कायरो, चैत १४ – एउटी आमाले आफ्ना सन्तानलाई हुर्काउन बढाउनका लागि कति दुःख कष्ट झेलेकी हुन्छिन् त्यसको बयान र अनुमान कोही दोस्रो व्यक्तिले गर्न सक्दैनन् । यसको ताजा उदाहरण बनेकी छिन्, इजिप्टमा बस्ने ६४ वर्षीया एक महिला शिशा अबु दूह । यी साधारण महिला होइनन् । उनले जब आफ्नो ४२ वर्ष पुरानो गोप्य कुरा खोलिन्, यसको बारेमा जान्न चाहने हरेक व्यक्ति आश्चर्यमा परे ।
४२ वर्षसम्म बसिन् पुरुष बनेरः इजिप्ट एउटा यस्तो देश हो, जहाँ महिला स्वतन्त्र भएर आफूले चाहेको जस्तो काम गर्न सक्दिनन् । यस्तो अवस्थामा शिशाले एउटा यस्तो बाटो रोजिन्, जसमा हिँड्दा उनलाई कसैले पनि महिला भएको थाहा पाउँदैनथे । यी महिलाले ४२ वर्षसम्म पुरुष बनेर इजिप्टमा अवस्थित अल अकल्ताह शहरको सडकमा बसेर जुत्ता पालिस गर्ने काम गरेकी थिइन् जसको खुलासा उनले आफैँले गरेकी छिन् । श्रीमानको मृत्युले बनायो बाध्यः यद्यपी महिला शिशालाई यसरी पुरुष बनेर आफ्नो जीविकोपार्जन गर्नु कुनै रहर थिएन । सन् १९७० मा श्रीमानको मृत्युपश्चात् छोरीको हेरचाह र देशमा महिला बिरोधी कानुन भएका कारण उनलाई आफ्नो दैनिक कार्यमा निकै असहज भयो । यति हुँदा हुँदै पनि उनी कत्ति पनि विचलित नभई पुरुष बनेर जुत्ता पालिस गर्दै आफ्नो र छोरीको जीवन धान्ने सोच बनाइन् ।
पुरुषहरुसँगको संगतले चुरोटसम्म तान्ने भइन्ः
शिशा जब पुरुष बनेर सडकमा जुत्ता पालिस गर्ने काम गर्न थालिन् तब उनीसँगै काम गर्ने अन्य मानिसहरु उनलाई पुरुष नै मानेर चुरोट पिउन दिने गर्दथे । आफ्नो पहिचान लुकाउनका लागि शिशाले चुरोट पनि पिउन सुरु गरिन् । दैनिक १, २ डलरसम्म कमाई गर्ने शिशाको वास्तविकता उनका परिवार र छिमेकीलाई मात्र थाहा थियो । उनको समस्यालाई बुझेर उनका छिमेकीहरुले पनि उनको यो वास्तविकता कसैलाई पनि भनेनन् र उनलाई अबु दूह भनेर बोलाउन थाले ।
राष्ट्रपतिले दिए सम्मानः
महिला विरोधी वातावरण भएतापनि शिशाले जुन कदम उठाइन्, त्यो निकै अचम्मको थियो । तर उनले जब आफ्नो ४२ वर्षको राज खोलिन् तब सबैजना अचम्मित भए । यद्यपी थुप्रै मानिसहरुले उनलाई नराम्रो पनि भने तर उनका देशका राष्ट्रपति अदल फतेह अल–शिशिले उनलाई एक साहसी आमा बताउँदै अवार्ड दिएर सम्मानित गरेका छन् ।
प्रतिकृया लेख्नुहोस्: