Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

बढी भाडा असुल्ने १८४ चालक कारबाहीमा

चितवन, ३० असोज । चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १८४ गाडी चालकलाई यहाँ कारबाही गरिएको छ । तिनीहरुमध्ये १२२ जनाबाट असुल गरेको बढी भाडा प्रहरीले फिर्ता गराएको छ भने ६२ जनालाई भाडा फिर्ता गराई एक हजार पाँच सय रुपैयाँका दरले जरीवाना तिराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घटस्थापनायता शनिबारसम्म उनीहरुलाई कारबाही गरिएको हो । यो समयमा स्थानीय रुटमा चल्ने, चितवनबाट टिकट काटेर अन्य जिल्ला जाने र चितवन हँुदै अन्य जिल्लातर्फ जाने सवारीसाधनको जाँच गरी बढी भाडा फिर्ता र कारबाही गरिएको कार्यालयका प्रमुख राजन भेटुवालले बताए । सवारी चालकले दोब्बरसम्म भाडा असुल गरेको उनले बताए । गोर्खाको भच्चेकबाट काठमाडौँका लागि भाडा ५६० रुपैयाँ तोकिएकामा एक हजार रुपैयाँसम्म लिइएको पाइएपछि प्रतिव्यक्ति ४४० रुपैयाँ फिर्ता गराइएको भेटुवालले बताए । दसैँको समयमा जाँचलाई निकै कडा गरिएको थियो । यो समयमा नियम उल्लङ्घन गर्ने ५१८ सवारीसाधनलाई कारबाही गरिएको छ । सो क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने २८०, रुट परमिट नभएका ३० र मादकपदार्थ सेवन गरेर सवारी चलाउने २४ जनालाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुबाट पाँच लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । कार्यालयका अनुसार यस वर्ष दसैँका समयमा चितवनमा सामान्य दुर्घटनाबाहेक ठूला दुर्घटना भएनन् । ट्राफिक सचेतनाका कारण ठूला दुर्घटना नभएको कार्यालयका प्रमुख भेटुवालले जानकारी दिए। अघिल्लो वर्षको दसैँमा नौवटा दुर्घटना भएकामा यस वर्ष ६ वटा सामान्य दुर्घटना मात्रै भए । ई–रिक्सा भाडादरको बोर्ड जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज भरतपुर उपमहानगरपालिकाका विभिन्न १२ स्थानमा ई–रिक्साको भाडादर उल्लिखित बोर्ड झुन्ड्याएको छ । कार्यालयका प्रमुख भेटुवालका अनुसार नारायणगढको पोखरा बसपार्क, पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिमचोक, केन्द्रीय बस ट्रमिनल, मालपोत चोक, विशालचोक, आँपटारी र अस्पतालमा बोर्ड राखिएको हो । बढी भाडा असुल गर्ने समस्या आएपछि भाडादर सार्वजनिक स्थानमा राखिएको हो । नगर क्षेत्रमा आठ सय हाराहारी ई–रिक्सा सञ्चालनमा छन् । ई–रिक्साको भाडादर न्यूनतम १० देखि बढीमा ३० रुपैयाँसम्म कायम गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending