Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विप्लव माओवादीद्वारा रोल्पामा जग्गा कब्जा

काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको रोल्पा जिल्ला पार्टी संगठन समितिले जुँगार– ९, मजुवाका बलजित पुनको खेत र पाखो जग्गा सोही ठाउँका पूर्व प्रधानपञ्च हरिभक्त खड्काले जालझेल र तिक्डम गरी हड्पेको भन्दै उनीबाट कब्जामा लिई ‘वास्तविक धनी’ लाई फिर्ता गरेको जनाएको छ । माओवादी रोल्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ– ‘पञ्चायत कालदेखि जनयुद्धकाल र शान्ति प्रक्रियापछि पनि यस्तै कुकार्य गर्ने रोल्पा, जुँगार– ९ निवासी हरिभक्त खड्कालाई अबदेखि सो कुकार्य नगर्न रुपान्तरणका लागि सहयोग गरिएको छ र थप दोहोगर्‍यामा कडा कारबाही गर्ने चेतावनीसहित निम्न कुकार्यहरु जनसमुदायसामु सार्वजनिक गरिएको छ– १. २०३२ सालअघि रोल्पा जुँगार गाविस–९ मजुवा बस्ने बलजित पुनको सोही स्थानको खेत र पाखो जग्गा रोल्पा जुँगार–९ बस्ने मुखिया बेदबहादुर खड्काले जग्गा धनीलाई थाहै नदिई २ पैसा तिरो पर्ने खेत ९तत्कालीन मुल्य १२,००० पर्ने० आफ्नै सरोदर भाइ पर्ने तत्कालीन प्रधानपञ्च रहेका हरिभक्त खड्कालाई बिक्री गरिदिएको । २. २०३९ सालअघि उक्त २ पैसा तिरो रहेको खेतको आधारमा सो खेतको दक्षिण ठूलो गाड ९मिनासाँध० र उत्तरपूर्वको जावलखोलाको बीचमा पर्ने ४८ मूरी माटो भएको १५–२० जना जग्गा धनीहरुको खेतहरु अन्यायपूर्ण ढङ्गले आफ्नो दावी गरेको तर जिल्ला अदालतबाट मुद्दा हारेको । ३. २०३२ सालमा मृतक बलजित पुनले २ पैसा तिरो रहेको खेत मुखिया वेदबहादुर खड्काले बिक्री गरी हरिभक्त खड्काको नाममा जग्गा भएको र सोही जग्गाको आधारमा अरु बाँकी सबै खेत पाखो पनि निज हरिभक्त खड्काले मेरो भनि अन्यायपूर्ण ढङ्गले दावी गरेको । ४. जालसाँजी र अत्याचारपूर्ण ढङ्गले आफ्नो खेतपाखो कब्जा गरिएपछि २०३२ सालमा जग्गा धनी बलजित पुनले हरिभक्त खड्का विरुद्ध रोल्पा जिल्ला अदालतमा जाहेर मुद्दा दिएको । सोही मुद्दाको साछी बयान गराउन रोल्पा लिवाङ गइरहेको बेला हरिभक्त खड्काले मुद्दा हारिने भयले निज जग्गा धनी बलजित पुनको लिवाङ जाने बाटोमा (धाङसी खोला र माडीखोलाको दोभानमा) हत्या गरेको । मृतकको उमेर पुगेको छोरा टिकाराम पुनलाई २०३६ सालमै झुठ्ठा ज्यान मार्ने उद्योग मुद्दा लगाई फरार गराएको र अन्य छोराहरु नाबालक रहेको । ५. ४ वर्ष जेल जीवनपछि निज हरिभक्त खड्काले पुन २०४४ सालमा मृतक बलजित पुनको नाममा रहेको उक्त जग्गा कब्जा गरेको । ६. २०५२ सालमा थालनी भएको जनयुद्धको क्रममा २०५४ सालमा ने।क।पा ९माओवादी०ले उक्त जग्गा कब्जा गरी सामूहिक खेती थालेको । ७. २०६३ सालको शान्तिप्रक्रिया थालनीसँगै उक्त जग्गा मृतक जग्गा धनी बलजित पुनको परिवारलाई भोगचलन गर्न नेकपा माओवादीले हस्तान्तरण गरेको । ८. २०६८ सालमा हरिभक्त खड्काले प्रशासन प्रयोग गरी उक्त खेतमा पुन: धान रोपेको । सो धानवाली कब्जा गरी नेकपा–माओवादीले जग्गा धनी बलजित पुनको परिवारलाई दिलाई दिएको । ९. करिव १०० मुरी धानफल्ने खेत हरिभक्त खड्काले जनयुद्धकालमै २०५२ सालमा कित्ता नं ३१४, ३१५, ३१६ र ३२९ लाई भित्रीरुपमा सरकारी कार्यालयसँग आफ्नो नाममा मुद्दा एकतर्फी जालसाँची गरी जिताएको । १०. २०५५ सालमा कित्ता नं ३१३ र २०६१ सालमा कित्ता नं ३१२ का खेत पाखो एकतर्फी जालसाँची गरी मुद्दा आफूले जिताएको बनाएको । ११. २०७१ साल पुसमा जिल्ला अदालत रोल्पाको फैसला अनुसार जिल्ला मालपोत कार्यालय रोल्पाले मृतक बलजित पुनको सबै खेत हरिभक्त खड्काको नाममा नापी नक्सा गर्ने निर्देशन दिएको । उपरोक्त कारणहरुले हाम्रो नेकपा माओवादी रोल्पाले सबै दृष्टि रोल्पा जुँगार–९ निवासी मृतक बलजित पुनमगरको खेत र पाखो जग्गा पीडित बलजित पुनकै हो भन्ने ठहर गर्दै अप्राविधिक, अन्यायपूर्ण, जालसाँची गरी राखेको हरिभक्त खड्काको भनिएको जग्गा आजका मितिदेखि मृतक बलजित पुनमगरको परिवारलाई नै फिर्ता गरिएको घोषणा गर्दछौ । २१ औ शताब्दीको चेतनशील यो दुनियाँमा यस्तो र कुनै पनि कुकार्य नगर्न रोल्पामा रहेका सबै जनउत्तरदायी निकायहरु र देशभरीका सम्बन्धित सबै जन सरोकारवालाहरुलाई अनुरोध सहितको सहयोग गरिरहेका छौ । हाम्रो पार्टी केन्द्रीय समितिको देशमा भइरहेको विकृति, विसङ्गती विरुद्धको सशक्त आन्दोलनमा जिल्ला पार्टीको ऐक्यवद्धता र प्रतिवद्धता पनि छ । आम जनसमुदायहरुलाई सतर्क, सचेत रहन र यी सशक्त आन्दोलन र अभियानमा लामबद्ध हुन, सक्रिय सहभागी र सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies