Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

बालिकालाई एक वर्षसम्म बन्धक बनाएर पालैपालो पटक–पटक बलात्कार

महोत्तरी, हरिहरपुर निवासी दुई दाजुभाइले १३ वर्षीया एक बालिकालाई घरमा बन्धक बनाएर एक वर्षदेखि बलात्कार गरेको खुलेको छ । बारा घर भएकी यादव थरकी बालिकालाई हरिहरपुर हरिणणमरी–६ का ६० वर्षीय रामबहादुर चौधरी र उनका भाइ ५५ वर्षीय भोगेन्द्र चौधरीले कलात्कार गर्ने गरेको खुलेको हो । उनीहरुले गत जेठदेखि बन्धक बनाई पालैपालो यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ । रामबहादुर अविवाहित हुन् भने भोगेन्द्र विवाहित हुन् । भोगेन्द्रका श्रीमती र एक छोरी छन् । आजको नयाँ पत्रिकामा खबर छ – प्रहरीले भोगेन्द्रलाई पक्राउ गरेको छ  रामबहादुर भारतमा भएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ । उनी भारतमा नै मजदुरी गर्ने गर्छन् । भारतको पञ्जाबमा आफन्तसँग बस्दै आएकी बालिकालाई गत जेठमा रामबहादुरले ललाई फकाई आफ्नो घर लिएर आएका थिए । पञ्जाबमै मजदुरी गर्दै आएका उनले बालिकालाई विवाह गर्छु भन्ने आश्वासन दिएर यौन शोषण गरेको पाइएको महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले जानकारी दिए । गत जेठदेखि भदौसम्म रामबहादुरले मात्र आफूसँग यौनसम्पर्क गरेको उनले बताएकी छिन् । त्यसपछि बालिकालाई भोगेन्द्रको जिम्मा लगाएर रामबहादुर फेरि मजदुरी गर्न पन्जाब गएको प्रहरीले जनाएको छ । भदौयता भोगेन्द्रले बालिकाको यौनशोषण गर्दै आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending