Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

साताको नेप्सेमा दुई अङ्कको गिरावट

काठमाडौँ,  गत दुई साता ओरालो लागेको नेप्से यो साता पनि पहिलो दिनको तुलनामा २।२१ अङ्कले घटेर अन्तिम दिन ९४०।०९ अङ्कमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीको पाँच हजार ७३२ कारोबारबाट रु ६७ करोड १५ लाख ५१ हजारबराबरका १९ लाख नौ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३६।१४ प्रतिशत कम हो । गत साता १६५ कम्पनीको सात हजार ४५ कारोबारबाट रु एक अर्ब पाँच करोड २८ लाख ७१ हजारबराबरका २५ लाख ४३ हजार १० कित्ता सेयर खरिद बिक्री भएका थिए । समूहगत परिसूचकमा वाणिज्य बैंक समूहको ४।१४, होटल समूहको १६।९६ र उत्पादनमूलक समूहको १७।९५ अङ्कले बढेको थियो भने विकास बैंक समूहको २।१६, वित्त कम्पनीको ०।८, जलविद्युत् समूहको १।३४, बिमा समूहको सबैभन्दा बढी ६३।३१, व्यापार समूहको ३।३ र अन्य समूहको २२।३२ अङ्कले परिसूचकमा गिरावट आएको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०।४० अङ्कले घटेर १९९।८८ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा प्रभु बैंक अग्रस्थानमा छ । त्यसैगरी, कारोबार सङ्ख्याका आधारमा ग्लोवल आइएमइ बैंक अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता शिखर इन्स्योरेन्सको पाँच लाख ९९ हजार १९० कित्ता, युनिक फाइनान्सको दुई लाख ३० हजार, सिटी डेभलपमेन्ट बैंकको छ लाख ७७ हजार ६००, हिमालयन बैंकको ४३ लाख ४७ हजार, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पाँच लाख ७५ हजार ७५५ र मुक्तिनाथ विकास बैंकको १३ लाख ९६ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भए । मुक्तिनाथ विकास बैंककै नौ लाख १८ हजार ७५० कित्ता हकप्रद सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending