Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने

काठमाडौं, चिनियाँ राष्ट्रपति सी जिनपिङले समकक्षी रावरण यादवको कार्यकालमै नेपाल भ्रमण गर्ने बताएका छन् । सीले यादवसितको भेटवार्ताका बेला आफूले नेपालका प्रथम राष्ट्रपतिकै आतिथ्य हुने गरी भ्रमण गर्ने बताएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाए । बेआओ फोरम फर एसियाको वार्षिक सम्मेलनका बेला भएको दुइपक्षीय ‘साइडलाइन’ वार्तामा सीले यादवलाई नेपाल भ्रमणको वचन दिएका हुन्  । आजको कान्तिपुरमा चन्द्रशेखर अधिकारी लेख्छन् – संविधानसभाबाट नयाँ संविधान जारी हुनासाथ राष्ट्रपति यादवको कार्यकाल सकिने भएकाले सीको भ्रमण त्यसअघि नै हुने भ्रमणमा सहभागी एक अधिकारीले बताए । सरकारले राष्ट्रपति सीलाई नेपालको राजकीय भ्रमण गर्न यसअघि नै निम्ता गरिसकेको छ । भेटमा राष्ट्रपति यादवले सीलाई नेपाल भ्रमण गर्न पुनः आग्रह गरेका थिए । चिनियाँ राष्ट्रपतिले सक्दो छिटो नेपाल भ्रमणको तिथि तय गर्न आफ्ना कूटनीतिक संयन्त्रलाई निर्देहन दिने जानकारी गराएको राष्ट्रपतिका सल्लाहकार हरि शर्माले बताए । शर्मा राष्ट्रपतिको भ्रमण टोलीमा थिए । सन् २०१५ को सीको भ्रमण सूचीमा भने नेपाल परेको छैन । सरकारले सीलाई नेपाल ल्याउन धेरै पहिलेदेखि पहल गर्दै आएको छ । सीले नेपालमा दिगो शान्तिका लागि संविधान लेखन छिटो सम्पन्न गर्न आग्रह गरेका थिए । ‘नेपालको विकास प्रक्रियामा सहयात्री हुन चीन तयार छ, ’ सीको भनाई उद्धृत गर्दै एक सहभागी अधिकारीले भने । पश्चिमा राष्ट्रले तिब्बतको विषयलाई अनावश्यक रुपमा उछालेको भन्दै उनले त्यसबारे नेपालले अपनाएको संयम र दृढताको प्रशंसा गरेका थिए । यादव र सीबिच बोआओस्थित ‘स्टेट गेस्ट हाउस’ मा भेटवार्ता भएको थियो । चिनियाँ राष्ट्रपतिले दिगो शान्ति र स्थायीत्वको कामना गर्दै नेपाल आर्थिक उन्नतिको बाटोमा अगाडि बढेको हेर्न आफूले चाहेको बताएको भ्रमणमा सहभागी सहरी विकासमन्त्री नरायण खड्काले जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE