Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी दावी

\"misayal\"वासिङटन, ३० असोज । उत्तर कोरियाले पछिल्लो पटक गरेको मध्यम दुरीको एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी सेनाले शनिबार दावी गरेका छन् । सो क्षेप्यास्त्र उत्तर कोरियाको गुआमबाट अमेरिकी सैन्य शिविरसम्म हान्नसक्ने क्षमता रहेको बताइएको थियो । उत्तर कोरियाले गतःशनिबार मध्यान्हपछि परीक्षण गरेको क्षेप्यास्त्र “मुसुदान” नामक शक्तिशाली क्षेप्यास्त्र भएको अमेरिकी सेनाको एक निकाय द युएस स्ट्राटेजिक कम्माण्डले अनुमान लगाएको जनाइएको छ । यस अघि उत्तर कोरियाले यस मुसुदान क्षेप्यास्त्र सात पटक परीक्षण गरिसकेको र एक पटक आंशिक सफलता पनि पाइसकेको छ । मुसुदान क्षेप्यास्त्रको सफल परीक्षण भइ सो उपकरण प्रयोगमा ल्याइएमा दुई हजार ५०० किलो मिटरदेखि चार हजार किलो मिटरसम्मको दूरीमा जता सुकै पनि प्रहार गर्नसक्ने क्षमता हासील हुनेछ । उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र सन् २०१० को अक्टोबरमा भएको सैनिक परेडमा पहिलो पटक प्रदर्शन गरेको थियो । संयुक्त राष्ट्रसङ्घको एक सङकल्प प्रस्तावद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र प्रविधि प्रयोगमा ल्याउन गर्न प्रतिबन्ध लगाएको अवस्थामा सो प्रस्तावको उल्लङ्घन गरी उत्तर कोरियाले जबर्जस्ती ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन र परीक्षणकार्य गरेको समेत जनाइएको छ । गत सेप्टेम्बरमा उत्तर कोरियाले उत्तरपश्चिमी तटबाट करिब चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको पाँचौ पटक परीक्षण गरेपछि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले प्योङ्गयाङगलाई थप प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेकै बखत उत्तर कोरियाले यस्तो गैह«जिम्मेवार क्रियाकलाप प्रदर्शन गरेको हो । संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न देशहरुले आणविक क्षेप्यास्त्र उत्पादन र परीक्षण नगर्न चेतावनी दिँदै आए तापनि उत्तर कोरियाले भने पटकपटक क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy