Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

तीनवटै तहको निर्वाचन गराउन संविधान संशोधन : देउवा

\"\"काठमाडौँ, २३ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका तीनवटै तहका निर्वाचन सम्पन्न गर्नका लागि संविधान संशोधनको प्रस्ताव आएको बताएका छन् । साझा प्रकाशनद्वारा प्रकाशित तथा काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित कविता सङ्ग्रह ‘प्रतिज्ञाको पहाड’ को बिहीबार लोकार्पण गर्दै सभापति देउवाले मुलुकमा शान्ति, निर्वाचन र संविधान कार्यान्वयनका लागि संशोधन ल्याइएको बताए । सभापति देउवाले भने – “समयमा निर्वाचन हुन्छ र संविधान कार्यान्वयन हुन्छ भने तराई र पहाडका केही जिल्ला यता उता हुँदैमा केही हुँदैन, यसमा नेकपा ९एमाले०ले पनि सहयोग गर्ने मेरो विश्वास छ ।’’ उनले देशको राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा संशोधनले कुनै असर नपार्ने तराई र पहाडका जनताबीच नचाहिँदो दुस्मनी नगराई लोकतन्त्रलाई बलियो बनाउन सबैले सहयोग गर्न आग्रह गरे । साझा प्रकाशन बचाउमा प्रतिबद्धता सभापति देउवाले सरकारले दिने घोषणा गरेका ऋण र अनुदान गरी रु ४० करोड साझा प्रकाशनलाई उपलब्ध गराउन पहल गर्ने विश्वास पनि व्यक्त गरे । सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीमा निकाल्ने खतरा टार्न सरकारले चाँडै सहयोग गर्नुपर्ने आग्रह संस्थाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सञ्चालक सदस्य तथा पूर्व मन्त्री प्रदीप नेपालले संस्था बचाउन आग्रह गरेका थिए । यसअघि दुई राजनीतिक पुस्तक लेखेको घिमिरेको ‘प्रतिज्ञाको पहाड’ तेस्रो पुस्तक हो । पुस्तकबारे डा कुमारबहादुर कोइराला र हरि अधिकारीले समीक्षा गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending