Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

सरकारी अनुदान नलिने सर्तमा विदेशीले बनाईदिए सिंगो गाउँ

गोरखा, २१ मङ्सिर । भूकम्प गएको २० महिनापछि गोरखाको श्रीनाथकोट गाविस–३ डाँडागाउँका भूकम्प प्रभावितले नयाँ घर पाएका छन् । ८१ वटा घर, घरघरै खानेपानीसहितको धारा निर्माण, तीन किलोमिटर सडकको स्तरोन्नति र एक विद्यालयको पुनःनिर्माण कोरियास्थित बेटर वल्र्ड नामक संस्थाले अनुग्रह सामुदायिक विकास केन्द्रको समन्वयमा निर्माण गरिदिएपछि भूकम्पपीडित खुसी छन् । दलित र जनजाति समुदायको बसोबास रहेको डाँडागाउँका घर भूकम्पले क्षति पु¥याएपछि स्थानीयवासी टहरोमा बस्दै आएका थिए । इन्जिनियर समेत रहेका कोरियाको राजधानी सोलका इल गो पार्कले नेतृत्व गरेको स्वयम्सेवक समूहले स्थानीय कामदारको सहयोगमा सिङ्गो गाउँ पुनःनिर्माण सम्पन्न गरेका हुन् । यही डिसेम्बर महिनामा गाउँलेलाई नयाँ घर हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । अहिले घरघरै धारा निर्माणको काम भइरहेको छ । अनुग्रह सामुदायिक विकास केन्द्रका अध्यक्ष साधुराम नेपालीले एउटा घर पुनःनिर्माणमा तीन लाख ८० हजार ५६५ रुपैयाँ लगानी भएको जानकारी दिए । दुईकोठे भूकम्पप्रतिरोधी घर निर्माणमा सघाएको संस्थाले बुद्धिकल्याण प्राथमिक विद्यालयमा छ कोठे भवन निर्माण गरिदिएको छ । “विद्यालय पुनःनिर्माणमा करिब २५ लाख रुपैयाँ लगानी गरिएको छ”, संस्थाका कर्मचारी कमल शाही सुनुवारले भने । शौचालयसहित विद्यालयको जग्गा तारबार गर्ने काम पनि गरेको उनको भनाइ छ । बर्खाको भेलले सडक बिगारेपछि जनकल्याण माविदेखि गाविस भवनसम्म तीन किलोमिटर सडक मर्मत गरिएको र एक हजार ५०० मिटर टाढाको खोलाबाट गाउँमा खानेपानी ल्याएको सुनुवारको भनाइ छ । भूकम्पले क्षति पु¥याएको संरचना तह लगाएर एउटै प्रकृतिका घर निर्माण गर्न श्रमदान गरेका कोरियाका पार्कले भने, “सुन्दर गाउँ पुनःनिर्माणमा सघाउन पाएकोमा खुसी छौँ ।” घर गुमाएपछि दुःख र पीडाका बीच नेपाली दाजुभाइ, दिदीबहिनीको सहयोगमा गाउँ पुनःनिर्माण सम्भव भएको पार्कको तर्क छ । विदेशीले नयाँ घर बनाइदिएपछि श्रीनाथकोट–३ डाँडागाउँका रमेश मजकोटी र मीनबहादुर अछामी आँगन सम्याउने काममा ब्यस्त देखिए । रमेशले भने, “सरकारी अनुदान नलिने गरी विदेशीले हामीलाई घर नै बनाइदिएका हुन् । सरकारले घर बनाउने अनुदान नदिने हो भने पनि हामीलाई सहुलियत ब्याज तिर्ने ऋण लिने इच्छा छ । ऋणले अन्नपात भण्डारण गर्ने अर्को घर बनाउनुपर्छ ।” दुई कोठाको घरले जीवन निर्वाह हुने भएपनि अन्नपात राख्न र पाहुना ब्यवस्थापनका लागि ठाउँको अभाव भएको उनको भनाइ छ । अनुग्रहले गाउँमा कृषि र स्वास्थ्य क्षेत्रमा रही आगामी दिनमा काम गर्ने योजना बनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending