Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

क्लिन्टनले लागूऔषध खाएको ट्रम्पको आरोप, परीक्षण गर्न माग

\"clinton-trump_3404147b\"एजेन्सी ,३० असोज । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिश्पर्धी हिलारी क्लिन्टनलाई लागूऔषध परीक्षण गर्न माग गरेका छन् । अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच आगामी प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम भन्दाअगाडी हिलारीको परिक्षण हुनु पर्ने शनिबार ट्रम्पले माग गरेका हुन् । ट्रम्पले आफ्नो प्रतिश्पर्धी क्लिन्टनले यस अघि भएका संयुक्त बहस सुरु हुनुभन्दा अगाडी पनि लागुऔषध प्रयोग गरेको आरोप लगाएका छन् । बहसका क्रममा क्लिन्टनको प्रस्तुती राम्रो हुनुमा लागूऔषधको प्रभाव हुन सक्ने ट्रम्पको आरोप छ । उनले क्लिनटनलाई मतदान नगर्न समेत आह्वान गरेका छन् । रिपक्लीकन पार्टीका उम्मेद्धवार ट्रम्पलाई यौनदुव्र्यवहारको आरोप लागिरहेका बेला ट्रम्पले क्लिनटनलाई लागूऔषध प्रयोग गरेको आरोप लगाएका हुन । विदेशमन्त्री भएका बेला गोप्य इमेलहरुको दुरुपयोग गरेकाले आफु विजयी भएमा क्लिन्टनलाई जेल हाल्ने ट्रम्पले बताएका छन् । क्लिन्टनलाई जेलहाल्ने बताएपछि उनका समर्थकहरुले “क्लिनटनलाई थुन” भन्दै नारावाजी गरेका थिए । पछिल्लो बहसमा सहभागी भएका बेला क्लिन्टनले लागूऔषध सेवन गरे वा नगरेको बारेमा परीक्षण गर्न पनि ट्रम्पले माग गरेका छन् । आफ्नो पनि परीक्षण गराउन आफू तयार रहेको उनले बताएका छन् । पोर्टस्माउथमा आयोजित एक चुनावी सभामा सम्बोधन गर्दै ट्रम्सले “क्लिन्टन बहसको सुरुमा निकै उत्तेजित देखिएकी थिईन्, तर अन्तिममा भने निकै कमजोर देखिइन र आफ्नो कारसम्म पुग्न पनि निकै गाह्रो भएको थियो ।” भने दावी समेत गरेका समाचारमा उल्लेख छ । अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच एक हप्ता अगाडी दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रभरी नै ट्रम्प र क्लिन्टनले एकअर्कामाथि हिलो छ्याप्ने र सकेदेखि एकअर्कालाई उम्मेदवारीबाटै सिध्याइदिनेसम्मको आक्रामक प्रयासमा लागे । कार्यक्रममा वर्तमान राष्ट्रपति बाराक ओबामाले अवलम्बन गर्नु भएका अमेरिकी रणनीतिहरु, इराक, सिरिया, अफगानिस्तान लगायतका मुलुकहरुमा गरिएको सहयोग इत्यादि बारे पनि ट्रम्पले तीब्र आलोचना गर्न भ्याए । दर्शकका प्रश्नका उत्तर दिने क्रममा ट्रम्पले हिलारीउपर अलि बढी नै रिस पोखी आक्रामक भएर प्रस्तुत भए भने हिलारी पनि के कम, ट्रम्पलाई व्यङग बाणको वर्षा गरी आच्छु आच्छु पारिन् । ट्रम्पले हिलारीको निन्दा गर्ने क्रममा उनका पति बिल क्लिन्टन धेरै वर्षअघि एक पटक यौन काण्डमा मुछिएको घटनालाई उछाले । जवाफमा हिलारीले पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य ९भिडियो टेप० सार्वजनिक गरिदिइन् । सन् २००५ मा रेकर्ड गरिएको उक्त टेपमा स्थानीय एक बसमा अमेरिकी एनबीसी टेलिभिजन कार्यक्रम प्रस्तोता बिल्लि बुश र ट्रम्पसँगै यात्रा गरिरहेको बखत कुराकानी भएको दृष्य देखाइएको थियो । कुराकानीको क्रममा ट्रम्पले “तिमी चलचित्र ९हलिउड० का एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरे पनि हुन्छ” भनेका रहेछन् । “महिलालाई जे गरे पनि हुन्छ” भन्ने अभिव्यक्तिले कोही पनि महिलालाई उनको स्वीकृतिबिना अङ्गालोमा कस्ने वा चुम्बन गर्नेजस्ता यौनजन्य दुव्र्यबहार गरे हुन्छ भन्ने अर्थ लाग्छ भन्ने अडान लिई क्लिन्टनले कस्सिएर ट्रम्पलाई आच्छु आच्छु पारिन् । क्लिन्टनको यस अडानले दर्शकबाट समर्थनको ओइरो पायो र ट्रम्प तत्काल सो बिगतको घटनाका लागि माफी माग्न बाध्य भए । डेढघण्टा चलेको सो प्रत्यक्ष बहस कार्यक्रममा दर्शकका प्रश्नका उत्तर दिने क्रममा दुबै जनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलाका धेरै विषयमाथि आ –आफ्नो धारणा व्यक्त गरे तापनि हिलारीमाथि ट्रम्प अलि बढ्तै आक्रोशित भएर प्रस्तुत हुँदा दर्शकहरुले मन पराएका थिएनन् । निर्वाचनको ठीक एक महिनापूर्व सञ्चालित यस कार्यक्रमले विजयको गन्तव्यतर्फ क्लिन्टनको थप कदम बढेको अनुमान भएपछि ट्रम्पको लागू औषध जाँच गर्नु पर्ने माग आएको बताइएको छ । रासस÷एएफपी÷एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy