Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

भारतसँगको वाणिज्य सन्धि नवीकरण

\"india-nepal-flag-750\"काठमाडौँ, ११ कात्तिक । नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि आजदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ । दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने उद्धेश्यले विसं २०६६ असोज ११ गतेदेखि लागू भएको उक्त सन्धिको सातवर्षीय अवधि बुधबार मात्रै समाप्त भएको थियो । सन्धिको धारा १२ को उपधारा ख अनुसार स्वतः आजदेखि अर्काे सात वर्षका लागि सन्धि जस्ताका तस्तै नवीकरण भएको वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले जानकारी दिएका छन् । सन्धिमा भएको प्रावधानले दुवै मुलुकका उत्पादनलाई एकार्काका बजारमा सहज पहुँचको व्यवस्था गरेको छ । सन्धिको शून्य भन्सारको छुट व्यवस्थाले अतिकम विकसित मुलुक नेपालमा वैदेशिक लगानी सुनिश्चित गरेको सचिव उपाध्यायको भनाई छ । सन्धिका प्रावधानले नेपालको औद्योगिक विकासको आधारशिला स्थापना गर्नाका साथै द्विपक्षीय व्यापार सहजीकरणका लागि प्राविधिक सहयोगको सुविधा समेत प्रदान गरेको छ । उत्पादित वस्तुको निर्यातमा कुनै कठिनाइ उत्पन्न भएमा सन्धिले दुवै मुलुकको आपसी सहमतिमा समाधान गर्ने प्रावधानको व्यवस्था गरेको छ । सन्धिको धारा १२ को सीमा दुई देशको आपसी समझदारीमा सन्धि संशोधन गर्न सकिने जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending