Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चुनाव जित्न ट्रम्पले विज्ञापन र प्रचारप्रसारमा खर्च ह्वात्तै बढाउने

\"trump\"अमेरिका १८ कात्तिक । निर्वाचन अभियानका पछिल्ला दिनहरुमा केही शिथिल हुँदै गएका उम्मेदवार डोनाल्ड ट्रम्पले विज्ञापन र प्रचारप्रसारमा खर्च ह्वात्तै बढाउने भएका छन् । उनले डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने राज्यहरुका जनताको मत तान्ने वा क्लिन्टनको भोट काट्ने प्रयास स्वरुप मिसिगन र न्यु मेक्सिकोमा तत्कालै यस्तो गर्ने निधो गरेका हुन् । निर्वाचनको तिथिमिति नजिकिँदै जाँदा कार्यकर्ताहरुबीच थप उर्जा तथा उत्साह सञ्चारित गर्न हाल चर्चामा रहेको, विपक्षी हिलारी क्लिन्टनको “इमेल प्रकरण” लाई ट्रम्पले उछालिरहेका जनाइएको छ । साथै, मिसिगन, न्यु मेक्सिकोमा लगायत डेमोक्र्याटिक पार्टीप्रति झुकाव राख्ने ११ राज्यहरुमा निर्वाचनपूर्वको अन्तिम दिनसम्ममा बिज्ञापन तथा प्रचारप्रसार कार्य र सामाग्रीमा दुई करोड पचास लाख अमेरिकी डलर खर्च गरिने बताएका छन् । उनले गतः अगस्ट महिनाको अन्त्यतिरदेखि सेप्टेम्बरको शुरुशुरु मै मिसिगन राज्यमा मात्र करिब पाँचलाख अमेरिकी डलर बिज्ञापनमा खर्च गरिसके । सन् १९८८ देखि नै मिसिगन राज्यले रिपब्लिकन उम्मेदबारलाई बहूमत दिएर जिताएको छैन । त्यस्तै, सन् २००८ र २०१२ को निर्वाचनमा दुबै पटक वर्तमान राष्ट्रपति बाराक ओबामाले न्यु मेक्सिको राज्यबाट अत्यधिक बहूमत प्राप्त गरेका थिए । ट्रम्पले निर्वाचनमा विजयी हुनका लागि “राष्ट्रपति पदका लागि मात्र दिन पाइने मत” (इलेक्टोरल भोट) को उल्लेख्य अंश डेमोक्र्याटिक पार्टीको परम्परागत गढबाट नहत्याइ हुँदैन । तर, निर्वाचनपूर्वका सर्वेक्षण र प्रारम्भिक अनुमानले देखाए अनुसार यो कार्य अत्यन्तै कठीन छ । रासस /एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies