Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सुपथ पसलमा ५१ लाखको कारोबार

\"supath-mulya\"बागलुङ, ११ कात्तिक । चाडपर्वलाई लक्षित गरी यहाँ खोलिएको सुपथ मूल्यको पसलमा हालसम्म ५१ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । सर्वसाधारणलाई सस्तो मूल्यमा चिनी र नुन उपलब्ध गराउन साल्ट ट्रेडिङ कार्यालयले गत असोज ५ गतेदेखि उक्त सुपथ मूल्यको पसल सञ्चालन गरेको थियो । बुधबारसम्म ५९ हजार ३५६ किलो चिनी र २७ हजार ८३८ किलो नुन बिक्री भएको छ । साल्ट ट्रेडिङ कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठका अनुसार हालसम्म चिनी बिक्रीबाट ४६ लाख ८९ हजार र नुन बिक्रीबाट चार लाख ४५ हजार रुपैयाँ आम्दानी भएको छ । एक महिनाभन्दा बढी अवधिमा नौ हजार ८९२ उपभोक्ताले सेवा लिएका छन् । सुपथ मूल्य पसल कात्तिक १९ गतेसम्म सञ्चालन हुनेछ । सुपथ मूल्य पसलमा बजार मूल्यको तुलनामा चिनी प्रतिकलिो ६ र नुन प्रतिकिलो ४ रुपैयाँ कम मूल्यमा उपभोक्ताले खरिद गर्न पाएका छन् । सुपथ मूल्य पसलले चिनी ७९ र नुन १६ रुपैयाँमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । उपभोक्ताले चिनी छ किलो र नुन तीन किलोसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको श्रेष्ठले बताए । उक्त पसल दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सार्वजनिक बिदाबाहेकका सबै दिनमा खुल्ला रहने गरेको छ । दसैँ, तिहार र छठलाई लक्षित गरी सरकारले देशभर यस्ता सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उपभोक्ताले भने चाडबाडबाहेकको समयमा पनि सहुुलियत मूल्यको पसल सञ्चालन गर्नुपर्ने माग गरेका छन् । चिनी र नुन मात्रै नभएर अन्य उपभोग्य सामान पनि सुपथ पसलमा राख्नुपर्ने उपभोक्ताको माग छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies