Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नारायणी किनारमा कलाकारको जमघट

\"rhythm-750\"काठमाडौं,  कात्तिक । तिहारको पूर्वसन्ध्यामा आधा दर्जन गायक गायिका नारायणी किनारमा भेला हुने भएका छन् । तर उनीहरु भाइटीका लगाउन त्यहाँ भेला हुन लागेका भने होइनन् । उनीहरु भेला भएका हुन् नेपालमा दुर्लभ हुँदै गरेको सामूहिक कन्सर्टका लागि । धेरै जना कलाकारलाई एउटै मञ्चमा उतारेर कन्सर्ट गर्ने परम्परा हराइरहेका बेला काठमाडौंको फेम नेपाल र चितवनको बि टू एच मिलेर आधा दर्जनभन्दा बढी कलाकार भेला गरेर कन्सर्ट गर्ने भएका छन् । टिएसएन इभेन्ट्स समेतको संलग्नतामा आउँदो शनिबार नारायणघाटको नदी किनारमा कन्सर्ट हुन लागेको हो । ‘रिदम हाइवे’ नाम दिइएको सो कन्सर्टमा ८ जना कलाकारले गीत प्रस्तुत गर्नेछन् । आयोजक मध्येको एक फेम नेपालका साइमन राईले दिएको जानकारी अनुसार कन्सर्टमा दि एज ब्यान्ड, सबिन राई, नरेन लिम्बु, अलमोडा राना उप्रेति, आस्था राउत, पशुपति शर्मा, गिरिश खतिवडा र बि एटले आ– आफ्ना गीत सुनाउनेछन् । आयोजकले नेपाली संगीतसँगै नेपाली कलाकारलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ कन्सर्ट आयोजना गर्न लागेको जानकारी दिएको छ । ‘सामूहिक कन्सर्ट कम हुँदै गएकोमा यस्ता कन्सर्टको निरन्तरतासँगै यो क्षेत्रमा आउन चाहानेलाई पनि यस्तो माहोलले प्रोत्साहन होस् भन्ने उद्देश्यले कन्सर्टको आयोजना गरेका हौं । दर्शकबाट राम्रो साथको अपेक्षा राखेका छौं,’ फेम नेपालका विमल पछाईले भने । कात्तिक १३ गते हुने कन्सर्टमा सहभागि हुन दर्शकले दुई सयको टिकट लिनुपर्ने आयोजकले जानकारी दियो । कन्सर्ट दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जानकारी गराएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: