Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्रविधि क्षेत्रमा संसारका सबैभन्दा बढि तलब थाप्ने ८ महिला

काठमाडौं, नेपालजस्ता मुलुकमा धानी–गरिब र महिला–पुरुषको भेदभाव छ । महिलालाई श्रममा शोषण गरिन्छ भन्ने गुनासो पनि गरिन्छ । आजको कारोबार दैनिकमा समीर रेग्मी लेख्छन्– महिलाको संलग्नता उच्च ओहोदामा नहुनु पनि कम विकसित देशकाे समस्या हाे । तर,विश्वमा यस्ता  महिला  पनि छन्, जो पुरुषभन्दा धेरै तलब पाउँछन् र उनीहरु उच्च ओहोदामा पनि छन् । यी हुन् सिलिकन भ्यालीका प्रविधि क्षेत्रका वार्षिक उच्च तलब खाने महिलाहरु । १. सफ्रा क्याट्ज सूचना–प्रविधिको तीव्र विकासमा योगदान गर्नेमा महिलाले नेतृत्व गरेका कम्पनीमा संलग्न महिलामध्ये सबैभन्दा बढी तलब खाने महिला हुन् सफ्रा क्याट्ज प्रविधि क्षेत्रका कम्पनीमध्ये उच्च तलब खाने महिला पर्छिन् । उनले ३ करोड ७७ लाख अमेरिकी डलर वार्षिक तलब लिने गरेकी छिन् । उनीसँगै मार्क हर्ड पनि गत वर्ष ओ–याकलको सीइओ भएकी थिइन् । उनीहरुले गत वर्ष ल्यारि इलिसनलाई विस्थापित गरेका थिए । इलिसन विश्वमै बढी तलब खाने कार्यकारी मध्येमा परेकी छिन् । २. म्यारिसा मेयरः प्रविधि कम्पनीको सीइओ भएर बढी तलब खानेमा याहुकी म्यारिसा मेयर पनि हुन् । उनले वार्षिक २ करोड ४९ लाख अमेरिकी डलर तलब बुझ्दै आएकी छिन् । याहुले अहिलेसम्म पनि २०१४ को विवरण सार्वजनिक गरेको छैन । तर, २०१३ मा मेयर प्रविधि क्षेत्रको महिला कार्यकारीमा बढी तलब खानेमा परेकी थिइन् । ३.मेग ह्विटम्यानः हेलवेट प्याकार्डकी सीइओ मेग ह्विटम्यानले वार्षिक तलबस्वरुप १ करोड ९६ लाख डलर बुझ्दै आएकी छिन् । उनको यो तलब प्रविधि क्षेत्रका महिला सीइओले बुझ्ने गरेको उच्चमध्येमा परेको छ । यो कम्पनीलाई उनले २ छुट्टै कम्पनीको रुपमा विभाजन गर्ने लक्ष्य लिएकी छन् । कम्पनीको विभाजनपछि ह्विटम्यान एचपी इन्टरप्राइजेजको सीइओ र पीसी र प्रिन्टर व्यवसायको अध्यक्ष हुनेछिन् । ४. गिनी रोमेटीः गिनी रोमेटी आइबीएमको सीइओ हुन् । उनले वार्षिक १ करोड ९३ लाख अमेरिकी तलब बुझ्दै आएकी छिन् । विगतका वर्षहरुमा अन्य प्रतिस्पर्धीसँग संघर्षरत अवस्थामा रहेका बेला उनको यो पदलाई पनि चुनौतीको रुपमा हेरिएको थियो । ५. सेर्ली स्याण्डबर्गः सेर्ली स्याण्डबर्ग फेसबुककी सिइओ हुन् । उनले तलबस्वरुप वार्षिक १ करोड ६९ लाख डलर बुझ्दै आएी छिन् । फेसबुकले हालसम्म पनि गत वर्षको वैकल्पिक विज्ञप्ति सार्वजनिक गरेको छैन । तर, २०१३ लाई आधार मान्ने हो भने उनी विश्वमा नै बढी तलब खाने मध्येमा परेकी छिन् । ६. एमी हुडः माइक्रोसफ्टकी सीएफओ एमी हुड पनि प्रविधि क्षेत्रमा बढी तलब खाने महिलामा परेकी छिन् । उनले वार्षिक १ करोड ४० लाख तलब बुझ्ने गरेकी छिन् । सूचना–प्रविधिको क्षेत्रमा काम गर्ने महिलामा बढी तलब खाने विश्वमा उनी छैठौँ स्थानमा छिन् । ७. उर्सुला बर्नसः जेरोक्सकी सीइओ उर्सुला बर्नस पनि प्रविधि क्षेत्रका महिलामध्ये बढी तलब खानेमा परेकी छिन् । उनको वार्षिक तलब १ करोड २० लाख अमेरिकी डलर छ । जेरोक्सले हालसम्म पनि गत वर्षको तलब विवरण सार्वजनिक नगरे पनि २०१३ मा उनी विश्वका प्रविधि क्षेत्रमा बढी तलब खाने महिला मध्येमा परेकी थिइन् । ८. रुथ पोराटः हाल गुगलकी सीएफओ रहेकी मोर्गान स्ट्यानलीका पूर्व सीएफओको वार्षिक तलब गुगलमा ७ करोड अमेरिकी डलर छ  यो तलबसहित उनी प्रविधि क्षेत्रका महिलामा सर्वाधिक तलब खाने महिलामा परेकी छिन् । स्ट्यानली सन् २०१० देखि नै गुगलसँग आबद्ध छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: