Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

चीनमा नेपाली कला

\"nepaleseकाठमाडौं, कात्तिक । १८ जना नेपाली र एकजना चीनका कलाकारका कलाकृतिको प्रदर्शनी चीनको बेइजिङको ७९८ आर्ट भिलेजमा अवस्थित जु लिन इश आर्ट सेन्टरमा सुरु भएको छ । नेपालमा विगत दुई दशकदेखि नेपाली कलाको प्रवर्धनको काम गर्दै आइरहेको थाङ्का हाउस र चीनको  चु लिन इश आर्ट सेन्टर (Zhu Lin Yi Shi art center) को संयुक्त आयोजनामा सो प्रदर्शनीको आयोजना गरिएको थाङ्का हाउस ठमेलका सञ्चालक वीरेन्द्र शाहीले बताए । १८ अक्टोबरदेखि ३० सम्म रहने सो प्रदर्शनीमा नेपालबाट समुन्द्रमान सिंह श्रेष्ठ, मुकेश श्रेष्ठ र राजप्रकाश तुलाधर सहभागी भएका थिए । प्रदर्शनीमा नेपाली कलाकार पुर्ण हेय्जु, उजय बज्राचार्य, रितेश शाही, मदन किजु, हरिप्रसाद वैद्य, शुक्रराज तामाङ, रविन्द्र मुनिकर्मी, देवेन्द्र सिंखवाल, शिवप्रसाद किजु, मिनु शाक्य लगायत छन् भने चीनबाट कलाकार हान लि रोङका कलाकृति राखिएको छ । नेपाल र चीनको फ्रेन्डसिपलाई प्रगाढ बनाउने उद्देश्य राखेर प्रदर्शनीको आयोजना गरिएको शाहीले बताए । चिनियाँ कला प्रमोटर गो जिङ चाओ (Guo-Jing Qiao) ले नेवारी आर्ट प्रमोट गर्नका लागि चीनमा विगत १० वर्षदेखि आफुसँग मिलेर काम गरेको शाहीले बताए । चाओले विशेषगरी नेवारी आर्टलाई चीनमा चिनाउन ठूलो भूमिका निर्वाह गरेको समेत शाहीले बताए । उनीसँग १० वर्षदेखि काम गरेको र उनले नेपाली कलालाई असाध्यै माया गरेको शाहीको जनाए । उनले भने, ‘हामीले नेपाली कलाको प्रवर्धन मात्रै होइन, सांस्कृतिक रुपमा एक अर्काका देशका कलालाई परिचित गराउने र कलाकारलाई अवसर प्रदान गर्दै आइरहेका छौं । यसले अन्तर्राष्ट्रिय रुपमा नेपाली कलाको विकास र प्रवर्धनमा महत्वपूर्ण सघाउँ पु¥याउन सक्छ भन्ने मेरो विश्वास हो ।’ नेवारी कला भनेपछि हुरुक्कै हुने चाओले थुप्रै नेपाली कलाकारका कला संग्रह गरेको प्रदर्शनीमा सहभागी कलाकार राजप्रकाश तुलाधरले बताए । उनले भने, ‘दुई वर्ष अघि पनि चाओले नेपाली कलाकारका कला प्रदर्शनी गरेका थिए । अहिले पनि उहाँले शाहीसँग मिलेर अझ भव्य रुपमा चीनमा कला प्रदर्शनीको आयोजना गर्नुभएको छ ।’ चीनबाट अनलाइनमार्फत कुरा गर्दै चाओले भने, ‘चीन र नेपालको पुरानो सम्बन्धलाई ताजा र चीरस्थायी बनाउनका लागि सांस्कृतिक सम्बन्धको महत्वपूर्ण भूमिका रहन्छ । यसै भएर नै हामीले नेवारी आर्टलाई चीनमा चिनाउने काम गरेका छौं । आगामी दिनमा हामी अझ सशक्त रुपमा सम्बन्ध बिस्तार संस्कृति आदानप्रदानको काम गर्नेछौं ।’ प्रदर्शनीमा सहभागी अर्का कलाकार मुकेश श्रेष्ठले सो प्रदर्शनीमा सहभागी हुन पाएकोमा आफु उत्साहित रहेको बताए । उनले भने, ‘नेपाली कलाको विकास र अन्तर्राष्ट्रिय प्रवर्धनका लागि यो कला प्रदर्शनी कोसेढुंगा सावित हुनेछ ।’ नेपाली पौभा कलाका परिचित कलाकार समुन्द्रमान सिंह श्रेष्ठले चीनको भ्रमण र त्यहाँको कलाको माहोलले आफुमा नयाँ उत्साह थपिएको बताए । उनले प्रदर्शनीमा राखिएका कलाकृतिमा विविधता रहेको र त्यसले नेपाली कलालाई बाहिरी संसारसँग परिचित गराउने अवसर रहेको बताए । प्रदर्शनीमा राजप्रकाश तुलाधरले बनाएको ग्रीन ताराको चित्रलाई मोनालिसासँग तुलना गरेकोमा गर्वको अनुभूति गरेको बताए । साथै सोही प्रदर्शनीको अवसरमा नेपाली नेवार आर्टका बारेमा प्रिजेन्टेशनमार्फत जानकारी गराएको शाहीले बताए । सो प्रदर्शनीमा नेपालबाट पाँचजनाको टोली आठ दिनको भ्रमण सकेर सोमबार नेपाल फर्किएको छ । प्रदर्शनी ३० अक्टोबरसम्म रहने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy