Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भारतीय माओवादीसँग शान्ति वार्ताको पहल गर्न सुप्रिम कोर्टको निर्देशन

\"indian-maoist\"छत्तिसगढ, ६ कात्तिक । भारतीय माओवादीसँग शान्ति वार्ताको पहल गर्न भारतको सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ । छत्तिसगढमा विशेष प्रहरी अधिकारीद्वारा आदिवासीमाथि गरेको हमलाका मुद्दामा सुनुवाइ गर्दै न्यायाधीस मदन भीमराव लोकुर तथा आदर्शकुमार गोयलको संयुक्त इजसासले यस मुद्दामा कोलम्बिया, मिजोरम तथा नागाल्याण्डको पनि उल्लेख गरेको छ । गएको सन् २०११ मर्चमा भारतको सुकमा जिलको ताडमेटला, मोरपल्ली तथा तिम्मापुरमा आसिबासीको २५२ घर जलाईएको थियो भने तीन आदिवासीको हत्या समेत गरिएको थियो । उक्त गाउँमा केही महिलाहरुलाई बलात्कार गरिएको घटना पनि आएको थियो । सन् २०११ मार्च २६ मा भएको उक्त घटना अनुगमनका लागि गएका स्वामी अग्निवेशमाथि पनि प्रहरी संरक्षणबाट चलाइएको सलवा जुडुमका ब्यक्तिले हमला गरेका थिए । तर उक्त घटनामा तत्कालिन प्रहरी अधिकारीले उक्त घटनाका लागि माओवादी जिम्मेवार रहेको ठहर गरेका थिए । दिल्ली विश्वविद्यालयका प्राध्यापक नन्दिनी सुन्दर तथा सामाजिक कार्यकर्ता स्वामी अग्निवेश दुवैजनाले घटनामा प्रहरी नै जिम्मेवार रहेको ठहर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उसको निर्देशनपछि सीबीआइले जाँच शुरु गरेको थियो । शुक्रबार यस मुद्दाको सुनुवाइपछि उजुरीकर्ता सामाजिक कार्यकर्ता स्वामी अग्निवेश तथा नन्दिनी सुन्दरले हत्या तथा बलात्कारको घटना छत्तिसगढ प्रहरीले दबाएको दाबी गरे । अहिले भएको सर्वोच्च अदालतमा सीबीआईको अनुसन्धान रिपोर्टलाई लिएर अदालतले दिएको जुनसुकै निर्देशन पनि पालना गर्ने भारतीय जनता पार्टीले जनाएको छ । माओवादीका विरुद्ध छत्तिगढ सरकारको अभियानबाट माओवादी कमजोर भएकै कारण सुरक्षा बललाई लिएर दुश्प्रचार गरिएको भारतीय जनता पार्टीका छत्तिसगढका प्रवक्ता तथा विधायक श्रीचन्द सुन्दरानीको दाबी छ । छत्तिसगढ कांग्रेस प्रवक्ता ज्ञानेश शर्माले भने आफूहरुले गरेको आरोपको सीबीआई रिपोर्टले पुष्टी गरेको बताए । माओवादी उन्मुलन गर्ने नाममा निर्देशन आदिवासीको हत्या तथा प्रहरी आतंकको स्वीकार गरिएको छैन । रायपुरमा सीबीआईको विशेष अदालतमा पेश गरिएको आफ्नो रिपोर्टमा सिबीआईले भनेको छ– सन् २०११ म सुकमा जिल्लाको ताडमेटला, मोरपल्ली तथा तिम्मापुरमा ३२३ विशेष प्रहरी अधिकारी, प्रहरीकर्मी, कोबरा बटालियन ११४ तथा सीआरपीएफका ३० जवानले अपरेशन चलाएका थिए । (बीबीसी हिन्दीबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy