गर्ने ड्यान ब्लिजेरिएनसँग तुलना गर्न थालिएको छ । धनाढ्य टोनीको शोक अनौठो पनि अचम्म खालको छ । उनले करोडौं लगानीमा खरिद गरेको यार्डमा पार्टी दिन्छन् । डलरमाथि सुत्छन् । डलरबाटै मान्छेको स्वरूप बनाई आफ्नो ओछ्यानमा पल्टिने गर्छन् । नयाँ–नयाँ केटीसँग समय बिताउने र उनीहरूसँग फोटो खिचेर इन्स्टाग्राममा पोस्टिङ गर्ने उनको रुचि छ । यति मात्रै होइन उनीसँग १९ वटा जति महँगा सुपर कार मात्रै छन् । टाढा–टाढाको यात्रा भने उनी आफैंले किनेको महँगा निजी जेट विमानमा गर्छन् । त्यो पनि केटीहरूको हूलका साथ । उनको वरपर केहीहरू बढी नै रहने गरेका छन् । जहाँ गयो त्यही फोटो खिचाउने र पोस्ट गरिहाल्ने उनको बानी छ । केटीसँग विभिन्न पोजिसनमा खिचाइएका अर्धनग्न फोटोजहरू पोस्ट गर्नुका कारण ‘इन्स्टाग्राम’ मा आठ महिनामै टोनीका ७ लाख ५० हजार फ्लोअर्स बनिसकेका छन् । सुन्दर तरुनी त देख्नै हुँदैन उनले । डेटिङको प्रस्ताव राखिहाल्छन् । त्यसका लागि जति मूल्य चुकाउनु परे पनि उनी तयार रहन्छन् । हिलटपमा गएर रंगीन साँझ बिताउन चुक्दैनन्, उनी । केटीप्रति बढी आकर्षण हुनुको कारणबारे उनले एकताका भनेका थिए, ‘म एक्लो भएकाले धेरै महिलासँग डेटिङ जानु स्वाभाविकै हो । फेरि रमाइलो गर्ने उमेर पनि त यही हो क्यारे । पहिले नाइट क्लबका व्यापारीका रूपमा परिचित टोनीले पैसालाई बढी महत्व दिने गरेका छन् । एक अन्तर्वार्तामा उनलाई जीवनका पाँच महत्वपूर्ण कुरा के हुन् भनेर सोध्दा, उनको उत्तर थियो, ‘पैसा, पैसा, पैसा, पैसा र पैसा ।’ आफ्नो अत्यन्तै असाधारण जीवनशैलीका लागि उनको आम्दानीमा ‘इन्स्टाग्राम’ ले महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ । टोनी भन्छन्, ‘पैसा त धेरैले कमाउँछन् तर तिनीहरूलाई जिउनै आउँदैन, लोभीहरू पैसा खर्च गर्दैनन् ।’ इन्स्टाग्राममा टोनीको फोटोज हेर्ने फ्लोअर्सले उनको अर्को पोस्टको प्रतीक्षामा सधैं रहने गरेका छन् । उनको पोस्ट अपलोड भएलगत्तै ‘लाइक्स’ गर्नेहरूको लाभालस्कर नै सुरु हुन्छ । यसबाट टोनीलाई मात्रै होइन इन्स्टाग्रामलाई समेत फाइदा पुगेको छ । टोनीले हालै एउटा भिडियो सार्वजनिक गर्दै २६ वर्षीया जुलिएन निकोलेसँग ‘इलु–इलु’ भएको सार्वजनिक गरेका छन् । एजेन्सी (कान्तिपुर)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy