Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

माधव नेपाल मेडिकल कलेजको सम्बन्धन पक्षमा

काठमाडौं, ‘बिपीको नाममा अस्पताल खोल्न पाइन्छ भेन मनमोहनका नाममा खोल्दा किन बिरोध ?’ यो भनाई हो, सत्तारुढ नेकपा एमाले नेता माधवकुमार नेपालको । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको नाक, कान, घाँटी विभागमा बुधबार आफन्त भेट्न पुगेका नेपालले अस्पतालका आवासीय चिकित्सकसँग आक्रोशित हुँदै मनमोहन मेडिकल कलेजले सम्बन्धन पाउनुपर्ने पक्षमा वकालत गरेका हुन् । उनलाई शिक्षण अस्पतालका आवासीय चिकित्सकले सामूहिक रुपमा डा.गोविन्द केसीका मागका विषयमा प्रश्न तेर्साएका थिए  एमाले नेता नेपाल मनमोहन मेमोरियलका संस्थापक सेयर सदस्य हुन्  । उनको सदस्यता नम्बर २ सय ३३ हो । ‘चिकित्सा शिक्षा नीति नबनी सम्बन्धन पाउनुहुन्न भनेको बेला एमालेका १ सय ४६ सभासदले मनमोहनको सम्बन्धनका पक्षमा हस्ताक्षर किन बुझाए ?’ विद्यार्थीले नेता नेपालसमक्ष जिज्ञासा राखे  । जवाफमा नेपालले कड्किँदै भने, ‘मनमोहनले पाउनुहुँदैन भन्ने मान्यता के ? बताउनुस् त मलाई, के कारणले पाइन्न त ? अरु मेडिकल केलेज (देवदह  र विराट) लाई सम्बन्धन दिँदा नीति नचाहिने, मनमोहनालाई दिँदा नीति चाहिने ? क्वालिटी मेन्टेन गरेको छैन भने सम्बन्धन पाउनुहुन्न, मापदण्ड पूरा गरेकाले पाउनुपर्छ ।’ उनले डा. केसीका जायज माग सम्बोधन गर्नुपर्ने तर एकतर्फी रुपमा मनमोहनको विरोध गर्न नहुने बताए । ‘केसीका भनाई जायज छन्, तर केस बाई केस हेर्नुपर्छ,’ उनले भने, ‘बिपीको प्रशंसा गर्ने हो भने मनमोहनको पनि गर्नुपर्छ, मनमोहनको, पुष्पलालको विरोध गर्न पाइन्न ।’ एघार दिनदेखि आमरण अनशनमा रहेका डा. केसीका माग पूरा गर्ने क्रममा मंगलबार बसेको मन्त्रीपरिषद आकस्मिक बैठकले चिकित्सा शिक्षा नीति र कानुन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरिसकेको छ  । काठमाडौं नेसनल, पिपल्स डेन्टल र नेपाल प्रहरीले तत्काल सम्बन्धन नपाउने भएका छन्  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE