Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

राष्ट्रपति यादव स्वदेश फिर्ता

काठमाडौँ, राष्ट्रपति डा रामवरण यादव चीन सरकारको निमन्त्रणामा उक्त मुलुकको बोआओ सहरमा भएको ‘एसियाका लागि बोआओ मञ्च’ को वार्षिक सम्मेलनमा भाग लिएर आज स्वदेश फिर्ता भएका छन् । स्वदेश फिर्ता हुने क्रममा राष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू तथा सरकारका उच्च पदाधिकारीलगायतले स्वागत गरेका थिए । राष्ट्रपति यादवको स्वागत समारोहमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । राष्ट्रपति यादवको भ्रमणले नेपाल–चीनबीचको युगौँ पुरानो मैत्रीपूर्ण सम्बन्धमा थप उचाइ पु¥याएको भ्रमणमा सहभागी सहरी विकास मन्त्री डा नारायण खड्काले बताए । राष्ट्रपति यादवको भ्रमणका बारेमा विमानस्थलमा जानकारी गराउँदै मन्त्री खड्काले नेपाल–चीन सम्बन्धको हीरक महोत्सवसमेत यही वर्ष परेको र यस अवसरलाई भव्यताका साथ मनाउन दुवै देशबाट उच्चस्तरीय भ्रमणको आदानप्रदान पनि भएको हुँदा यस भ्रमणको विशेष महत्व रहन गएको बताए । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा यही चैत १२ देखि १५ गतेसम्म आयोजना भएको सम्मेलनमा राष्ट्रपति डा यादवले नेपालका तर्फबाट विशेष सम्बोधन गरेका थिए । सम्बोधनमा राष्ट्रपति यादवले सम्मेलन एसिया महादेश एवम् अन्य क्षेत्रका मुलुकले सामना गर्नुपरेको साझा मुद्दामा छलफल गर्ने एवम् अनुभव र विचारको आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च भएको बताउँदै नेपालको वर्तमान राजनीतिक आवस्थाका बारेमा पनि जानकारी गराएका थिए । सम्मेलनमा नेपालसहित चीन, आर्मेनिया, अस्ट्रिया, इन्डोनेसिया, श्रीलङ्का, युगान्डा र जाम्बियाका राष्ट्रपति, अस्ट्रेलियाका गभर्नर जनरल, कजाखस्तान, मलेसिया, नेदरल्यान्ड, कतार र स्विडेनका प्रधानमन्त्रीलगायतले सम्बोधन गरेका थिए । भ्रमणका अवसरमा राष्ट्रपति यादवले आफ्ना चिनियाँ समकक्षी सि जिनपिङसँग बोआओस्थित स्टेट गेष्टहाउसमा द्विपक्षीय वार्ता गरेका थिए । राष्ट्रपति यादवले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा दिँदा राष्ट्रपति सिले उपयुक्त समयमा भ्रमण गर्ने बताएका थिए । सौहार्दपूर्ण रुपमा भएको सो वार्तामा चिनियाँ राष्ट्रिपति सिले नेपालमा छिटो दीगो शान्ति र स्थायित्वको कामना गर्दै आर्थिक उन्नतिको पथमा अगाडि बढेको हेर्न चाहेको बताएको मन्त्री खडकाले जानकारी गराए । भ्रमणका अवसरमा राष्ट्रपति यादवले अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । भ्रमणका अवसरमा चीनले नेपालको सामाजिक–आर्थिक विकासका गतिविधिलाई द्रुत गतिमा अघि बढाउन र कोदारी राजमार्गको स्तरोन्नति तथा अन्य सडक निर्माण र पूर्वाधार विकासमा लागि ९० करोड युआन प्रदान गर्ने घोषणा गरेको छ । यसका साथै चीनले पाँच वर्षका लागि १५ सय तालिम छात्रवृत्ति प्रदान गर्नेसमेत घोषणा गरेको छ । भ्रमणको चौथो दिन ल्हासा विमानस्थलमा राष्ट्रपति यादवलाई तिब्बत स्वशासित क्षेत्र सरकारका अध्यक्ष लोसाङ जियाङछुन तथा तिब्बत परराष्ट्र कार्यालयका उच्चपदाधिकारीले स्वागत गरेका थिए । भ्रमणका अवसरमा राष्ट्रपति यादवले चीनको मुख्य भूमिबाट ल्हासा हुँदै सिगात्सेसम्मको रेलमार्गको अवलोकन समेत गरे भने चीनले आगामी सन् २०२० सम्ममा यस रेलमार्गको विस्तार गरी केरुङसम्म पु¥याउने योजना रहेको जानकारी गरायो । राष्ट्रपति यादवले सो रेलमार्ग नेपालसँग जोडिएको खण्डमा व्यापार, पर्यटन र जनस्तरको आवागमनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेको मन्त्री खड्काले बताए । महत्वपूर्ण आर्थिक मञ्च बोआओ फोरम फर एसियामा १० वर्षपछि नेपाललाई प्राप्त भएको यस निमन्त्रणामा राष्ट्रपति यादवले भाग लिएर मन्तव्य दिन पाउनु नेपालका लागि गौरवको विषय भएको मन्त्री खड्काको भनाइ छ । नेपालमा गणतन्त्र स्थापना भएपछिको राष्ट्रपतिको यो पहिलो औपचारिक तथा दुई देशका राष्ट्रप्रमुखबीचको पहिलो द्विपक्षीय भेट हो । यो वर्ष नेपाल–चीन सम्बन्धमा हीरक महोत्सव विविध कार्यक्रमका साथ मनाउने सन्दर्भमा यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मद्दत पुगेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies