Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

थप दुई मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

[caption id=\"attachment_82344\" align=\"alignleft\" width=\"750\"] सिंहदरबार[/caption] काठमाडौँ, ४ पुस । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार मन्त्री केसीको काठमाडौँको गोङ्गबुमा प्रतिमा केसीको नाममा १५ आना दुई पैसा, नुवाकोटको ओखरपौवामा उनकै नाममा २० रोपनी एक आना एक पैसा, नुवाकोटको विदुर नगरपालिकामा मन्त्री केसीकै नाममा छ आना दुई पैसा र ललितपुरको सैँबुमा प्रतिमा केसीको नाममा आठ आना एक पैसा तीन दाममा बनेका चारवटा घर रहेका छन् । मन्त्री केसीले गरेको सम्पत्ति विवरणमा काठमाडौँको साङ्लामा पाँच कित्तामा जग्गा छ । नौ आना दुई पैसा, १४ आना दुई पैसा, एक रोपनी ११ आना तीन पैसा, एक रोपनी छ आना, एक रोपनी छ आना गरी पाँच कित्ता जग्गा प्रतिमा केसीको नाममा भएको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसैगरी, प्रतिमाकै नाममा ललितपुरको हरिसिद्धि र उपमहानगरपालिकामा चार कित्ता जग्गा छ । ललितपुरमा जम्मा दुई रोपनी छ आना १२ पैसा दुई दाम जग्गा रहेको विवरणमा उल्लेख छ । मन्त्री केसीका नाममा ५० तोला सुन र ५२५ तोला चाँदी छ । त्यसैगरी विभिन्न बैंकमा गरी मन्त्री केसी र प्रतिमाका नाममा रु एक करोड ४४ लाख १५ हजार ९२२ बचत छ । साथै आफन्तलाई रु ३० लाख सापटी दिएको उनको सम्पत्ति विवरणमा खुलाइएको छ । उनी र प्रतिमाका नाममा विभिन्न बैंक र सहकारीमा रु दुई लाख २५ हजार सेयर छ । उनको नाममा बा२च ९१४७ नंको सवारी रहेको विवरणमा उल्लेख छ । अलैँची, फलफूल बाख्रा र बारीका काठ दाउरा बिक्रीबाट रु चार लाख ५० हजार आम्दानी भएको पनि सम्पत्ति विवरणमा उल्लेख छ । पर्यटनमन्त्रीको सम्पत्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरणमा आफू र श्रीमतीका नाममा हुम्ला र काठमाडौँमा गरी तीनवटा घर रहेको उल्लेख गरेका छन् । मन्त्री शाही र उनकी श्रीमती बसन्ती शाहीका नाममा हुम्ला, बाँके र काठमाडौँमा पुख्र्यौली जग्गा रहेको छ । काठमाडौँको मातातीर्थमा १५ रोपनी, हुम्ला खर्पुनाथमा २०० रोपनी र बाँके खजुरामा दुई बिगाहा जग्गा रहेका छन् । त्यस्तै, पैतृक सम्पत्तिको रुपमा ५७ तोला सुन र एक किलो चाँदी रहेको उहाँले उल्लेख गरेका छन् । मन्त्री शाहीको सिटिजन्स बैंकमा रु १६ लाख, श्रीमती वसन्ती शाहीका नाममा सोही बैंकमा रु २५ लाख तथा शुभचिन्तक सहकारीमा दुवै जनाको समान रु सात÷सात लाख बचत मौज्दात रहेको छ । त्यसैगरी, मन्त्री शाहीका नाममा चिलिमे हाइड्रोमा रु ३२ लाख रकमको २०० कित्ता सेयर, ज्योति विकास बैंकमा रु एक करोड ९५ लाख मूल्यको १० हजार कित्ता सेयर तथा श्रीमतीका नाममा शुभचिन्तक सहकारीमा एक हजार, माउन्ट कैलाश इनर्जीमा रु सात लाख ६८ हजार र कृषि बैंकमा २२९ कित्ता सेयर रहेको छ । व्यक्ति र सहकारी संस्थाका नाममा रु छ लाख ५० हजार ऋण बाँकी रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री शाहीसँग रु ३५ लाख मूल्यको कार र श्रीमतीका नाममा रहेको रु २० लाख पर्ने कार र रु एक लाखको स्कुटर छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending