Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

थाहापाउनुहोस उमेर अनुसार कसरी गर्ने छालाको स्याहार ?

काठमाडौं । सुन्दरता प्राप्त गर्न छालाको स्याहार निकै महत्वपूर्ण मानिन्छ । महिला तथा पुरुष दुवैले आफ्नो अनुहारको चमक कायम राख्न विशेष ख्याल राख्नु पर्ने हुन्छ । मानिसको उमेरअनुसार छालाको प्रकृति फरक–फरक बन्दै जान्छ । त्यसैले सबै उमेरमा एउटै किसिमको उपचार तथा ब्युटी प्रोडक्ट प्रयोग गर्नु उपयुक्त नहुन सक्छ । आफ्नो अनुहारलाई सुन्दर तथा स्वस्थ बनाइराख्न उमेरअनुसार हेरचाह गर्न ध्यान दिनुपर्ने विषयका बारेमा ट्रेन्ड सेटर्सका म्यानेजर धनेष खड्काका यस्ता छन् सुझाबः १३ देखि १९ वर्ष उमेरमा ःयो टिनएजरको उमेर हो । यो उमेरमा कुनै पनि केमिकल प्रयोग नगर्नु नै राम्रो हुन्छ । गर्नैपर्ने अवस्था आएमा पनि हर्बल तथा फ्रुट ट्रिटमेन्ट गर्नु उत्तम हुन्छ । हर्बलअन्तर्गत अदुवा, बेसार, पुदिनाको पात, मह तथा काँक्राको प्याक पनि लगाउन सकिन्छ । तर, अहिलेको आधुनिक युगमा खानपान स्वास्थकर नहुँदा अनुहारमा विभिन्न रोगहरू जस्तै– डन्डिफोर, दाद आउँछ । यसलाई उपचार गर्नु आवश्यक पनि हुन्छ । यस्तो समस्या आउँदा घरेलु उपचारले नभएमा छालारोग विशेषज्ञकहाँ जानुपर्छ । २० देखि ३० वर्षको उमेरमा ः यो उमेरमा मानिसको छाला गुलाबी हुन्छ । यो उमेरमा साबासियस ग्रन्थि धेरै नै सक्रिय हुन्छ । यो ग्रन्थिले छालाको सुरक्षा गर्नुका नरमपना दिन्छ । यसले अनुहारमा देखिन चाउरीपनालाई पनि कम गराउँछ । तर, यो ग्रन्थिले हरेक समय छालालाई राम्रै गर्छ भन्ने हुँदैन । कतिपय अवस्थामा यसले छालाको छिद्र खोल्ने र बन्द गर्ने गर्दा अनुहारमा पिम्पल अथवा छालामा रुखोपना ल्याउँछ । यो उमेरमा ज्यादा पौष्टिक खाना नखानाले छालामा असर देखिनुका साथै गुलाबीपना पनि हराउन थाल्छ । यो समयमा छालाको क्लिन्जिङमा बढी ध्यान दिनुपर्ने हुन्छ । त्यसैले बिहान–बेलुका क्लिन्जिङ मिल्कको प्रयोग गर्न भुल्नु हुँदैन । यसले छालाको छिद्रलाई सफा गरी साबासियस ग्रन्थि बढी बन्दैन । यदि छाला तैलीय छ भने आयल फ्री क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ । ३० देखि ४० वर्ष उमेरमा ः यो उमेरमा छालामा नरमपना र पोषण प्राप्त गर्नु आवश्यक हुन्छ । छालामा कोलेजनको कमी भई छालाको लचकतामा कमी आउँछ । यसका लागि एन्टिएजिङ क्रिमको प्रयोग गर्नु फाइदाजनक हुन्छ । यो उमेरमा मोस्चराइजरको मात्राले पुग्दैन । स्किम सिरनको पनि प्रयोग गर्नुपर्छ । जसबाट छालामा मसिना रेखाहरू बन्न पाउँदैन । सुत्नुपूर्व धेरै मस्चराइजर प्रयोग गर्नुभन्दा स्किन रिपेयर क्रिमको प्रयोग गर्दा धेरै राम्रो हुन्छ । ४० देखि ५० वर्षको उमेरमा यो उमेरमा मानव शरीरमा हार्मोनको उतारचढावको प्रभाव छालामा देखिन्छ । त्यस्तै, यो उमेरमा स्टोजनको स्तर बिग्रन थाल्छ । यो तन्तुले छालालाई प्रभावकारी बनाउने काम गर्छ । विशेषगरी यही उमेरमा छालामा गुणस्तरीय ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्छ, जसले छालालाई कसिलो बनाउँछ । बदाम एवं प्रोटिनयुक्त सिरमको प्रयोग यो उमेरमा आवश्यक पर्छ । यसले अनुहारको छालालाई एकै किसिमको बनाउँछ । त्यस्तै, यो उमेरमा पानी तथा पोषणयुक्त खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तो उमेरमा अनिद्रा छालाका लागि निकै खतरनाक मानिन्छ । त्यसका लागि राम्रो नाइट क्रिमको प्रयोग गर्न सकिन्छ । यही उमेरमा आँखा र ओठको वरिपरि चाउरीपना देखिन थाल्छ । ५० देखि ६० वर्षको उमेरमाः पाँच दशकको उमेर कटिसकेपछि छालाको चमक कायम राख्न धेरै गाह्रो हुन्छ । यो उमेरमा छालामा धेरै दाग देखिन थाल्छ । यसका लागि कोजिक एसिडको प्रयोग गर्नुपर्छ । यो एसिड हामीले च्याउमा प्राप्त गर्न सक्छौँ । यो प्रयोग गर्नु सबै उमेरमा उत्तम हुन्छ । बजारमा च्याउ र अनारको रस मिश्रित एन्टिएजिङ क्रिम पाइन्छ । यो निकै प्रभावकारी हुन्छ । यो उमेरमा जैतुन, सोयाबिन, अनारको सेवन गर्नु राम्रो हुन्छ । छाला खुम्चिनबाट जोगाउन गुणस्तरीय मस्चराइजरको प्रयोग गर्नुपर्छ । ६० वर्षको उमेरमाथिः यो उमेरमा पुगिसकेपछि छाला परिपक्व हुन्छ । तसर्थ, सतर्कतापूर्वक छालाको हेरचाह गर्नुपर्छ । यो उमेरपछि मानिसको छाला खुकुलो हुँदै जान्छ । यसलाई रोक्न हामीले केही घरेलु तथा आधुनिक उपाय पनि अपनाउन सक्छौँ । घरेलु उपायअन्तर्गत अन्डाको पहेँलो भाग, पाउरोटीको बीचको भाग, पाउडर दूध तथा मह मिश्रण गरी पेस्ट बनाई छालामा लगाउने । सुकेपछि होसियारीपूर्वक कपासमा पानी भिजाएर पुछ्ने । आधुनिक उपायअन्तर्गत बजारमा पाइने क्रिम गुणस्तरीय छनोट गर्नुपर्छ । यस्तो क्रिम क्याल्सियम रिच डे क्रिम हुनुपर्छ । छालामा धेरै सुक्खापन भएको खण्डमा छालारोग विशेषज्ञको सल्लाह लिँदा राम्रो हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending