Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भूकम्पबाट ध्वस्त विद्यालय भवन धमाधम निर्माण हुँदै

सिन्धुपाल्चोक, ५ पुस । भूकम्पले ध्वस्त भएको जिल्लाको विद्यालय भवनको निर्माण कार्य धमाधम भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा अहिले जिल्लाका विकट मानिने छ गाविसमा १६ विद्यालय निर्माणाधीन छन् भने दुई वर्षभित्र ३१ विद्यालय निर्माण हुने जनाइएको छ । जिल्लाको विकट तथा केही नजिकका गाविसमा कारितास स्विटजरल्यान्डको सहयोग र टुकी सङ्घ सुनकोसी तथा महिला आत्मनिर्भरताको समन्वयमा पाँचवटा विद्यालय पुनःनिर्माण भइसकेको छ भने बाँकी निर्माण प्रक्रियामा छन् । विसं २०१८ सम्ममा जम्मा ३१ विद्यालय बनाउने उद्देश्य रहेको कारितास स्विटजरल्यान्डका राष्ट्रिय निर्देशक बन्र्ड सेफरले जानकारी दिए । विद्यालय निर्माणको कार्यमा सक्रिय रहेको बताउँदै सेफरले विभिन्न सङ्घसंस्थाको समन्वयमा जिल्लाको हेलम्बु, दुवाचौर, इचोकलगायत सात गाविसमा पाँचवटा सामुदायिक विद्यालय निर्माण गरिसकेको जानकारी दिए । निर्माण कार्य सम्पन्न भएका पाँच विद्यालय र निर्माणको चरणमा रहेको १० विद्यालय गरी जम्मा ३१ विद्यालय निर्माण गर्ने लक्ष्य रहेको सेफरले बताए । रु डेढदेखि पाँच करोडको लगानीमा कारितास स्विटजरल्यान्ड, महिला आत्मनिर्भरता केन्द्र र टुकी सङ्घ सुनकोसीको समन्वयमा भूकम्प प्रतिरोधी तथा बालमैत्री र अपाङ्गमैत्री भवन समेत निर्माण गरिएको कारितासले जनाएको छ । भूकम्पपछि लगत्तै कारितास स्विटजरल्यान्ड, टुकी सङ्घ सुनकोसीलगायतका सङ्घसंस्थाले जिल्लाको विभिन्न क्षेत्रमा पक्की भवन बनाएर सहयोग गर्दै आइरहेको जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताउनुभयो । भवन सँगसँगै हेल्भेटास नेपाललेको सहयोगमा विद्यालयमा खानेपानीको सुविधा समेत दिएको छ । विद्यालय नजिका सबै स्थानीयलाई समेत खानेपानीको सुविधा उपलब्ध गराएको हेल्भेटासले ट्याङ्की निर्माण गरेर खानेपानीको सुविधा थपिदिएको हो । विद्यालयका बालबालिका उपस्थिति दर बढाउन, विद्यार्थी प्रोत्साहान गर्न, अभिभावक शिक्षा, छात्रवृत्ति, शिक्षक तालिम, बालमैत्री विद्यालय तालिमलगायतका विभिन्न कार्याक्रम संचालन गरिरहेको टुकी सङ्घ सुनकोसीका कार्याक्रम संयोजक निराजन चौलागाईंले बताए । सिन्धुपाल्चोक जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार भूकम्पपछि आधारभूत विद्यालय ४११ माध्यमिक विद्यालय १३१ गरी जम्मा ५४२ विद्यालय रहेका छन् । विभिन्न सङ्घसंस्थाको सहयोगमा जिल्लामा जम्मा एक हजार ८२७ कक्षाकोठा बन्न लागेका छन् । जसमध्ये ४१० वटा कक्षा कोठा निर्माणाधीन रहेको र बाँकी ७७० कक्षाकोठा बन्ने तयारी रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । शिक्षा कार्यालयका अनुसार अहिले आठ हजार २३२ कक्षाकोठा निर्माणको लागि आवश्यक देखिएको छ । आधारभूत कक्षा सञ्चालनको लागि चार हजार १२, र माध्यमिक तहको लागि चार हजार २२० कक्षाकोठा निर्माण हुनुपर्ने शिक्षा कार्यालयले जनाएको छ ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending