Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कति असभ्य र तल्लो स्तरको गालिगलौज : एमालेको स्कुलमा यस्तै पढाई हुने हो ?

काठमाडौं, १९ मंसिर । सरकारले संविधान संशोधनको विद्येयक संसदमा दर्ता गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रोशित मात्रै भएको छैन । एमालेका कतिपय मध्यमस्तरका नेताहरुले राजनीतिमा विरोधको सँस्कार र भाषाको सन्तुलन समेत गुमाएका छन् । एमाले नेतृ रामकुमारी झाक्रीले लेखेको फेसबुक स्ट्याटस  केहीदिनअघि एमालेकी नेतृ रामकुमारी झक्रीले जसरी नेपाली समाजलाई अपाच्य हुनेगरी फेसबुक स्ट्याटस लेखिन् उसैगरी एमाले अखिलका केन्द्रिय सचिव आरसि लामिछानेले पनि ‘देशको कार्यकारी प्रमुखको टाउको सडकमा राखेर फुटबल खेल्ने’ भाषण गरेका छन् । एमाले अखिलका सचिव लामिछाने असभ्य बोल्दै  संशाेधन विद्येयक आइसकेपश्चात पक्ष र विपक्षमा भएको ध्रुविकरणलाई राजनीतिमा नाजायज नमानिएपनि आपक्तिजनक र समाजलाई अपाच्य हुनेगरी अभिव्याक्ति दिनेमा एमालेका नेता देखि कार्यकर्तासम्मै अग्रपक्तिमा देखिन्छन् । झार्की र लामिछानेभन्दा अघि नेपाल पत्रकार महासंघका पूर्व सभापति शिव गाउँलेले समेत आफ्नो घरमा एकैछिन बत्ति गएपछि ‘कुलमान गयो’ भनेर अस्वभाविक र सुन्दा अनौठो लाग्ने ट्विट गरेका थिए । उनी पनि एमालेका मध्यमस्तरका नेता र एमालेकै तर्फबाट पत्रकार महासंघको सभापतिमा निर्बाचित भएका थिए । यसैगरी एमालेकै नेता शंखर पोखरेलले समेत झण्डै महिना दिनअघि मधेसीहरुलाई कालो भनि होच्याएर दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो । माक्र्सवादी र कम्युनिष्ट स्कुलिङ संचालन गर्ने भन्दै केहीदिनअघिदेखि नेकपा एमालेको केन्द्रिय स्कुुलिङ विभागले ललितपुरमा सशुल्क स्कुल संचालन गरेको थियो । स्कुलै संचालन गरेर राजनीतिको बारेमा पढाईरहेको एमालेको स्कुलमा यस्तै पढाई हुन्छ कि के भन्ने अहिले आम मानिसहरु सोधिरहेका छन् । अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा प्रवक्ता सुरेन्द्र बस्नेतको फेसबुक प्रतिवाद यता माओवादी केन्द्रका नेता कार्यकर्ताले भने एमालेका नेताहरुको यस्तो अराजनीतिक रबैयाको खुलेर विरोध र प्रतिवाद गर्न थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending