Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

कस्तो अनुहारलाई कस्तो आकारको आइब्रो सुहाउँछ ?

\"maxresdefault\"सुष्मा महरा ब्युटिसियन फेसियल हाउस, काठमाडौं मल आँखाको मात्रै होइन, पूरा अनुहारकै सौन्दर्यमा आइब्रोको ठूलो भूमिका हुन्छ । आँखी भौँविनाको अनुहार कल्पना गर्दा पक्कै पनि खुसी लाग्दैन । महिलाको हकमा त आँखी भौँको स्थान झनै महत्वपूर्ण हुन्छ । महिलाहरू आँखी भौँ थ्रेडिङ गरेर मिलाउने गर्छन् । तर, कमैलाई थाहा होला, आफ्नो अनुहारमा कस्तो आँखी भौँ सुहाउँछ ? भएको आँखी भौँलाई कस्तो आकार दिँदा अनुहार अझ उत्कृष्ट देखिएला ? ब्युटिसियन सुष्मा महराले अनुहारअनुसार सुहाउने आँखी भौँबारे टिप्स दिएकी छिन् ः अन्डाकार अनुहार अन्डाकार अनुहार (ओभल सेप फेस) सबैभन्दा राम्रो बनोट भएको अनुहारमा पर्छ । जुनसुकै आकारको अनुहारको मेकअप गर्दा पनि सुरुमा अन्डाकारमा काटेर मात्रै मेकअप सुरु गरिन्छ । यस्तो बनोटको अनुहारमा जुनकुनै सौन्दर्य स्टाइल पनि लगभग म्याच गर्छ । अन्डाकार अनुहारमा आँखी भौँ हल्का माथि उठाएर फेरि सुताएको राम्रो सुहाउँछ । आँखी भौँ लामोभन्दा ठिक्क छोटो राख्नु नै उत्तम हुन्छ। चौडा अनुहार चौडा अनुहार (स्क्वायर सेप फेस)को जलाइन सीधा आकारको हुन्छ । यस्तो अनुहारमा छोटो र थोरै घुमाउरो अर्थात् डिप भी सेप आँखी भौँ राम्रो देखिन्छ । यो आकारको आँखी भौँले अनुहारको सीधा जलाइनलाई आकर्षक आकारमा देखाउन भूमिका खेल्छ । चौडाकार अनुहारमा सीधा आँखी भौँ राख्नु राम्रो होइन । यस्तो आँखी भौँले अनुहारको चौडापन झन् बढी देखाउँछ । लाम्चो अनुहार लाम्चो अनुहार (लङ सेप फेस)लाई आयात आकारको अनुहार पनि भनेर चिनिन्छ । यस्तो अनुहारको निधार र चेकबोन लामो आकारको हुन्छ । यस्तो अनुहारमा सीधा आँखी भौँ राम्रो सुहाउँछ । तेर्सो लाइन सेपले लाम्चो अनुहारलाई थप आकर्षक देखाउन मद्दत गर्छ । तर, गोलो आँखी भौँ राख्नबाट भने जोगिनुपर्छ । गोलो आकारको आँखी भौँले लाम्चो अनुहारलाई झनै लाम्चो बनाइदिन्छ । गोलाकार अनुहार गोलो अनुहार लगभग लाम्चो आकारको अनुहारसँग मेल खाएकोजस्तो देखिन्छ । गोलो अनुहार लाम्चोभन्दा केही छोटो र हल्का फराकिलो बढी हुन्छ । घुमाउरो आँखी भौँ यस्तो अनुहारमा राम्रो देखिन्छ । घुमाउरो आँखी भौँले गोलो अनुहारलाई केही लामो देखाउन भूमिका खेल्छ । यस्तो अनुहारमा गोलो आँखी भौँ बनाउने गल्ती भने गर्नु हुँदैन । यसले अनुहारलाई झनै गोलो बनाइदिन्छ । हिराकार अनुहार हिराकार अनुहार (डायमन्ड सेप फेस) भएकाहरूको निधारको भाग साँघुरो हुन्छ । आँखानजिकको भाग (जलाइन) केही फराकिलो हुन्छ । यस्तो अनुहारमा बांगो (कर्भ) आँखी भौँ राम्रो सुहाउँछ । कर्भ आकारमा केही छोटो बनाएर राख्दा उत्कृष्ट लुक्स आउँछ । यस्तो आँखी भौँले साँघुरो निधारलाई मेन्टेन गर्न भूमिका खेल्छ । मुटुआकार अनुहार मुटुआकार अनुहार (हर्ट सेप फेस) चिटिक्क मिलेको हुन्छ भने चिउँडो तिखो (प्वाइन्टेड) खालको हुन्छ । यस्तो अनुहारमा नरम र गोलो आकारको आँखी भौँ उत्कृष्ट देखिन्छ । मुटुआकारको अनुहारमा गोलो आँखी भौँ राख्दा अरूको नजर तिखो चिउँडोबाट आँखी भौँतिर केन्द्रित हुन्छ । प्लस २ टिप्स ल सेभिङ, प्लकिङ र थ्रेडिङमार्फत अनावश्यक रौँ हटाएर आँखी भौँको आकार सही निकाल्न सकिन्छ । तर, नेपालमा थ्रेडिङकै प्रचलन बढी छ । सिपालु ब्युटिसियनसँग थ्रेडिङ गर्ने सवालमा कहिल्यै सम्झौता नगर्नुहोस् । रौँ उखेल्दा हुने कतिपय कमजोरीले आँखी भौँ बिग्रिने मात्रै होइन, कतिपयलाई घाउ र डन्डिफोर निम्तिन पनि सक्छ । आँखी भौँ साह्रै मसिनो र पातलो हुने तथा हुँदै नहुने समस्या पनि कतिपयले झेलिरहेका हुन्छन् । यस्तो छ भने अरूको मोटो आँखी भौँ हेरेर निराश हुने होइन, विकल्प सोच्नुपर्छ । पेन्सिलले कोरेर अथवा स्थायी आँखी भौँको ट्याटु खोपेर पनि सुन्दर बनाउन सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy