Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

नेदरल्याण्डको जङ्गली चरामा बर्डफ्ल्यु भेटियो

\"bird-flue-750\"द हेग, २६ कात्तिक । नेदरल्याण्डको मोनेकन्दाममा केही जङ्गली पानीचरामा बर्डफ्ल्युका जिवाणु भेटिएपछि ती चराहरुको मृत्यु भएको यहाँको आर्थिक मामिला मन्त्रालयका प्रवक्ताले जानकारी दिनु भएको छ । मन्त्रालयका प्रवक्ता म्यारिएन बेस्टलिइलिकले बिहीबार भने, ‘यो जङगली पानी चरामा मात्रै देखिएको हो, व्यवसायिक प्रयोजनका लागि पालेका चरामा अहिलेसम्म भेटिएको छैन ।’ उनले व्यवसायीक रुपमा पालिएका चराहरुमा सतर्कता र चेकजाँच गर्न थालिएको पनि जानकारी दिए । ती चराहरुमा एचफाईभएनएट जिवाणु भएको पुष्टी हुनु आश्चर्यजनक नभएको बताइएको छ । मन्त्रालयले यसअघि बुधबार नै व्यवसायिक रुपमा पालिएका पंक्षीहरु र त्यसबाट उत्पादन हुने मासु, अण्डा लगायतका चिजलाई एकै ठाउमा राख्नु पर्ने निर्णय गरिसकेको छ । एचफाईभएनएट जिवाणु फैलिने डरले जर्मनी, अष्ट्रीया, हङ्गेरी, पोल्याण्ड र स्विजरल्याण्डमा पनि चेकजाँच कडा बनाइएको छ । मोनेकन्दामनजिकै गत बुधबार र बिहीबार त्यस्ता मरेका चरा भेटिएका हुन् । बिहीबार बिहान नेदरल्याण्डको खाद्य र उपभोक्ता सुरक्षा प्राधिकरणले पोल्ट्री फर्महरुमा अनुसनधन तथा परिक्षण गर्न थालिसकेका छन् । नेदरल्याण्डमा यसअघि सन् २०१४ को नोभेम्बर र डिसेम्बरमा पनि चराहरुमा एचफाईभएनएट जिवाणु सङ्क्रमण भएको पाइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies