Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

संशोधन प्रस्ताव दर्तालगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने सरकारको तयारी: को को थपिन्छन् ?

\"biplav-pm-prachanda-gyapan-3-750\" काठमाडौँ, ११ मंसिर । सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेको छ । हालै एकीकरण भएका राप्रपा, साना दल र सत्तासाझेदार नेपाली कांग्रेसबाट केही राज्यमन्त्री सहित सरकारलले संशोधन प्रस्ताव दर्तापछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेको हो । मधेसी मोर्चासँगको अन्तिम छलफलपछि आइतबार संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको तयारी छ । संशोधन प्रस्ताव दर्तापछि सरकारमा आउन इच्छुक साना दललाई राज्यमन्त्री र सहायकमन्त्री दिई सरकारमा ल्याउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको स्रोतले बतायो । स्रोतका अनुसार राप्रपालाई दुई मन्त्रालय दिने सरकारको तयारी छ । कमल थापा र पशुपति शमसेर राणाबीच एकता हनुपूर्व थापालाई दुई वटा मन्त्रालय दिने सहमति भएको थियो । सत्तासाझेदार कांग्रेसले राज्यमन्त्रीको सूची तयार पारेपछि मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बताए । कांग्रेसले आइतबारसम्ममा राज्यमन्त्रीको सूची तयार गर्ने कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठको दावी छ । संशोधन प्रस्तावलाई दुई तिहाई बहुमतका साथ पास गराउन साना दलको साथ खोजेका सत्तारुढ दलले सरकारमा आउन इच्छुक साना दललाई सरकारमा ल्याउन गृहकार्य समेत थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले कुन दललाई कसरी सरकारमा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल थालेका छन् । सबैको चाहनालाई पूरा गर्ने गरी सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने सरकारको एक मन्त्रीले बताए । ‘संशोधन प्रस्ताव दर्ता भएपछि सबैलाई खुशी बनाउनु सरकारको दायित्व हो, साना दललाई कसरी सरकारमा ल्याउने भन्ने विषयमा पनि छलफल भइरहेको छ, सबैको चाहना पूरा हुने गरी संशोधन प्रस्ताव दर्तापछि मन्त्रिपरिषद् विस्तार हुन्छ’ ती मन्त्रीले भने । गच्छदारलाई पनि सरकारमा ल्याउने प्रचण्डको चाहना यसैबीच प्रधानमन्त्री प्रचण्डले फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारलाई पनि सरकारमा ल्याउनुपर्ने प्रस्ताव राखेका छन् । कांग्रेस सभापति देउवासँग शुक्रबार भएको छलफलमा उनले गच्छदारलाई पनि सरकारमा ल्याउनुपर्ने प्रस्ताव अघि सारेका हुन् । संशोधन प्रस्तावमा गच्छदार सकारात्मक रहेको सुनाउँदै प्रचण्डले गच्छदारलाई सरकारमा ल्याउन सके संशोधन प्रस्तावलाई पारित गराउन अझ बल पुग्ने बताएका थिए । जवाफमा देउवाले सरकारमा आउन इच्छुक सबैलाइ समेटेर जानुपर्ने बताएका थिए । स्रोतका अनुसार संशोधनपछि साना दललाई समेत समेटेर मन्त्रिपरिषद् विस्ता गर्न देउवा सहमत छन् । नेमकिपा र एमालेबाहेकलाई समेट्ने तयारी सरकारले नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी र प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत अन्य सबै दलसँग सरकारमा सहभागी हुने विषयमा छलफल गर्ने भएका छन् । औपचारिक र अनौपचारिक रुपमा सबैसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले छलफल थाल्ने स्रोतको दावी छ । स्रोतका अनुसार अन्य साना दलले सरकारमा आउने चाहना राखेको छ । यद्यपी सरकारले कुन ढंगबाट आफूहरुलाई सम्बोधन गर्छ त्यसपछि मात्रै निर्णय लिने साना दलको तयारी छ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सरकारमा जाने या नजाने विषयमा छलफल भइरहेको खबरडबलीलाई बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending