Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

दोलखाकी युवतीको शव कतारमा अलपत्र

\"\"दोलखा, ६ पुस । कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दु थामीको गत मङ्सिर २४ गते रहस्यमयरुपमा मृत्यु भएको थियो । कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको हो । तर दुई साता बित्न लाग्दा समेत घटनाको छानबिन र शव स्वदेश ल्याउनेबारे सम्बन्धित निकायले कुनै पहल नगरेको मृतकका भाइ गोविन्द थामीले बताए । “घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभागलगायतका निकायमा गए पनि कुनै सुनुवाइ भएको छैन,” उनले भने । कोठामा सँगैबस्ने दोलखा सुष्पाक्षमावती माइती घर भई सिन्धुपाल्चोक विवाह गरेकी सुशीला बुढाथोकीको प्रत्यक्ष संलग्नतामा उनको हत्या भएको आफन्तजनको आरोप छ । आफन्तजनका अनुसार सुशीलासँग गम्भीर विवाद भएको भोलिपल्ट विन्दुलाई मृत भेटिएको हो । मृतकको शव दोहास्थित एक अस्पतालमा रहेको र त्यहाँको प्रहरीले घटनाबारे केही छानबिन गरिरहेको बताइएको छ । मृतकका आफन्तजनले भने एकपक्षीय रुपमा घटनाको छानबिन गराएर घटनालाई आत्महत्या बनाई दोषीलाई उन्मुक्ति दिने र पीडित परिवारलाई क्षतिपूर्ति नदिलाउने चलखेल भइरहेको बताएका छन् । मृतकका दाइ सपुन थामीले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको र सुशीलासँग विवाद हुनुनै हत्याको प्रमाण भएको बताए । तर प्रमाण नष्ट गरेर हत्यारालाई उन्मुक्ति दिने र आफूहरुलाई थप पीडा दिने काम भइरहेको उनको गुनासो छ । घटना भएको जानकारी पाएदेखिनै मृतकका आफन्तजन नुन बारेर बसेका छन् । मृतक थामीलाई काठमाडौँ धापासीस्थित एसओएस मेनपावरले क्लिनरको रुपमा डेढ वर्षअघि कतार पठाएको हो । उक्त कम्पनीले कतारबाट प्रहरी रिपोर्ट प्राप्त भएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्नसक्ने जनाएको छ । असुरक्षित मानिएको खाडीमुलुकमा यसअघि महिला कामदार पठाउन सरकारले प्रतिबन्ध लगाए पनि फुकुवा गरिसकेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending