Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

गगन थापाका १० प्रष्टोक्ति– ‘नयाँ अनुहार देखेर आकर्षित हुने त कति भयो, कति !’

गगन थापा राजनीतिका एक चर्चित पात्र हुन् । राजनीतिको चर्चाको केन्द्रमा रहने गगन थापालाई आफ्ना बारेमा पुनर्विचार गर्नुनपरेको उनि स्वंम ठान्छन् । संविधानसभाका सदस्य समेत रहेका उनै गगन थापासँग खबरडबली सहकर्मी नरेश ज्ञवालीले कुराकानीको आधारमा तयार पारेका १० प्रष्टोक्ति : १.गल्ती जीवनलाई नै परिवर्तन गर्ने खालका गल्तीहरु त कहिल्यै गरिएन । साधारण गल्तीहरु अनगिन्ती गरिए । जस्तै प्रत्येक दिन यो काम यस्तो गरिएको भए अथवा यसलाई यसरी अगाडि बढाइएको भए हुनेरहेछ भनेजस्तो भैरहन्छ । अहिलेसम्म ठूलो, ‘मेजर’ गल्ती गरेको छैन । म आम मानिस हुँ । जीवन निर्वाह गर्ने क्रममा मैले धेरैवटा ह्याट लगाएको छु । म छोरा हुँ, श्रीमान् हुँ, बुबा हुँ र परिवारदेखि समाजसम्मको सदस्य हुँ । यस्तै थुप्रै ह्याट लगाउँदै गर्दा, छोरा भएर गरिएका हजारौं गल्ती छन् । छोरीको बुबाका रुपमा गरिएका सयौं गल्ती छन् । ‘गल्ती’ भन्दा पनि कयौं सन्दर्भमा हुनगएका ती ‘कमजोरी’ होलान् । कमजोरी र गल्तीबीचको भेद छुट्टाउन गाह्रो हुन्छ । आम मानिस हुनुको नाताले आम मानिसकै रुपमा गरिएको सयौं गल्ती–कमजोरी होलान् । पछाडि फर्केर हेर्दै गर्दा ती कमजोरीहरुमा अझै ‘बेस्ट’ गर्न सकिन्थ्यो जस्तो लाग्छ । २.झुट म मान्दिनँ । एउटा गृहस्थ जीवनमा बाँधिएको मान्छे आफ्नो दैनिक जीवन चलाउने सन्दर्भमा सहजताका निम्ति, सम्बन्धका निम्ति र कतिपय सन्दर्भमा मानिसहरुलाई दुःखी नबनाउनका निम्ति सामान्य झुटको सहारा लिने गर्दछ । त्यस्तो त सबैको लाइफमा नै हुने गर्दछ जस्तो लाग्छ । झुटो बोल्नु सामान्य हो । झुटो नहुने हो भने लाइफ नै चल्दैन । तर, आफ्नो निश्चित उद्देश्य पूरा गर्न, योजनामै, निरन्तर रुपमा झुटको सहारा लिने कुरा भने फरक प्रवृत्ति हो । मैले त्यसरी कहिल्यै झुटको सहारा लिएको छैन । तर, यति भन्दै गर्दा दैनन्दिन जीवनमा मैले साँझ नै तीन पटक झुटो बोलेंहुँला (हामीलाई नै अन्तर्वार्ता दिन समय दिएर फोन स्वीच अफ गर्ने, बोलाउने तर समयमा ‘रेस्पोन्स’ नगर्ने तीनपटकका सन्दर्भप्रति लक्ष्यित गर्दै) । त्यसो गरिएको पनि घरभित्रको वातावरण सहज बनोस् भनेर मात्रै हो, त्यसका पछाडि अर्को कुनै ध्येय छैन । जीवनलाई सहजीकरण गर्ने सवालमा सामान्य झुटलाई म सहज भन्ठान्छु । तर, निरन्तर रुपमा म झुठको सहारामा बाँचेको मान्छे होइन । ३.तुलना आ–आफ्नो जीवनका आ–आफ्नै प्राथिमता हुन्छन् । प्रदिप गिरि राजनीतिमा मेरा उत्प्रेरक हुनुहुन्छ । राजनीतिक जीवनमा मैले सिकाउने मान्छे निकै कम भेटेको छु । एउटा परिवारमा सिक्ने र सिकाउने परम्परा निरन्तर जारी हुन्छ । तर, हाम्रो पार्टीमा त्यो एकदमै न्यून छ । न संस्थागत ढंगले सिकाइन्छ न व्यक्तिगत रुपमा सिकाइन्छ । हाम्रो पार्टीमा ठोक्किँदै, सिक्दै जाने ‘परम्परा’ छ । हामीले त्यसरी नै सिक्यौं । प्रदीप गिरीजी मेरा लागि एक किसिमका ‘मेन्टर’ जस्तै हुनुहुन्छ । ४.आदर्श मैले यस्ता प्रश्नहरुको सामना गर्ने क्रममा जहिले पनि के भन्ने गरेको छु– मेरो जीवन खुला किताबजस्तो हो, जसले आएर पढे पनि हुन्छ; जे निष्कर्ष निकाले पनि हुन्छ । आफूलाई खुला राख्ने हो र अरुलाई पढ्न दिइराख्ने हो । मेरो जीवनको कुन पाठका बारेमा, कसले के निष्कर्ष निकाल्यो भनेर टिप्पणी गरिरहने हो भने अगाडि बढ्ने क्रम रोकिन पुग्छ । पढ्दै जाऊँ, निष्कर्ष निकाल्दै जाऊँ । ५.आरोप पाठशालाका स्वयंमसेवी साथीहरुले मलाई भाषण मात्र नभई लेखनमा समेत सहयोग गर्नुहुन्छ । मैले उहाँहरुसँग लिएको सहयोगमा कुनै अप्ठ्यारो मान्नु पर्दैन । मलाई त्यस्तो सहयोग गर्नेहरु कति छन् कति ! विभिन्न विषयमा ‘यो चाहियो’ भन्छु, उहाँहरुले मलाई सहयोग गर्नुहुन्छ । तर, के अध्ययन गर्ने र उहाँहरुबाट के लिने भन्ने कुरा मैले निर्धारण गर्ने हो । यस्तो टिम त सबैले बनाउनुपर्छ जस्तो लाग्छ मलाई । यो भनेको ‘विज्ञहरुको टोली’ हो, यसमा लुकाउनुपर्ने र लाज मान्नुपर्ने केही छैन । म संविधानसभाको सदस्य भएदेखि मेरो अफिसमा चार जना ‘रिसर्चर’ साथीहरु काम गरिराख्नु भएको छ । संविधानसँग सम्बन्धित काम गर्न थालेपछि ‘काठमाडौं स्कुल अफ ल’ का केही साथीहरु ‘इन्टर्न’ का रुपमा काम गर्न आउँछु भन्नुभएको छ । अब म संविधानसँग सम्बन्धित विषयमा प्रभावकारी ढंगले सहभागी हुन र बहस गर्न सक्ने छु । यस्तो गरिनु राम्रो कि नराम्रो ? तपाईंजस्ता सञ्चारकर्मी मित्रहरु र आम जनताले नै ‘जज’ गर्ने विषय हो । ६.ढोंग वा आदर्श म ढोंगी होइन भन्ने कुरा दाबीका साथ भन्न सक्छु । आदर्शवादी केलाई भन्ने ? मैले आफूले जानेका, बुझेका र आफ्नो ब्रह्मले देखेका कुराको सन्दर्भमा समाजको बृहत्तर हितका लागि जे गर्दा ठीक हुन्छ भन्ठान्छु, त्यही गर्ने कोशिस गरेको छु । मैले आफ्नो ‘पेटी इन्टेस्ट’ र नीजि फाइदा–बेफाइदाका कुरा हेरेर केही गरेको छैन । यो कुरा गर्दै गर्दा कहिले राम्रो भएको होला, कहिले नराम्रो भएको होला । म भएको ठाँउमा अन्य कोही भएको भए मभन्दा राम्रो प्रस्तुति गर्न सक्नुहुन्थ्यो, त्यो बेग्लै कुरा हो । ७.आदर्श र झुटको सम्बन्ध मलाई झुटको भन्दा मूल समस्या आदर्श र व्यवहारको होजस्तो लाग्छ । आदर्श एकातर्फ र व्यवहार अर्कोतर्फ । त्यस्तै, आदर्श एकातर्फ र क्षमता अर्कोतर्फ रहेको पाउँछु । आदर्श भनेको केही गर्नुपर्छ भन्ने भन्ने जुनुन हो । तर, हाम्रो बीचमा ‘ल्याप्सेस’ छन् । आदर्श छ, व्यवहारले साथ दिँदैन । यो ‘ग्याप’ हाम्रो समाजमा र हामीमा छ । ८.आदर्श र व्यवहार सधैंभरि एकाकार भएर अगाडि नबढ्न सक्छ । एकदमै सामान्य भाषमा भनौं, एउटा राजनीतिकर्मीको आदर्श भनेको समाजको वृहत्तर हित गर्नु हो । आफ्नो परिवार र निजी हितका लागि हामी पहिल्यै सोच्न सक्थ्यौं । हामीलाई त्यसमा कसले रोकेको थियो र ! त्यतिले मात्र पुगेन भनेर हामी समाज बदल्न आएका हौं । बरु समाजको सर्वोत्तम हितका बारेमा हाम्रा राजनीतिक मान्यताहरु फरक छन् । त्यसैले त हामी भिन्नभिन्न पार्टीमा आबद्ध भएका छौं । तर, व्यवहारचाहिँ हामी आम मानिसको गरिरहेका छौं । अहिले जुनसुकै झन्डामा आबद्ध भए पनि हामीले हाम्रो परिवारभन्दा माथि उठेर सोच्न सकेका छैनौं । मैले त्यसैलाई ‘ल्याप्सेस’ अथवा ‘ग्याप’ भन्न खोजेको हुँ । आदर्श भनेको कुनै नौलो र अनौठो कुरा होइन । समाजको वृहत्तर हित गर्छौं भन्यौं तर गरेनौं, कुरा त्यति मात्र हो । ९.राजनीति र पेशा मेरो अध्ययनको रुचि र परिवारको इच्छाले गर्दा कि म इन्जिनियरिङमा हुने थिएँ कि चिकित्सक पेसामा आबद्ध हुने थिएँ । तर, ती दुईमध्ये जुनै पेशामा हुँदाहुँदै पनि म कुनै न कुनै कोणबाट पुनः राजनीतिमै आउँथें जस्तो लाग्छ । समाजको अहिलेको आवश्यकताले मलाई निश्चिन्त भएर आफ्नो पेशा अथवा विदेशमा रहिरहन दिने थिएन । १०.भ्रम त्यो बेला नै त्यस्तै थियो । काठमाडौंको स्कुलबाट कलेज पुगेपछि म बिल्कुलै नयाँ ठाँउमा पुगें । त्यसबेला कुनै नयाँ अनुहार देखेर आकर्षित हुने त कति भयो, कति ! कुनै–कुनै क्षण त संसार यही नै हो र जीवन यहीँ अडिन्छ भनेजस्तो लाग्यो । तर, अगाडि बढेपछि ‘ए होइन रहेछ’ भन्ने बोध भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies