Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

'प्रचण्डजी लाठी र भाला बोकेर नतर्साउनुस्’

सुर्खेत, प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले हातमा लाठी देखाउँदैमा सरकार नतर्सने बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– संविधान निर्माणका लागि सरकार हदैसम्मको लचक हुन तयार रहेको भन्दै प्रधानमन्त्री कोइरालाले लाठी र भाला छोडेर सहमतिमा आउनसमेत प्रचण्ड नेतृत्वको मोर्चालाई आव्हान गरे । सुर्खेतमा बिहीबार भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री कोइरालाले धम्काउने र तर्साउने काम बन्द गरी सहमतिमा आउन एमाओवादीका अध्यक्ष प्रचण्डलाई आग्रह गरेका हुन् । ‘‘विपक्षीका माग पूरा गर्न सरकार लचिलो भइरहेको छ, अब प्रचण्डले तर्साउने र घुक्र्याउने काम बन्द गर्नुपर्छ’, प्रम कोइरालाले भने, ‘‘एमाओवादी अध्यक्ष प्रचण्ड लचिलो हुनेबित्तिकै राजनीतिक गतिरोध पनि अन्त्य हुन्छ ।’ वर्तमान सरकारले कुनैपनि हालतमा नयाँ संविधान जारी गर्ने प्रधानमन्त्री कोइरालाले दाबी गरे । ‘‘हामीले सहमतिमै संविधान जारी गरौं भनेकै छौं, तर प्रचण्डजी अहिले पनि लाठी देखाएर तर्साउनुहुन्छ’, उनले भने, ‘संघर्ष त हामीले धेरै गरिसक्यौ, अब के का लागि धम्काउनु प¥यो र ?’ संविधानसभा निर्वाचनमा हारेकै कारण नअत्तिन पनि उनले एमाओवादीलाई आग्रह गरे । ‘हामीले पनि हिजो हारेका थियौं, एकपटक चुनाव हार्दैमा सडकमा गएर तर्साउने काम नगर्नुस्’, उनले भने, ‘संविधानसभाबाटै सबै समस्याको समाधान सम्भव छ, वार्ता र छलफलबाटै निकास खोजौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: