कार्तिक २८ गते, २०७३ आइतवार 13th November, 2016 Sun०९:११:२३ मा प्रकाशित
बाबुराम भट्टराई ज्ञानी मान्छे हुन्। देश बिकास गर्नु पर्छ नयाँ तरिका अपनाउनु पर्छ भन्ने उनको कुरो सहि छ । तर नयाँ शक्ति भनेर भनाएर बाबुरामको अघि पछि लाग्नेहरुले बुझ्नु के पर्छ भने एक्ले बिर बन्ने बाबुरामको तरिकाले उनि आफुलाई त देश विदेश घुमाउला तर नेपालको अर्थिक सामाजिक साँस्कृतिक उत्थानमा खासै पहल लिन सक्दैन ।
तीसौं वर्ष जुन संगठन र सिद्दान्त अङ्गीकार गरेर उनि आए आज चटक्कै छोडें भन्दैमा स्वभाविक रुपमा छोडिने कुरो पनि होइन । हिजो र आजको विरोधाभास सुल्झाउन नसक्दा उनको आजको पार्टी पनि मर्नु न मोटाउनुको हालतमा छ । बाबुराम बाहेक उनको पार्टीमा लिड लिन सक्ने खालको लोकप्रिय ब्यक्ती पनि छैन । भएकाहरु पनि कोहि छोडेर हिडी सके, कोहि निस्क्रिय छन् अनि रणभुल्लमा परेर पनि बाहिर निस्केर विकल्प नदेखेर जसो तसो टिकी मात्र रहेका छन् । कोहि अर्को चुनावमा नेपाल भरिकै चुनाव क्षेत्रमा बाबुराम उठे मात्र हो नत्र सिंगो बाबुरामको एक सिट मात्रै पक्का छ । त्यो पनि गोरखा जिल्ला भित्र । गोरखा बहिर निस्केर नजित्दा रहेछन भन्ने गएको चुनावमा नवलपरासीमा देखिएकै हो ।
बाबुराम अलि सनक र लहडको भरमा चल्ने मान्छे पनि हुन् । दोश्रो संबिधान सभा बाट संबिधान जारि गर्न रोक्न उनि जब असमर्थ भए उनि माथिको ‘आशिर्वाद’ मा ह्रास आयो । फलस्वरुप हतास मानसिकता अनि हठात् रुपमा एक्लै निर्णय गरेर आफैले हुर्काएको बढाएको संगठन सिद्दान्त त्याग गरे । यतिसम्म कि आफ्नै श्रीमतीलाई समेत भनेनन अरे । यो उनको सनक र लहडले सबै आगे पिछेवालाहरुलाई निरास पर्दै एकदिन उनि आफैलाई दुर्घटनामा पुर्याउने सम्भावना छ ।
अर्को कुरा अहिले बाबुराम जसरि आफ्नो अतित भुलेको बिर्सेको जस्तो गर्ने चेस्टा गर्दै छन् भोलि त्यहि अतित सँग दोबाटोमा उनको जम्का भेट हुने छ । त्यो अतितले पछि नआइज भन्दा भन्दै पनि उनि त्यसकै गाली सुन्दै लुरु लुरु पछि लाग्नु पर्ने छ । अहिले माओवादी अनि प्रचण्डलाई कमजोर पार्न उनलाई सबले उचाली रहेका छन् । बाबुरामलाई राम्रो मानेर होइन । प्रचण्ड कमजोर भएको देख्न चाहनेहरुको चंगुलमा उनि फसेका छन् ्र हिजो प्रचण्डको सेकेण्ड म्यान आज ‘नयाँ’ भयो भनेर तिनका आँखाले मात्रै मानेको हो । दिल दिमागले होइन ।
[caption id=\"attachment_93190\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption]
उनको पार्टीमा यस्ता मान्छे छिरेका छन् जसले भोलि बाबुरामलाई नै अल्पमतमा पारेर पार्टी कब्जा गर्ने छन् । यो कुरो नोट गरेर राख्दा पनि हुन्छ । तिस थरि विचार बोकेका मान्छेको जमघट उनको पार्टीमा छ । यो कुरो बुझेर पनि बाबुराम नबुझेको जस्तो गर्दै छन् । त्यहि कारण आज सम्म पार्टीको मूल निर्देशक दस्तावेज समेत प्रस्ट रुपमा आउन सकिरहेको छैन । कांग्रेस कम्युनिस्ट राजावादी पन्च पुर्व कर्मचारी पुर्व प्रहरी सबैको आ आफ्नो गुटै गुटको महासँघ जस्तो पार्टी बनेको छ ।
मैले यसो भनिरहेको न बाबुराम प्रति पुर्वाग्रह साँधेर हो न नयाँ शक्ति पार्टी बिरुद्ध भ्रम छर्न नै हो । मात्र वास्तविकताको उदघाटन गर्न हो । तसर्थ बाबुराम र नयाँ शक्तीका सम्पूर्ण बैचारिक राजनीतिक मित्रहरुलाई मेरो एउटा आग्रह छ ्र खिचडी पाक्ला र खाउला भनेर समय खेर नफालौं । नपाक्ने खिचडी जति आगो ठोसे पनि पाक्दैन । पाकिहाले पनि त्यो खान सकिने स्वादको हुने छैन । त्यसमा प्रयोग भएका वस्तुहरुनै कतिपय त एक अर्का सँग मिसाएर पकाउन नहुने नमिल्ने प्रक्रितीका छन् ।
मात्रात्मक ९ त्रगबलतष्तथ० भन्दा पनि आजको आवश्यकता गुणात्मक ९ त्रगबष्तिथ० राजनीतिको हो । आजको आवश्यकता भनेको सम्पूर्ण जनयुद्द कर्ता माओवादी शक्ति एक ठाउमा आउनु उभिनु हो । टुटेर फुटेर यो संसारमा न कोहि शक्तिशाली भएको थियो न हुने छ । फुट्नु लड्नु भनेको ‘भाई फुटे गवार लुटे’ रहेछ भन्ने सायद सबैको दिल दिमागमा परिसकेको हुनु पर्छ । एकीकरण नभए पनि जनयुद्द कर्ता शक्तीहरु एकठाउमा बसेर चिया पिउदा पनि प्रतिगामीहरुको निद हराम हुने छ, भएको छ । यो नबिर्सौं ्र कम्तिमा एकले अर्कोलाइ हिलो नाछ्यापौं । अहिले बाबुराम फुर्तिफार्ती गर्न पाएका, बैध्य बाटरिन पाएका र बिप्लव बम्किन पाएका किन हो थाहा छ ? किन भने प्रचण्ड अझै कमजोर भएका छैनन् । यी सबैको उत्तेजनाको भार प्रचण्डले थामिदिएका छन् । प्रचण्डले आफु अँध्यारो मुख लगाएर भए पनि सबका गाली सुनिदिएका छन् । जनयुद्दको सम्पूर्ण जिम्मेवारी म लिन्छु भन्दिएका छन् । प्रचण्ड कमजोर भएका वा सकिएका भोलि पल्ट यी बाबुराम बैध्य बिप्लवको बास सदर खोरका चिसा छिंडीमा हुने छ । प्रतिकृयावादीहरुले यो तयारी गरिसकेका छन् ।
अहिले काङ्रेस एमाले प्रचण्डलाई सिध्याउने प्रपंचमा छन्, हिजोका पंच राजावादीहरु पायो भने प्रचण्डको काचै मासु खानेछन् । अनि यिनै बाबुराम बैद्य विप्लब उछित्तो काट्न उद्दत छन् । सबैको आक्रमणको केन्द्र प्रचण्ड किन बनाइदै छन् ? यो कुरो जनयुद्द कर्ता हरेक योद्दा कार्यकर्ता समर्थक शुभचिन्तकले बुझ्न र बुझाउन जरुरि छ । आ आफ्ना पार्टी च्यानलमा बहस चलाऊन आवश्यक छ । नयाँ शक्ति भनेर बाबुराम संगै पछीलाग्नेहरुले त झन् प्रस्ट सँग बुझ्न बुझाउन जरुरि छ । कम्तिमा बाबुराम बैद्य बिप्लवहरुको निशाना कांग्रेस एमाले राजावादी हुनु पर्दथ्यो ।
ठुल्दाईलाई गालि गरेर सरापेर खुइल्याएर आफु हिरो सायद कोहि कहिल्यै हुँदैन । ठुल्दाइको पनि कमि कमजोरी हुन्छ, छ । तर ठुल्दाई सँग त अगाडि बसेर झगडा गर्ने हो रुने हो माग राख्ने पो हो । याद गर ठुल्दाई अग्लो भएर अनि उसको छाती चौडा भएर भएरै तिमी भाईहरु सम्म झटाराहरु आइपुगेका छैनन् । दुइटा ठुला कुरा दोबाटोमा बसेर गरेकै भरमा तिम्रा क्रान्तिकारी अनि विकासे गुजारा चलेको छ । ठुल्दाई नढले सम्म अक्सर यो कुराको अन्दाज साना भाईहरुलाई हुँदैन । जब अन्दाज हुन्छ नि, त्यो बेला धेरै ढिला भैसकेको हुने छ । त्यो बेला भाईहरुसँग पश्चातापको आसुँ मात्र बाकिरहने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: