Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

सार्कको विकल्पमा बिमस्टेक !

\"bimstec-750\"भारत, १ कात्तिक । के ‘बिमस्टेक’ सार्कको विकल्प हो ? यही विषयमा पछिल्लो समय भारतले ‘ब्रिक्स सम्मेलन’को क्रममा छलफल अघि सारेको छ । भारतले सार्कको विकल्पको रूपमा बिमस्टेक मुलुकको राष्ट्राध्यक्षबीच निम्तो दिएर पाकिस्ताललाई अलग गर्ने प्रयास गरेको प्रस्ट देखिन्छ । आजको राजधानी दैनिकमा खबर छ– भारतमा आयोजित ब्रिक्स सम्मेलनको दौरानमा बिमस्टेक नेताहरूबीच चीन, रुस, दक्षिण अफ्रिका र ब्राजिलका नेताहरूसँग भेटघाट भएको छ । बिमस्टेक अर्थात् ‘द वे अफ बंगाल इनिसिएटिभ फर मल्टी–सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरोसन’ मा भारतको अलावा बंगालको खाडीआसपासका मुलुकहरू सहभागी रहेका छन् । जसमा बंगलादेश, भुटान, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड रहेका छन् । भारत–पाक विवादपछि भारले इस्लामाबादमा हुन लागेको सार्क सम्मेलन बहिष्कार गर्ने घोषणा गरेको छ । पाकिस्तानले आतंककारी गतिविधि गरिरहेकाले भारत सार्कभन्दा बिमस्टेकलाई प्राथमिकतामा राख्ने तयारी गरिरहेको प्रस्ट भएको छ । बिमस्टेकमा पाकिस्तान सदस्य नभएकाले भारतले सार्कको विकल्पको रूपमा बिमस्टेकलाई अघि बढाउने विकल्प तयार गरिरहेको छ । यस्तै, पाकिस्तानले पनि एसियाली देशको प्रतिनिधिको रूपमा सेन्ट्रल एसियाली देशमा आफ्नो प्रतिनिधि पठाएको छ । यसबाट पाकिस्तान पनि इरानको साथ लिएर सम्बन्ध विस्तारमा लागेकाले भारत अझ रुष्ट भएको छ । जसबाट पाकिस्तान पनि इरानको साथ लिएर सार्कको विकल्प खोजिरहेको प्रस्ट भएको छ । भारतका पूर्वविदेश सचिव मुचकुन्द दुबेले सार्क पछिल्लो ३० वर्षमा निष्क्रिय रहेको बताएका छन् । ‘दक्षिणपूर्व एसियाको तर्फबाट हाम्रा नीति धेरै पहिला बनिसकेका छन्,’ उनले भने, ‘पछिल्लो ३० वर्षमा जुन स्थिति सार्कमा देखापरेको छ, जुन मृतसरह हुँदै आएको छ । प्रत्येक वर्ष हुने सम्मेलन नियमित प्रक्रियाजस्तो मात्रै भएको छ । सार्क सम्मेलनहरूले ठोस निर्णय लिन नसक्दा यस्तो समस्या उत्पन्न भएको हो । यसको मुख्य कारण राजनीतिक विभाजन नै हो ।’ उनले बिमस्टेक र र्साकमा कुनै भिन्नता नभएको भन्दै सार्कको विकल्पको रूपमा बिमस्टेकलाई लिँदा समस्या नहुने तर्क गरे । यस्तो हुनुको मुख्य कारण भनेको यसका सदस्य राष्ट्रहरू अन्य मुलुकसँगको स्वतन्त्र व्यापार सम्झौताका सदस्य रहनु नै भएको उनको धारणा छ । यस्तै, विदेश मामलाका जानकार प्रस्पेस पन्तले यस्ता मञ्चहरूले पाकिस्तानलाई राख्नु अनिवार्य नभएको तर्क गरे । तर, उनले यस्ता गतिविधिले पाकिस्तानमा हुने सार्क सम्मेलनमा भारत र अन्य केही मुलुकले सहभागिता नजनाउँदैमा उसको अस्तित्व नै संकटमा पर्ने विषय आफूलाई स्वीकार्य नभएको तर्क गरे । उनका अनुसार रुस र श्रीलंकाका सेनाले पाकिस्तानमा साझा सैन्य अभ्यास गरिरहेकाले पनि पाकिस्तानको आप्mनो अस्तित्व गुम्नेछैन । बिमस्टेकको सवालमा भन्ने हो भने जानकारहरूले सार्कको नामबाट भारतले दक्षिण एसियामा क्षेत्रीय सहयोगको साथमा व्यापार पनि गरिरहेको छ । यस्तै बिमस्टेकको साथै भारतले दक्षिण–पूर्वी एसियामा आपसी सहयोग तथा व्यापार अघि बढाइरहेको छ । जनकारहरूले सार्कको विकल्पको रूपमा भारतले बिमस्टेकलाई धेरै प्रोत्साहन गरिरहेको छ । उन्डी हमला पनि भारत र पाकिस्तानबीचको सम्बन्धमा आएको दरार नयाँ विषय नभएकाले यसलाई ठूलो बनाउनु आवश्यक नभएको विदेश मामिलाका जानकारहरूले बताउँदै आएका छन् । दुई देशबीचको यो सम्बन्ध कुनै नयाँ नभएको उनीहरूले बताउँदै आएका छन् । कूटनीतिक सवालको विषयमा भन्ने हो भने विदेश नीतिको स्पष्ट सिद्धान्त भनेको प्रक्रियामा आधारित हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending