Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

संशोधन प्रस्ताव दलहरुको हात–हातमा, के छ संशोधनको अन्तिम मस्यौदामा ?

\"sambidhan-samsodhan-750\" काठमाडौँ, ११ मंसिर ।  संघीय प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको प्रतिनिधित्व र राष्ट्रिय भाषाको विषय सहित चार बुँदामा सरकारले तयार पारेको संविधान संशोधन मस्यौदा दलहरुको हात–हातमा पुगेको छ । सत्तारुढ दलले शुक्रबार तयार पारेको संशोधनको अन्तिम ड्राफ्ट दलहरुको हातमा पुगेको हो । शुक्रबार साँझदेखि सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमाले, मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धन लगायत साना दलको हातमा संशोधनको प्रस्ताव पठाएको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार शनिबार साँझसम्ममा सरकारले सबै दलको प्रतिक्रिया लिनेछन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संशोधनमा सहमति नजनाउने प्रष्ट पारेपछि सरकारले प्रतिपक्षी बाहेकलाई सहमतिमा ल्याउने प्रयास थाल्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले संशोधन प्रस्ताव दर्ता गर्नुपूर्व सबै दलको प्रतिक्रिया लिने र अधिकतम सहमति जुटाउन प्रयास गरिने बताए । ‘प्रतिपक्षी एमााले वा कुनै पनि दललाई चिढ्याएर संशाधन दर्ता गर्ने पक्षमा सरकार छैन, हामी अहिलेसम्म पनि सहमतिकै पक्षमा छौँ, संशोधन प्रस्ताव सहमतिमै दर्ता गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो’ उनले भने । शुक्रबार अन्तिम रुप दिएको संशोधनको प्रस्तावित मस्यौदामा मधेसी मोर्चाको माग समेट्न अधिकतम पहल लिएको सरकारी पक्षको दावी छ । शनिबार मोर्चासँग छलफल गरी उक्त प्रस्तावमा सहमति जुटाउने जनाएको छ । प्रस्तावित मस्यौदामा केही पहाडी जिल्ला र भागलाई छुट्टयाएर नवलपरासीदेखि बर्दियासम्मको भागलाई ५ नम्बर प्रदेश बनाउनुपर्ने उल्लेख छ । प्रदेश नम्बर ५ अन्तर्गतका पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुमको पूर्व भाग, रोल्पा र प्यूठानलाई प्रदेश नम्बर ४ मा राख्ने सत्तारूढ दलबीच समझदारी बनेको स्रोतले बतायो । त्यसैगरी राष्ट्रिय सभाको प्रतिनिधित्वमा सबै प्रदेशबाट ५ प्रतिनिधित्व सुनिश्चित गरी बाँकी ३ मा जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था गरिने भएको छ । संविधानमा प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्तिसहित ८ जना निर्वाचित हुने व्यवस्था मस्यौदामा गरिएको छ । भाषाको विषयमा भाषा आयोगले दिएको सिफारिसअनुसार सरकारले निर्णय गर्ने र त्यस्तो निर्णयलाई अनुसूचीमा राख्ने गरी संशोधन गरिने भएको छ । नगारिकताका विषयमा वैवाहिक अंगीकृत महिलालाई नागरिकता दिने तर नागरिकता पाउनु अघि पहिले नागरिक रहेको मुलुकको नागरिकता त्यागेको हुनु पर्ने प्रस्तावित संशोधनमा उल्लेख छ । संशोधनको प्रस्तावित मस्यौदामा मधेसी मोर्चाको सहमति जुटाउन सरकारले आज (शनिबार) छलफल गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको अनौपचारिक छलफलपछि सरकारले मोर्चासँग छलफल गर्नेछन् । संशोधनको प्रस्तावित मस्यौदा सरकारले शुक्रबार मोर्चासम्बद्ध संघीय गठबन्धनलाई औपचारिक रुपमा पठाएको छ । यो पनि पढ्नुस् : संशोधन प्रस्ताव दर्तालगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने सरकारको तयारी: को को थपिन्छन् ?                         : सीमांकन विवादः सशांकका कारण जोडिएन नवलपरासी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending