Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पूर्वाधार र पर्यटन विकासमा जोड दिनुपर्छः परराष्ट्रमन्त्री–पाण्डे

काठमाडौँ,  परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रक्रियाबाटै सहमतिको संविधान जारी हुने बताउनुभएको छ ।

ठमेल पर्यटन विकास परिषद्को १९ र २०औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले भने,  \'प्रक्रियाबाटै चाँडै संविधान बन्छ । प्रक्रियामा जाँदा पनि सहमति र समझदारी हुन्छ ।\'

परराष्ट्रमन्त्री पाण्डेले संविधान निर्माणपश्चात् राष्ट्रको उन्नतिका निम्ति चार वटा क्षेत्र पूर्वाधार विकास, पर्यटन, ऊर्जा र कृषिको आधुनिकीकरण अघि बढाइनुपर्ने भन्दै यो भएमात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

पर्यटन प्रवद्र्धन गरी बढी पर्यटक भित्र्याउन पूर्वाधार निर्माण गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले पर्यटकको उत्कृष्ट गन्तव्य ठमेललगायतका क्षेत्रको प्रवद्र्धन तथा पुरातात्विक सांस्कृतिक धरोहरको मर्मत सम्भार गर्न जरुरी भएको बताए ।

पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले ठमेल पर्यटकको उत्कृष्ट गन्तव्य भएकाले सो क्षेत्रको विकास प्रवद्र्धनका लागि पहिलो पटक ऐतिहासिक रुपमा सरकारले नेपाल पर्यटन बोर्डमार्फत रु एक करोड बजेट विनियोजन गरेको भन्दै यसले पूर्वाधार निर्माण र पुरातात्विक धार्मिक मठ मन्दिरको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजन शर्माले ठमेललाई पर्यटकीय हबका रुपमा विकास गर्न सबैको ध्यान जानुपर्ने धारणा राखे।  संयुक्त पर्यटन समन्वय समितिका संयोजक डिबी लिम्बू, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमला, पर्यटन व्यवसायीहरु दीपक महत, गणेश सिंखडालगायतले ठमेलको पर्यटन प्रवद्र्धनका लागि सहकार्य जरुरी भएको खाँचो अाैँल्याए ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले पर्यटकीय क्षेत्र ठमेलमा पूर्वाधार विकास र सम्पदा संरक्षणको काम तीव्र गतिमा अघि बढाइएको बताए ।

सो अवसरमा परिषद्का संस्थापक गणेश पाण्डेसहित पाँच जना पूर्व अध्यक्षलाई दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी परिषद्मार्फत पर्यटन प्रवद्र्धनका लागि योगदान पु¥याउने नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी थापा, सडक डिभिजन कार्यालय काठमाडौँका डिभिजन–२ प्रमुख कर्ण रानाभाट, टानका अध्यक्ष धमला, पर्यटन पत्रकार मञ्चका अध्यक्ष शिव अधिकारी (नगद रु १० हजारसहित) लगायत १५ जनालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: