Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

यसकारण फेल खाए निर्वाचन अघिका सर्वेक्षण

\"trump-750\"वासिङ्टन, ३ मङ्सिर । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकलन नेता डोनाल्ड ट्रम्पले अधिकाँश व्यक्ति तथा संस्थाको अनुमान मतदान सर्वेक्षण विपरित नतिजा ल्याउन कसरी सफल भए भन्ने विषयमा अमेरिकी राजनीतिका जानकार, विज्ञ तथा मत सर्वेक्षकले मूल्याङ्कन सुरु गरेका छन् । अमेरिकी निर्वाचनका समयमा भएको मत सर्वेक्षणले सही अनुमान गर्न नसक्दा निर्वाचनको परिणाम जतिबेला घोषणा भयो सबैलाई चकित तुल्यायो । सर्वेक्षणले विश्वभरी अमेरिकी पूर्व विदेशमन्त्री तथा रिपब्लिकन पार्टीका नेता हिलारी क्लिन्टन विजय हुने विश्वास गरिएको थियो । यस्तो किन भयो भन्ने प्रसङ्गमा ब्रुकिङ्स इन्सिटच्यूसनका वरिष्ठ सदस्य डारेल वेस्टले भने, ट्रम्पका मतदाताहरुले मत ट्रम्पलाई नै दिने अडान लिएर बसेपनि सर्वेक्षणमा आपूmलाई खुलाउन चाहेनन् । यसमा ट्रम्पबाट आएका अभिव्यक्ति प्रति सञ्चारमाध्यम तथा सामाजिक सञ्चालनमा आएका आलोचना कारक थिए । अमेरिकी निर्वाचन अभियानको सुरु देखिनै ट्रम्पद्वारा गरिएको विवादास्पद टिप्पणी वास्तवमै उनीमाथि आएको आलोचनाको कारक बने । रिपव्लिकन नेता ट्रम्पले मेक्सिकोबाट अमेरिकामा आएका मेक्सिकन नागरिक माथि अपराधी, बलात्कारी भन्दै विश्वबाट गैर कानूनी रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीको फिर्ता गर्ने घोषणा गरे । यीमध्ये लाखौँ स्पेनी भाषा समुदायका मानिसहरु थिए । लाखौँको उपस्थिति रहेको समुदायविरुद्ध मतदाता खुलेर बोल्दा आपूmमाथि साम्प्रदायिक पूर्वाग्राह राखेको देखिने भयका कारण उनीहरु बोल्न चाहदैनथे तर उनीहरुको मौन समर्थन ट्रम्पप्रति रहेको थियो । पछिल्लो तथ्याङ्कले ५३ प्रतिशत अमेरिकी महिलाले ट्रम्पलाई मत दिएको देखाएको छ । आधा भन्दा बढी गोरा जातीका महिलाले ट्रम्पले आफ्नो चासोलाई सम्बोधन गर्ने आश्वासनपछि ट्रम्पलाई नै मतदान गरे । उनीहरुलाई आफ्नो समस्या सम्बोधन ट्रम्पबाट हुने विश्वास बन्यो । ट्रम्पप्रति अमेरिकी जनताको अर्को आकर्षण बाराक ओबामाले अमेरिकी अर्थतन्त्रमा सुधार गर्ने प्रतिबद्धता अनुरुप काम गर्न नसक्नु थियो । सन् २०१७ तिर अमेरिकी अर्थतन्त्रमा जुन समस्या देखियो यसलाई वर्तमान राष्ट्रपति बाराक ओबामा सत्तामा रहँदा केही हदसम्म सम्बोधन भएपनि अपेक्षाकृत सुधार आउन नसकेकको ट्रम्प समर्थक अमेरिकीको दावी छ । उनीहरुले ग्रामिण समुदायको अर्थतन्त्र सुधार हुन नसक्दा ग्रामिण जनतामाझ राष्ट्रपति ओबामाले आठ वर्षसम्म पनि अर्थतन्त्र सुधार गर्न नसकेको महसुस भएका कारण निरास ग्राणिम क्षेत्रका बासिन्दा ट्रम्पतिर झुके । तर सर्वेक्षणले बढी महत्व घना जनसङ्ख्या रहेको शहरी क्षेत्रलाई महत्व दिए । न्यूयोर्क तथा वासिङ्टनमा अथाह रोजगारीका अवसरमा रहेपनि ग्रामिण क्षेत्र भने विगत कैयौँ वर्षदेखि आर्थिक गतिविधिले उल्लेख्य स्थान पाउन नसक्नु र अर्बपति व्यापारी निर्वाचित भएमा यसको सम्बोधन हुने आशाका साथ ग्रामिण सुदायबाट ट्रम्पलाई समर्थन मिल्यो । लसभेगसस्थित यूनिभर्सिटी अफ नाभाडाका सह–प्राध्यापक डान लीले प्राविधिक रुपमा अमेरिकी सर्वेक्षण सही रहेको दावी गरे । उनले सर्वेक्षणमा दावी गरिएअनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार क्लिन्टन अमेरिकीबीच लोकप्रिय भएको उनले प्राप्त लाखौं बढी मतले प्रमाणित गर्ने बताए । तर ट्रम्पपक्षमा “इलेक्टोरल भोट”बढी हुँदा राष्ट्रपति निर्वाचनमा विजय रिपब्विकन उम्मेदवारको भएको हो । सर्वेक्षणमा अमेरिकी सङ्घिय राज्यमा कसको पकड कति रहेको भन्ने मूल्याङ्कन गर्न सर्वेक्षक सङ्घसंस्था असफल भएको उनले बताए । यो ठूलो क्षेत्रमा फैलिएको भूभागका लागि समस्याको विषय बन्ने गरेको लीले भने । सर्वेक्षणमा कमजोरी हुनुमा अमेरिकीहरुबीच ठूलो सङ्ख्यामा सेल फोन प्रयोग कर्ता हुनु र कम प्रतिक्रिया आउनुपनि जिम्मेवार भएको लीको दावी छ । ट्रम्पको विजयको सम्पूर्ण रहस्य खुल्न भने अझै केही समय पर्खिनुपर्ने विज्ञहरुको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy