Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सातौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज

\"\"विराटनगर, ८ पुस । बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको सातौं संस्करण शुक्रबारदेखि पूर्वाञ्चलको विराटनगरमा औपचारिक रूपमा सुरु हुने भएको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, खेलकुदमन्त्री, सरकारी अधिकारीहरुको पनि विशेष उपस्थिति रहने भएको छ । खेलको उद्घाटन अपरान्ह ३ बजे हुने भएको छ । विभिन्न कारणले पटकपटक स्थगित हुँदै निर्धारित समयभन्दा करिब पाँच वर्षपछि खेल हुन लागेको हो । पहिलो पटक पूर्वाञ्चल विकास क्षेत्रमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको छ । राष्ट्रिय खेलकुदको छैटौं संस्करण सूदूरपश्चिमाञ्चलको कैलाली र कञ्चनपुरमा २०६८ साल फागुन १४ देखि २१ गतेसम्म भएको थियो । प्रतियोगितामा पाँचवटा विकास क्षेत्रका टोलीसँगै तीनवटा विभागीय टोली आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबका खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी गरी कुल पाँच हजार आठ सय ४९ जनाको सहभागिता रहनेछ । प्रतियोगितामा जिल्ला र क्षेत्रीय छनोट पार गरी आएका कुल तीन हजार नौ सय ७२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सातौं खेलकुदमा विभिन्न ३० वटा खेल समावेश गरिएको छ । प्रतियोगिताका खेलहरू पूर्वाञ्चलका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, धनकुटा र उदयपुरमा आयोजना हुनेछन् । यसैगरी भौतिक पूर्वाधारको अभावका कारण स्क्वास ललितपुरमा, लनटेनिस कास्कीमा र फेन्सिङ काठमाडौंमा आयोजना हुनेछन् । प्रतियोगितामा दुई सय ९४ स्वर्ण, दुई सय ९४ रजत र चार सय ४७ कांस्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । तर पदक तालिकामा भने दुई सय ६८ स्वर्ण, दुई सय ६८ रजत र चार सय १६ वटा कांस्य पदकमात्र गणना गरिनेछ । सातौं राष्ट्रिय खेलकुदअन्तर्गतका पौडी, ट्रायथलन र शारीरिक सुगठनका प्रतियोगिता भने करिब एक वर्षअघि नै सम्पन्न भइसकेका छन् । बृहत राष्ट्रिय खेलकुदअन्तर्गत शुक्रबारदेखि पुरुष क्रिकेट सुरु हुनेछ । महिला फुटबल पुस २ देखि नै सुरु भइसकेको छ । बैजनाथपुरको १५ विघा मैदानमा सुरु हुन लागेको क्रिकेटअन्तर्गत पहिलो खेल सशस्त्र प्रहरीको एपीएफ र मध्यपश्चिमाञ्चलबीच हुनेछ । सशस्त्रको टोलीमा राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित राष्ट्रिय खेलाडी छन् । आगामी सन् २०१९ मा नेपालमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) आयोजन हुने भएकाले सातौं खेलकुदलाई त्यसैको तयारीका रुपमा पनि लिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending