Ntc summer Offer
Khabar Dabali २० कार्तिक २०८१ मंगलवार | 5th November, 2024 Tue
Investment bank

कैलाली घटनाको खबर आउनासाथ लर्बराउँदै उपेन्द्र भारततिर

\"madhesi\"काठमाडौं । कैलालीको टीकापुरमा स्थानीयलाई उक्साएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत मधेसी नेताको टोली सोमबार झापा पुग्यो । तर, यहाँ भने उपेन्द्र यादवले सोचेजस्तो उपस्थिति थिएन । मरितरी दुईसयको उपस्थिति भएको कार्यक्रममा उनले खाटमाथि उभिएर भाषण दिए । तमलोपा अध्यक्ष महन्थ ठाकुरले भाषण गर्दागर्दै फोरम अध्यक्ष यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोलाई कहींबाट पालैपालो फोन आये । सोमबार दिउसो टीकापुरमा आन्दोलनकारीले सात सुरक्षाकर्मीको हत्या गरेको खबर आएको थियो त्यतिबेला । निक्कै अत्तालिएका यादव त्यस लगत्तै भाषण नै नसकी भारत छिरेका छन् । फोन गोजीमा राखेर खाटमा उक्लिएका उनको बोली लर्बराउँद थियो । प्राविधिक कठिनाई आएको भन्दै हतारमा निस्किए र, सुटुक्क पसे भारततिर । उनी भारत नै गएको नदेखाउन मोटरसाइकल चढेर बिर्तामोडको उत्तर शनिश्चरे लाइनतर्फ लागेका थिए । तर, शनिश्चरे लाइन पस्नासाथ अलिकतिमास्तिर एभरेष्ट बैंकबाट पूर्व छिरेर कन्काई कलेजको रोड हुँदै फेरि राजमार्गमै निस्किए । त्यसपछि यति तीव गतिमा भागे की, आधा घण्टामा नै भारतको सिलिगुढी पुगे । कैलालीमा आक्रमण भएको सुन्नासाथ डरले ओठमुख सुकेका तमलोपा अध्यक्ष ठाकुर, सद्भावना अध्यक्ष राजेन्द महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव लगायत नेता कुन दुलोमा पसे, कसैले पत्तै पाउन सकेनन् । फोन आएपछि निकै अत्तालिएका महेन्द्रराय यादव भाषण गर्दागर्दै कार्यक्रम संचालकमाथि झम्टँदै थिए । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy