राम्रो कामको जस दिउँ, बादँरे प्रवृत्तिलाई निरुत्साहित गरौं
कार्तिक २५ गते, २०७३ बिहिवार 10th November, 2016 Thu१४:२८:५९ मा प्रकाशित
मान्छे स्वभावतः स्वार्थबिहिन संसारमा जन्मन सक्दैन किनकी यो दुनियाँ कहिँ न कहिँ कुनै न कुनै रुपमा कुनै निहितस्वार्थमा चलेको छ र चलिरह्न्छ यो स्वार्थको जिन्दगी मानवजगतले मात्र होइन पशुले पनि बाँचिरहेका हुन्छन् । यो बिश्व जतिसुकै विकसित बनोस, मानिसहरू जतिसुकै समृद्ध बनुन् जस्तो कि त्यस्तो कुनै अभाव नहोस् तर पनि मानिसहरूबीचमा टकराव जारी नै रहन्छ ।
मुलतः बिश्वमा दुई धारका मान्छेहरूमा मात्रै निरन्तर अन्तरसंघर्ष चलिरहन्छ । एउटा सत्यबादीधार अर्को असत्यबादीधार सायद बीचको खेमामा भेटिने मानिस बिरलै हुन्छन् । किनकी सत्यताको बिषयमा मौन रहने जनमास असत्यबादीहरुको कित्तामा उभिएको हो भन्ने प्रष्ट बुझिन्छ । यसकारण यो प्रष्ट छ कि सत्य कुराको समर्थनमा शब्द खर्चन नसक्नु भनेको सत्कर्मलाई अङ्गाल्न नसक्नु हो । बास्तववमै सत्यताको पक्षमा उभिनु एकदमै कठिन काम हो । यो चुनौतीपूर्ण हुन्छ नै ।
यस्तै सत्य र असत्यबीचको लडाइँ अहिले नेपाली राजनितिमा पनि सर्वत्र देखिएको छ । केहि राजनैतिक दल र तिनका मुठ्ठीभरका केही कार्यकर्ता केही शक्तिको आडमा समकक्षी राजनैतिक दल र नेताहरुको चरित्रमाथि निरन्तर तलबार प्रहार गरिरहेका छन् । त्यसो त आफ्नो निजी स्वार्थको खातिर राजनीतिकोदुरुपयोग गर्ने हिस्सा जो छ, उ जुन हालतमा पनि परिवर्तनको संवाहक शक्तिहरुलाई निस्तेज पार्ने खेलमा लाग्छ ।
आफ्ना हजार गल्तिहरु कोटको खल्तीमा बोकेर निर्देशिकाको प्रमाणपत्र भिर्ने जनलहर पनि अहिले नभएको होइन । राजनैतिक दलको बुटि लगाएर राज्यकोषको सम्पत्ति ब्रम्हलुट गर्ने एउटा खेमा आफूलाई स्वतन्त्र रास्ट्रसेवक जनता भएको सावित गर्दछ । एकातिर युरोपियन युनियन र एनजिओहरुको डलरमा बिकेका केही प्रजातन्त्र र बामपन्थि ठेकेदारहरु आफूलाई महान राष्ट्रबादी प्रमाणित गर्ने अभियानमा छन् ।
तिनै बिदेशी एजेन्टका चेलाहरु सामाजिक सन्जालमा कपोकल्पित प्रमाण जुटाउदै भ्रम छर्ने जागिरमा भर्ती भएका छन् । विगत केही वर्ष यतादेखि यस्ता कुप्रचारको बिगबिगी बढ्दो छ । उदाहरण स्वरूप प्रम प्रचण्डको भारत भ्रमणका क्रममा निर्दोष प्रमपत्नी सीता दाहालको चरीत्रहत्या गर्ने प्रयास गरियो र प्रम प्रचण्डमाथि नै अनेक लान्छना लगाइयो । यसले के पुष्टि गर्दछ भने नेपालका केही राजनैतिक शक्तिहरु माओवादी पार्टीलाई सिध्याउने खेलमा लागिरहेका छन् ।
यसैको प्रमाणस्वरुप पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले पाएको सफलताबाट आघात बनेको प्रजातन्त्रको मसिहा भारत र त्यहाँको ठुलो पार्टी भाजपाले नेपालमा माओवादी सिध्याउन नेपालका प्रमुख पार्टी काङ्ग्रेस, एमाले र मधेसबादी दललाईप्रयोग गरेको हो भन्ने कुरा तिनै पार्टीका बिदेश मामिलाबिज्ञहरुको लेखमा प्रशस्त भेटिन्छ ।
फलस्वरूप दोस्रो संविधान सभाको निर्वाचनमा खुम्चिएको माओवादीको आकारबाट चाहिँ भारतीय सत्तापक्ष र नेपालका दलहरु सफल भएको देखिन्छ । एकातर्फ पार्टी भित्रै चरमगुटबन्दीको समस्याले आक्रान्त माओवादी पार्टी अर्कोतर्फ फुटपछिको एकताले पार्टीको नियमित कामकारबाहीसमेत गन्जागोल बनाइदिएको छ । यसले गर्दा सरकारका प्रशंसनीय कार्यहरूसमेत बिरोधीहरुले गलत साविता गरिदिएका छन् ।
एकाध केन्द्रीय सदस्यबाहेक अरु हजारौं केन्द्रीय सदस्यहरु सरकारको कामलाई चुस्त बनाउन जनस्तरमा लाग्नुपर्नेबेला जनताको सम्पर्कबाट हराएका छन् । यसबाट प्रम प्रचण्ड चौतर्फी घेराबन्दीमा छन् भन्ने प्रष्ट हुन्छ । यसले अन्ततः माओवादी पार्टीलाई नै धक्का पुग्छ । फलतः बिरोधीशक्तिहरूको भ्रामकप्रचारबाजी हरकतबाट सरकारलाई केही मिडियाले दक्षिणपन्थीको कित्तामा उभ्याइदिएका छन् । यस्ता प्रचार गर्नेहरुमा प्रतिपक्षी दलका केही होलटाइमर कार्यकर्ताहरु छन् ।
उनिहरु केपी ओलीको सत्ता खोसिएको बदलामा लिन खोज्दैछन् । सत्तामा छँदा भारतसँग भएका असमान सम्झौता जबर्जस्त कार्यान्वयन गराउन सक्दो बल लगाउने अनि सत्ताबाहिर हुँदा सत्ताधारीलाई दक्षिणपन्थी कोहल्ला फैलाउन माहिर आफुलाई बडो बामपन्थि मान्ने दल एमालेले नेपालमा माओवादीलाई पत्तासाफ गर्नका लागि भारतीय एजेन्सीहरुसँग सहयोग नमागेको भने होइन । उसो त भारत लगायत नेपालका राजनैतिक दलहरुमा अझै पनि माओबादी पार्टी र प्रचण्डसँग एउटा डरको भुत छँदैछ ।
लोकतान्त्रिक पद्धतिबाट माओवादीले सत्ता कब्जा गर्न सक्छ भन्ने एउटा भ्रमले पनि यी शक्तिहरू माओवादीलाई प्रहार गरिरहेकै छन् । अझै नाकाबन्दीपश्चात् आफ्नो बालहठको कारण एकाएक चर्चाको शिखरमा आएका ओली राष्ट्रबादीको कित्तामा देखिनु र उनलाई प्रम बनाउने प्रचण्ड लम्पसारबादी बनाइनु यो भन्दा दुखकोकुरा के हुन सक्छ ? असमान सम्झौता लागू गर्न आवाज उठाउने राष्ट्रबादी कि बिरुद्धमा सडक तताउने राष्ट्रबादी ? चुहावट रोकेर काठमाडौलाई लोडसेडिङ मुक्त बनाउने प्रचण्ड सरकार रास्ट्रबादी कि दुई रुपैयाँमा बिजुली बेचेर आठ रुपियाँमा खरिद गरी ढल्केवरबाट स्विच खिचेर हर्षबढाइ गर्ने केपी सरकार राष्ट्रवादी ? प्रश्न यो हो बहसको बिषय यो हो ।
अर्थात हामी किन राम्रो कामलाई सफा नजरले अवलोकन गर्नसक्दैनौ ? अक्सर किन माओवादी पार्टी प्रति नकाव लगाएर हेरिन्छ ? माओवादी नेतृत्वले बिगतका गल्ती त सहर्ष स्विकार गरेकै छन्, सुधारिएको पनि छ । अरु दलका नेतृत्वबाट किन गल्ती स्विकार हँुदैन ? किन ढाकछोप गरिन्छ ? त्यसैले यो समय बिरोध गर्ने भन्दा पनि बिकास गर्ने समय हो ।
आउनुहोस्, सरकारलाई राम्रो कामका लागि प्रोत्साहन गरौं । गलत कामलाई रोकौं । स–सम्मान बिचारको सम्मान गरौ । राजनीतिलाई यति धेरै पनि घृणित नबनाउँ कि राम्रो काम गर्दा पनि अव जस आओस् । एकाअर्कालाई तल्लोस्तरको गाली गर्ने बादँरे प्रवृत्तिलाई निरुत्साहित गरांै । सन्तुलित राजनीति गरौं ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: