Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

जादुगरी कुलमान घिसिङ सडकदेखि फेसबुकसम्म

\"\" काठमाडौं, ९ पुस । यतिबेला सडकदेखि सामाजिक सञ्जालसम्म दुई जना ब्यक्तिको चर्चा निकै हुने गरेको छ, एक जना लोकमान सिंह कार्की अर्का कुलमान घिसिङ । लोकमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त हुन् भने कुलमान नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक । फरक यति छ कि सडकदेखि सामाजिक सञ्जालसम्म लोकमानको विरोध भइरहेका छन् भने कुलमानको हाइहाइ भइरहेको छ । हालैमात्र विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक बनाइएका कुलमानको त्यत्तिकै हाइहाइ भएको होइन । माग धान्न नसकेर दैनिक १९ घण्टासम्म पनि लोडसेडिङ गर्नुपर्ने अहिलेकै उत्पादित विजुलीको उचित ब्यवस्थापन गरेर काठमाडौंलाई लोडसेडिङमुक्त गराएका छन् भने अहिलेकै उत्पादित विजुलीबाट देशैभर लोडसेडिङमुक्त गराउने योजनामा छन् । हालैमात्र भारतसँग ८० मेगावाट विद्युत सम्झौता भएपछि त झनै कुलमानको योजना साकार हुने निश्चित भएको छ । कुलमानको विद्युत ब्यवस्थापकीय कार्यकुशलताको जस वर्तमान नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले पाइरहेको छ । कुलमानले चमत्कार गरिदिएको भन्दै युवाहरु सडकमा कुलमानको जयजयकार गरिरहेका छन् भने सामाजिक सञ्जालमा फ्यान क्लव बनाएर ‘कुलमानलाई काम गर्न देउ’ भन्ने फेसबुक पेज नै बनाएका छन् । कुलमान नेपाल विद्युत प्राधिकरणमा गत भदौ अन्तिममा नियुक्त भएका थिए । प्राधिकरणको नेतृत्व सम्हालेको दुई महिनामै उनले जादुमय तरिकाले राजधानीलाई लोडसेडिङमुक्त बनाइदिए । फ्यानक्लवले यसरी गरेको छ चर्चा ः जादुमय काम गर्ने कुलमान को हुन ? कुलमान घिसिङ रामेछापको एउटा दुर्गम गाउँ बेथानमा जन्मिएका हुन् । उनको प्राथमिक शिक्षा गाउँमै वित्यो । विकट गाउँमा जन्मिएकाले टुकी बालेर पढ्दा निधारमा झरेको उनको कपाल धेरै पटक जल्यो । नाकमा धेरैपटक कालो ध्वाँसो बस्यो । ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौं आए । जब कुलमान काठमाडौँ आए त्यसपछिमात्रै उनले विजुली देखे । काठमाडौँ आएपछि उनले बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे। अस्कल क्यापसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट सन् १९९४ मा इलेक्ट्रिकल इन्जिनियरिङ् गरे । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका उनले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन् । यसर्थ कुलमान एउटा इन्जिनियरमात्रै होइनन् उनी एक कुशल व्यवस्थापक पनि हुन् । उनको पढाइ र कामको तादाम्यताले पनि अहिले मुर्त रुप पाएको छ ।  कुलमान यसअघि विवादमा नपरेका ब्यक्ति भने होइनन् । एमाले नेतृ राधा ज्ञवाली ऊर्जामन्त्री भएकाबेल उनी राजनीतिक खिचातानीको शिकार भएका थिए । सन् १९९४ मा इन्जिनियरिङ् सकेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियर भए । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे विद्युत परियोजनाको जिम्मेवारी पाए । चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजनाहरूको निर्माण सुरु गरेका उनी पछि सो योजनाबाट हटाइए । त्यतिबेला उनी तत्कालीन उर्जामन्त्री राधा ज्ञवालीको दबाबमा जिम्मेवारीबाट हटाइएका थिए । आयोजनाबाट हटाइएर प्राधिकरणको केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् । ११औँ तहका कर्मचारी रहेका घिसिङ गत भदौ २९ गत नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भए। प्राधिकरणको निर्देशकमा नियुक्त भएपछि उनी जादुमय तरिकाले राजधानीलाई लोडसेडिङमुक्त बनाएर चर्चामा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending