Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

किन सँगै बस्दैनन् पारस र हिमानी ?

\"\"काठमाडौं, ६ पुस । आफ्ना उद्दण्ड गतिविधि र पारिवारिक किचलोका कारण सधैँ चर्चा र विवादमा छाइरहने पूर्वयुवराज पारस शाह पछिल्ला दिनमा गुमनामझैँ छन् । कुनै वेला रक्सी, गाँजा, चरेस र झैझगडा उनको पर्यायझैँ मानिन्थ्यो । यिनै कारणले पारस सधैँ समाचारमा छाइरहन्थे । तर, पछिल्लो समय उनी समाचारका हेडलाइन पनि बन्न छाडेका छन् । पारसनिकट स्रोतका अनुसार पछिल्लो समय उनले मदिरा र लागुऔषधको लत त्यागेर ध्यान र योग गर्ने बानी बसालेका छन् । आध्यात्मिक बहस गर्न रुचाउँछन् । वेलावेलामा पुराना सहपाठी र साथीहरूसँग भेटघाट र छलफल गर्छन् । वेलावेला आफू पढेको बूढानीलकण्ठ स्कुल गएर फुटबल र गोकर्ण पुगेर गल्फ पनि खेल्छन् । पूर्वयुवराज पारस बैंककमा एक्लै लामो समय बसे । त्यहीँ उनी गम्भीर बिरामीसमेत भए । बैंककको रामरउसमा दिन कटाएका पारस बिग्रिएको स्वास्थ्य लिएर १९ चैत ०७१ मा थाई एयरबाट काठमाडौं ओर्लिए । यद्यपि, बैंककमा उनको उपचार गरिएको थियो । विमानस्थलमा पारसको स्वागतका लागि शिवसेनाको नेतृत्वमा ठूलो भीड जम्मा भएको थियो । बुबाआमा, पत्नी र छोराछोरी बसिरहेको निर्मलनिवास नगएर उनी पूर्वआइजिपी हेमबहादुर सिंहका छोरा प्रभञ्जन सिंहको बा।३च ५४०६ नम्बरको गाडी चढेर चण्डोलस्थित कुन्डलिनी क्लब पुगे । स्रोतका अनुसार त्यतिवेला पारसले पत्नी हिमानी आफूलाई लिन विमानस्थल आउने अपेक्षा गरेका थिए । उनको चाहना सीधै निर्मलनिवासमा गएर बस्ने थियो । तर, न हिमानी विमानस्थल गइन् न त पारसलाई निर्मलनिवासमा प्रवेशको अनुमति दिइयो । ‘शुभसाइत’ जुराएर मात्रै दरबारमा भित्राउने भनियो । पारसलाई कुुुन्डलिनी क्लबमै बस्ने चाँजोपाँजो मिलाइयो । त्यहाँ पारस १० दिन बसे । पारसले क्लबमै छोराछोरी र बहिनीहरूसँग भेटघाट गरे । छोराछोरीसँगको फोटो पनि उनले सार्वजनिक गरे । कुन्डलिनी क्लबबाट पारस बहिनी शीताष्मा ९काका धीरेन्द्र शाहकी माइली छोरी०को घर जीवनकुञ्ज सरे । बैंकक बसाइमा पारसलाई खर्चको जोहो गरेर साथ पनि शीताष्माले नै दिने गरेकी थिइन् । पारस काठमाडौं आएको महिना दिन नबित्दै १२ वैशाख ०७२ मा गएको भूकम्पले जीवनकुञ्ज चर्कियो । शीताष्माको परिवार जीवनकुञ्जबाट ललितपुरको सुनाकोठीस्थित विकास राणाको घर भाडामा लिएर बस्न थाल्यो । पारस पनि शीताष्माको परिवारसँगै त्यहीँ बसिरहेका छन् । पारस र हिमानीको वैवाहिक सम्बन्ध सुमधुर छैन । पारस नेपाल फर्केको दुई वर्षको अवधिमा उनीहरूबीच दुई–चारपटक मात्रै भेट भएको स्रोतहरू बताउँछन् । त्यो पनि औपचारिकतामा मात्रै सीमित हुने गर्छ । गएको दसैँ–तिहारमा पारिवारिक भेटघाट भयो । त्यसअघि १५ असोज ०७३ मा हिमानीको जन्मदिनको अवसरमा पारसले सोल्टी होटेलमा हिमानीसहित परिवारका अन्य सदस्यसँग भेटघाट गरेका थिए । त्यसयता उनीहरूबीच भेटघाट नभएको स्रोत बताउँछ । ‘भविष्य हेर्ने’ केही माताले दरबारलाई दिने सुझाबले पनि पारस र हिमानीलाई सँगै बस्न दिएको छैन । ग्रहदशा बिग्रिएको भन्दै डेढ वर्ष पति–पत्नी छुट्टाछुट्टै बस्नुपर्ने सुझाब माताहरूले दरबारलाई दिएका छन् । पारसका मित्र प्रभञ्जन सिंहले दरबारमा थरीथरीका सुझाब पुगेकाले राजपरिवारका सदस्यबीच बेमेल देखिएको बताए । निर्मलनिवास पुग्ने हरेक माताले डेढ वर्ष पति–पत्नी सँगै बस्न नहुने र ०७४ सालपछि राजतन्त्र फर्किने सुझाब नछुटाई दिने गरेको पारसनिकट स्रोत बताउँछ । सविता सरु र अर्की एक माताले अझ धेरै यस्ता सुझाब दिने गरेका छन् । पूर्वयुवराज पारस पछिल्लो समय पूजापाठमा पनि सक्रिय छन् । विभिन्न मठमन्दिर पुगेर पूर्जाअर्चना गरिरहेका छन् । पछिल्लोपटक २६ मंसिर ०७२ मा उनी बहिनी शीताष्माका साथमा ललितपुरको बगलामुखी मन्दिरको दर्शन गर्न गएका थिए । पारसका मित्रहरूका अनुसार वेलावेलामा हजुरआमा रत्नलाई भेट्न नारायणहिटी पनि पुग्छन् । वेलावेलामा पुराना साथीसँग भेटघाट र छलफल पनि गर्छन् । पारसका मित्र प्रभञ्जनका अनुसार बिहान ५ बजे उठिसक्ने पारस योगा र ध्यान गर्छन् । कहिलेकाहीँ बूढानीलकण्ठ स्कुलमा फुटबल र गोकर्ण पुगेर गल्फ पनि खेल्ने गरेको उनले बताए । पारस राजनीतिभन्दा आध्यात्मिक पुस्तकमा बढी रुचि राख्छन् । उनी कहिलेकाहीँ मृगस्थली पुगेर मित्र प्रभञ्जनसँग आध्यात्मिक बहस पनि गर्छन् । अचेल योगी व्यग्र वेदनाथ बनेका प्रभञ्जनसँग पारसको बढी संगत छ । आर्ट अफ लिभिङदेखि पूर्वीय दर्शनका सन्त–महन्तहरूसँगको छलफल एवं अन्तक्र्रियामा उनले जोड दिइरहेको प्रभञ्जनले बताए । ‘आध्यात्म र हिन्दूधर्म दर्शनका मौलिक पक्षलाई विश्वभर विस्तार गर्नुपर्छ र त्यसको संरक्षणमा जोड दिनुपर्छ भन्नेमा बढी नै चासो राख्नुहुन्छ,’ उनले भने । गत ३१ जेठमा मित्र प्रभञ्जनकै योजनामा पूर्वयुवराज पारस खप्तड पनि पुगेका थिए । उनको टोलीमा बहिनी शीताष्मा, प्रभञ्जन, राजेन्द्र सिंह, राजेश सिंहलगायत सहभागी थिए । उनीहरूले खप्तड यात्रामा १० दिन बिताएका थिए । २८ जेठ ०७३ मा पोखरा पुगेका पारस केही दिन पुराना सहपाठीसँगको जमघटमा रमाए । बूढानीलकण्ठ स्कुलमा सँगै ९सन् १९८३–१९९० एडी० पढेका उनका सहपाठीले जलमहल रिसोर्टमा ग्रान्ड गेट–टुगेदर गरेका थिए । जलमहलका म्यानेजर दिनेश प्रसाईं पारसका सहपाठी पनि हुन् । प्रभञ्जनका अनुसार पारस सहपाठीसँग मिलेर विद्यालयमा पुस्तक, खेलकुदका सामग्री वितरण गर्नेजस्ता सामाजिक कार्यमा संलग्न भइरहेका छन् । ८ माघ ०७२ मा पारस रुद्रायणी देवीको दर्शनका लागि ललितपुरको खोकना पुगेका थिए । २३ भदौ ०७३ मा उनले दक्षिणकाली मन्दिर पुगेर कुलदेवीको पूजाअर्चना गरेका थिए । त्यहाँबाट फर्किंदा चोभारस्थित जलविनायक मन्दिरमा प्रसाद ग्रहण गरे । २५ साउन ०७३ मा पारस पशुपति दर्शन गर्न गएका थिए । गज्जव साप्ताहिकबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy