Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

प्रविधि क्षेत्रमा संसारका सबैभन्दा बढि तलब थाप्ने ८ महिला

काठमाडौं, नेपालजस्ता मुलुकमा धानी–गरिब र महिला–पुरुषको भेदभाव छ । महिलालाई श्रममा शोषण गरिन्छ भन्ने गुनासो पनि गरिन्छ । आजको कारोबार दैनिकमा समीर रेग्मी लेख्छन्– महिलाको संलग्नता उच्च ओहोदामा नहुनु पनि कम विकसित देशकाे समस्या हाे । तर,विश्वमा यस्ता  महिला  पनि छन्, जो पुरुषभन्दा धेरै तलब पाउँछन् र उनीहरु उच्च ओहोदामा पनि छन् । यी हुन् सिलिकन भ्यालीका प्रविधि क्षेत्रका वार्षिक उच्च तलब खाने महिलाहरु । १. सफ्रा क्याट्ज सूचना–प्रविधिको तीव्र विकासमा योगदान गर्नेमा महिलाले नेतृत्व गरेका कम्पनीमा संलग्न महिलामध्ये सबैभन्दा बढी तलब खाने महिला हुन् सफ्रा क्याट्ज प्रविधि क्षेत्रका कम्पनीमध्ये उच्च तलब खाने महिला पर्छिन् । उनले ३ करोड ७७ लाख अमेरिकी डलर वार्षिक तलब लिने गरेकी छिन् । उनीसँगै मार्क हर्ड पनि गत वर्ष ओ–याकलको सीइओ भएकी थिइन् । उनीहरुले गत वर्ष ल्यारि इलिसनलाई विस्थापित गरेका थिए । इलिसन विश्वमै बढी तलब खाने कार्यकारी मध्येमा परेकी छिन् । २. म्यारिसा मेयरः प्रविधि कम्पनीको सीइओ भएर बढी तलब खानेमा याहुकी म्यारिसा मेयर पनि हुन् । उनले वार्षिक २ करोड ४९ लाख अमेरिकी डलर तलब बुझ्दै आएकी छिन् । याहुले अहिलेसम्म पनि २०१४ को विवरण सार्वजनिक गरेको छैन । तर, २०१३ मा मेयर प्रविधि क्षेत्रको महिला कार्यकारीमा बढी तलब खानेमा परेकी थिइन् । ३.मेग ह्विटम्यानः हेलवेट प्याकार्डकी सीइओ मेग ह्विटम्यानले वार्षिक तलबस्वरुप १ करोड ९६ लाख डलर बुझ्दै आएकी छिन् । उनको यो तलब प्रविधि क्षेत्रका महिला सीइओले बुझ्ने गरेको उच्चमध्येमा परेको छ । यो कम्पनीलाई उनले २ छुट्टै कम्पनीको रुपमा विभाजन गर्ने लक्ष्य लिएकी छन् । कम्पनीको विभाजनपछि ह्विटम्यान एचपी इन्टरप्राइजेजको सीइओ र पीसी र प्रिन्टर व्यवसायको अध्यक्ष हुनेछिन् । ४. गिनी रोमेटीः गिनी रोमेटी आइबीएमको सीइओ हुन् । उनले वार्षिक १ करोड ९३ लाख अमेरिकी तलब बुझ्दै आएकी छिन् । विगतका वर्षहरुमा अन्य प्रतिस्पर्धीसँग संघर्षरत अवस्थामा रहेका बेला उनको यो पदलाई पनि चुनौतीको रुपमा हेरिएको थियो । ५. सेर्ली स्याण्डबर्गः सेर्ली स्याण्डबर्ग फेसबुककी सिइओ हुन् । उनले तलबस्वरुप वार्षिक १ करोड ६९ लाख डलर बुझ्दै आएी छिन् । फेसबुकले हालसम्म पनि गत वर्षको वैकल्पिक विज्ञप्ति सार्वजनिक गरेको छैन । तर, २०१३ लाई आधार मान्ने हो भने उनी विश्वमा नै बढी तलब खाने मध्येमा परेकी छिन् । ६. एमी हुडः माइक्रोसफ्टकी सीएफओ एमी हुड पनि प्रविधि क्षेत्रमा बढी तलब खाने महिलामा परेकी छिन् । उनले वार्षिक १ करोड ४० लाख तलब बुझ्ने गरेकी छिन् । सूचना–प्रविधिको क्षेत्रमा काम गर्ने महिलामा बढी तलब खाने विश्वमा उनी छैठौँ स्थानमा छिन् । ७. उर्सुला बर्नसः जेरोक्सकी सीइओ उर्सुला बर्नस पनि प्रविधि क्षेत्रका महिलामध्ये बढी तलब खानेमा परेकी छिन् । उनको वार्षिक तलब १ करोड २० लाख अमेरिकी डलर छ । जेरोक्सले हालसम्म पनि गत वर्षको तलब विवरण सार्वजनिक नगरे पनि २०१३ मा उनी विश्वका प्रविधि क्षेत्रमा बढी तलब खाने महिला मध्येमा परेकी थिइन् । ८. रुथ पोराटः हाल गुगलकी सीएफओ रहेकी मोर्गान स्ट्यानलीका पूर्व सीएफओको वार्षिक तलब गुगलमा ७ करोड अमेरिकी डलर छ  यो तलबसहित उनी प्रविधि क्षेत्रका महिलामा सर्वाधिक तलब खाने महिलामा परेकी छिन् । स्ट्यानली सन् २०१० देखि नै गुगलसँग आबद्ध छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE